लोकतान्त्रिक गणतन्त्रको सत्ताले दिनदिनै नयाँनयाँ तमासा देखाइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीले क्याबिनेट बैठकमा र केही सांसदहरूले प्रतिनिधिसभामा राजासहितको प्रजातन्त्र र हिन्दुराज्यको आवाज बुलन्द गरेर जुन तरङ्ग उठाइदिएका थिए त्यो सेलाउन पाएको थिएन। गत आइतबार (२१ माघमा) संसद्को चौथो ठूलो संख्या बल, राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि गृह मन्त्रालय नपाएकामा सत्ता नै छाडेर बाहिरिएपछि आयोजित पत्रकार सम्मेलनमा त्यसका सभापति रवि लामिछाने जुन ढङ्गमा प्रस्तुत भए, त्यो नै उनी देशको गृहमन्त्री हुन कति योग्य व्यक्ति हुन् भन्ने जाँच गर्न पर्याप्त भयो।
मुलुक चलाउने जिम्मेवारी बाकेका ठूला तीन पार्टीले सत्ता पाउँदा गरेको चरम ज्यादतिबाट निरास भएको जनमतमा रवि लामीछाने वा उनको पार्टी परेको हो, त्यो पार्टीको नाममा जनमत परेको होइन। निर्वाचनको क्रममा उनीप्रति जनअपेक्षा उत्साहित नै देखिन्थ्यो तर सत्ताको लागि आशक्ति देखाएर जनअपेक्षालाई उनैले अर्थहीन बनाइदिए।
राज्यका उच्च ओहोदा सम्हाल्न चाहने व्यक्तिले आलोचना र विरोधप्रति सहिष्णुता तथा चिन्तन, विवेकले काम गर्ने व्यवस्थापन कुशलता, स्थिर–धीर–गम्भीर स्वभाव, अभिभावकीय प्रभाव दिन नसक्ने र निम्नकोटीको पर्यो भने सिंगो मुलुकले त्यसको महँगो मूल्य चुकाउनुपर्ने हुन्छ। नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओली जुन बेला रवि लामिछानेविरुद्धको मुद्दाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलालाई लिएर निन्दा गर्दै रविलाई काँध हालिरहेका थिए, मिडियाबाटै जन्मेका रविले उसैबेला प्रेस सम्मेलन गरेर १२ जना पत्रकारका विरुद्ध मनको भँडास पोखिरहेका थिए।
तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो गठबन्धनको सफल नेतृत्व गर्न सक्लान् भन्नेमा अविश्वास बढिरहेको छ। सरकारलाई विश्वासको मत दिएका पार्टीहरूमा नै यतिबेला असन्तुष्टिको लहर छ। स्वतन्त्र पार्टीले त सरकार नै छोडिसक्यो। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि असन्तुष्ट रहेका छन्। जनमत पार्टीका अध्यक्षले एमाले अध्यक्ष ओलीको सामुन्ने प्रधानमन्त्री प्रचण्डको टिठलाग्दो हालत र निरीहता देखेर आफू अघाएको वास्तविकता सार्वजनिकरूपमा व्यक्त गरिसके। यो असन्तुष्टिको एक साझा कारण प्रधानमन्त्रीको अस्थिरतावादी चरित्र, पूरा हुने-नहुने जस्ता पनि आश्वासन बाँड्दै हिँड्ने झुटा आश्वासनको थोक व्यापारी, भरोसा गर्न नसकिने बोली, सबैलाई छक्याउने र धोका दिने बेइमान व्यवहार टड्कारो छन्।
प्रचण्डले अवसर नपाएर आज माओवादीको जनाधार निरन्तर खिइँदै गएको भन्न कुनै तर्कले मिल्दैन। उनी तीनपटक प्रधानमन्त्री भइसके। आफ्ना प्रियपात्रहरूलाई छानीछानी कैयौँपटक सत्तामा इज्जत र आम्दानीका आकर्षक पदहरूमा पनि पु¥याएकै हुन्। एक चिनियाँसमक्ष सांसद किनेर आफ्नो सरकार बनाउन ५० करोड रुपियाँ मागेको विवादमा प्रचण्ड नै कारक थिए भन्ने वास्तविकताले उनी सत्ता पाउनका लागि जस्तो र जत्रो दुस्साहस गर्न पनि बेर लगाउँदैनन् भन्ने पुष्टि भएकै हो।
आमूल परिवर्तन र नयाँ नेपालको निर्माता भनी दाबी गर्ने एमाओवादी आज छिन्नभिन्न भइसक्यो। त्यस पार्टीका संस्थापक प्रचण्डका समकालीन नेताहरू माओवादी परित्याग गरेर हिँडिसके। उनलाई राजनेता बन्ने अवसर धेरैपटक आएको थियो। तर प्राप्त