मिसन २०८४
१० असार २०८०
•
६ मिनेट पाठ
मिसन  २०८४
अहिले दुई किसिमका दल नेपाली राजनीतिक आकासमा छन्– एक, अहिलेकै राजनीतिमा सरकार हेरफेर गरेर अर्को निर्वाचन कुर्ने।दुई, अब अहिलेको सत्ताको राजनीति भन्दा भिन्न आगामी आमनिर्वाचन २०८४ लाई ध्यानमा राखेर सरकार बनाउने।




पहिलोखाले राजनीतिमा देखिन्छन् अहिलेकै संसद्मा भएका र पुराना भनेर चिनिने दल।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दल यसमा पर्छन्।दोस्रोखाले राजनीतिमा अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दल देखिन  थालेका छन्।

यसैबीच सरकार परिवर्तनको चर्चा÷परिचर्चा सुरु भएको छ।खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा सपत्नी स्वास्थ्योपचारका निम्ति सिंगापुर प्रस्थान गरेपछि यस्तो चर्चाले बढ्ता ठाउँ पाएको छ।त्यसमा पनि देउवाइतर कांग्रेस नेताहरूले विशेषगरी एमालेका केही नेतासँग सम्पर्क बढाएपछि चर्चा हुनु स्वाभाविक हो।

अहिले कांग्रेसमा वर्तमान गठबन्धनविरुद्ध चर्कोरूपमा गगनकुमार थापाको आवाज आइरहेको छ।उनले शनिबार मात्रै पनि ‘चित्त बुझ्ने गरी काम नगरे गठबन्धन फेरिन्छ’ भन्ने अभिव्यक्ति दिइसकेका छन्।यस्तो आक्रामक अभिव्यक्ति उनको पटक–पटक आउने गरेकै छ।कांग्रेस महामन्त्री भए पनि संस्थापनबाहिर परेको स्थितिमा उनीबाट यस किसिमको आक्रोश सार्वजनिक हुनु स्वाभाविक हो।अहिलेको गठबन्धन निर्माणदेखि सञ्चालनसम्म महामन्त्रीका रूपमा स्वामित्व लिन नपाउनु एउटा आक्रोश पनि हो।त्यो भन्दा बढ्ता आगामी निर्वाचनपछि कांग्रेसको अवस्था के होला भन्ने चिन्ताले सताउनु पनि अर्को एउटा पक्ष रहेकै छ।

पहिले जाऔँ, अहिलेको गठबन्धनको भविष्यतर्फ।अहिलेको गठबन्धन सबैजसो दलका निम्ति जीवन–मरणको सवाल हो।पहिलो, यो गठबन्धन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न सकिँदैन भन्ने अवस्थामा बनेको हो।दोस्रो, अहिलेको गठबन्धन दुई–दुई पटक प्रतिनिधि सभा विघटन भएपछि संविधानको रक्षाका निम्ति भनेर पनि बनेको हो।

त्यसयता संविधान रक्षाका निम्ति काम भयो/भएन सरकार सञ्चालक दलले जान्ने कुरा हो।तर ओलीसँग गठबन्धन चलाउनु भन्दा पुष्पकमल दाहालसँग सजिलो ठान्ने धेरै छन्।यहाँसम्म कि कांग्रेस सभापति देउवाका निम्ति पनि दाहाल सहज छन्।यति मात्र होइन, अहिलेको सरकारले धुमधामै काम नगरे पनि बिगारिहालेको केही छैन।यो सरकारले लोकतन्त्रका विरुद्धमा संविधान मिच्ने गरी काम गरिसकेको पनि छैन।

सरकार फेर्ने र घेर्ने जस्ता सामान्य खेलले अब आमनागरिक आकर्षित हुने अवस्था कम भइसकेको छ।सकेसम्म प्रभावकारी भूमिका खेल्न सबै दलका निम्ति अब चार वर्षको समय थोरै हुने देखिँदैछ।
यस्तो स्थितिमा सरकार परिवर्तनका निम्ति तत्काल काम हुन सक्ने देखिँदैन।सरकार त्यस्तो अवस्थामा परिवर्तन हुन्छ, जतिबेला अहिलेको गठबन्धनमा रहेका सबै सदस्य सँगै जान सकिँदैन भन्ने अवस्थामा पुग्छन्।त्यसैगरी ओलीको अविश्वसनीय छविमा सुधार आएको पनि देखिएको छैन।ओलीसँग जान सकिँदैन भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यतिबेलै लागेको हो, जतिबेला संसद्को पहिलो बैठकमै प्रतिनिधिसभा विघटन गर्न सकिने कुरा आयो।त्यति मात्र होइन, प्रधानमन्त्रीलाई कठपुतली जस्तो बनाएर काम गर्ने अवस्था देखिन लागेको हो।यस्तो अवस्थामा फेरि पुरानै गठबन्धन ब्युँताउन दाहाल बाध्य भएका हुन्।

देउवा लामो समयसम्म सरकार निर्माणको खेलमा लागेनन्।ओलीले साढे तीन वर्ष सरकार चलाउञ्जेल पनि उनले कुनै कोसिस गरेनन्।कोसिस गरे पनि हुनेवाला केही थिएन।उनी त्यतिबेला मात्र अगाडि सरे जतिबेला उनलाई दाहाल र माधवकुमार नेपाललगायतका नेताले आग्रह गरे।त्यसपछि मात्र देउवाको नेतृत्वमा सरकार बनेको हो।सरकार बनाउँदाको गठबन्धन निर्वाचनसम्म जारी रह्यो।केही दिन एमालेको समर्थनमा प्रधानमन्त्री बन्दाबाहेक फेरि दाहालको गठबन्धन यथावत् छ।

दाहालकै सक्रियतामा अहिले समाजवादी मोर्चा गठन भएको छ।यो मोर्चा बनेको सरकारको निरन्तरताका निम्ति मात्र पक्कै पनि होइन।यसले कांग्रेस र एमाले दुवैलाई सरकार बनाउन नदिने उद्देश्य मात्र राखेको छैन।वास्तवमा आगामी निर्वाचनमा अस्तित्व रक्षाका निम्ति पनि यो अभियान आवश्यक भएको हो।संविधानले नै मुलुकलाई समाजवाद उन्मुख मानेको छ।यस्तो अवस्थामा समाजवादमै विश्वास गर्ने दल एक ठाउँमा उभिनु स्वाभाविक हो।

नयाँ सरकार बनाउन एमाले सक्रिय भनिरहँदा त्यसले एक हदसम्म त्यो दलभित्र आशाको सञ्चार गरिरहन्छ।केन्द्रदेखि प्रदेशसम्मका आठवटा सरकार गुमाएर रहेको एमालेका निम्ति लामो समयसम्म बाहिर रहन सम्भव छैन।यसै पनि नेपालको राजनीतिमा सरकार बनाइरहनुपर्छ।त्यसले आममतदातामा प्रभाव पारिरहन्छ।अहिलेकै गठबन्धनले निरन्तरता पाएको खण्डमा राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका कम भएको ठान्ने अवस्थामा एमाले छ।

एमालेले अहिले सरकारको नेतृत्व दिन्छु भने पनि त्यसका निम्ति कांग्रेस कसरी तयार होला ? कांग्रेस सभापति देउवालाई ओलीका केही कदमले अहिले पनि मनमा अविश्वास छँदैछ।उनले आफू निकट कैयन् व्यक्तिलाई भनेका छन्, ‘मलाई ओली त्यस्तो होला (न)’ भन्ने लागेको थिएन।उदार लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने देउवामा रहेका यसप्रतिका सामान्य विश्वासले पनि अनुदार व्यवस्थातिर लैजान खोज्नेहरूप्रति सहजै विश्वासको वातावरण बनिहाल्दैन।

रह्यो, देउवाले सिंगापुरमा गएर सरकार परिवर्तनका निम्ति कसैसँग परामर्श गरे कि भन्ने पक्ष।नेपालको सत्ता राजनीतिबारे विदेशीहरूलाई चासो नभएको होइन।तर, तिनको चासोले मात्र सदाकाल काम गरेको छैन।ओलीले साढे तीन वर्ष एकछत्र शासन चलाउँदा विदेशीले केही गर्न सकेका थिएनन्।तिनीहरू उपयुक्त मौकाको ताकमा थिए, त्यो त्यतिबेला प्राप्त भयो, जतिबेला ओली आफैँले काम बिगारे।सत्ता गठबन्धनभित्र उनले सहयात्राको सर्तलाई परित्याग गरे।

अहिलेको अवस्थामा प्रधानमन्त्री दाहाल र देउवा दुवै मिलेर अगाडि बढेका छन्।अहिले मिलेर अगाडि नबढ्ने र बीचमा नयाँखाले गठबन्धन बनाउने हो भने कहीं पुगिँदैन भन्ने थाहा छ।त्यति मात्र होइन, नयाँ गठबन्धन पनि कति दिन टिक्ने हो र ? त्यही भएर अहिले भएकै गठबन्धन दललाई मिलाएर विगतको सर्तअनुसार अगाडि बढ्नुपर्छ भन्ने सोच त्यहाँ देखिँन्छ।

रास्वपालाई अहिले तानेर आफू पक्षमा ल्याएर नयाँ गठबन्धन बनाउन सकिन्छ भन्ने लागे पनि ऊ अब यस्ता खेलबाट बाहिरिएको महसुस हुँदैछ।अहिले सत्ताको खेलमा लागिरहँदा आगामी २०८४ को निर्वाचनमा अपेक्षित परिणाम आउँदैन भन्ने उसलाई राम्रै थाहा छ।त्यति मात्र होइन, उसले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहदेखि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतलाई जोडेर अगाडि बढ्ने लक्ष्य राखेको छ।

राजनीतिलाई अब बिस्तारै सुधारेर जानेमा यसको ध्यान देखिन थालेको छ।मुखमा आएको जथाभावी बोलेर ‘१२ भाइ सम्पादक’ भनी सराप्ने रास्वपा अध्यक्ष रवि लामिछानेले समेत दल एक वर्ष पुगेकोमा बडो मिठोमसिनो बोलेको सुनियो।उनले त्यसबाहेक पनि प्रधानमन्त्रीदेखि प्रमुख दलका नेतालाई आफ्नो दलको वार्षिकोत्सवमा बोलाएर आतिथ्य प्रदान गरेका छन्।अझ एमाले अध्यक्ष ओलीले त रास्वपाको चिह्न घन्टी बजाएर तिनका कार्यकर्तालाई पुलकित तुल्याएका छन्।

आफूमाथि आउँदै गरेको तीव्र प्रतिस्पर्धालाई कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलले पक्कै पनि महसुस गरेका छन्।त्यसैले राजनीति क्रमशः आगामी निर्वाचनतर्फ केन्द्रित हुँदैछ।आगामी राजनीति राम्रो गर्ने हो भने सरकारले आमनागरिकको विश्वास बढाउने गरी काम गर्नुपर्ने चुनौती छ।त्यसैगरी प्रतिपक्षमा रहेको दल एमालेका निम्ति पनि त्यही किसिमको दबाब छ।

सरकार फेर्ने र घेर्ने जस्ता सामान्य खेलले अब आमनागरिक आकर्षित हुने अवस्था कम भइसकेको छ।सकेसम्म प्रभावकारी भूमिका खेल्न सबै दलका निम्ति अब चार वर्षको समय थोरै हुने देखिँदैछ।यो अवस्थामा सबैको ध्यान ‘मिसन २०८४’ नै हो।यसमा कसरी उम्दा हुन सकिन्छ भन्ने अब सोचेर अगाडि नबढ्नेको राजनीति धरापमा पर्ने देखिँदैछ।@gunaraj
अर्को समाचार
एमालेको मिसन-२०८४ एकल बहुमतको सरकारः ओली
२९ असोज २०८०
•
१ मिनेट पाठ
एमालेको मिसन-२०८४ एकल बहुमतको सरकारः ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन्।




सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताए।

अध्यक्ष ओलीले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव केही नरहेको जिकिर गरे। आफूलाई अध्यावधिक नगरेका कारण काँग्रेस बुढो भएको उनको तर्क थियो। उनले काँग्रेसको कुनै नीति र विधि नरहेको बताए।

अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने जिकिर गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस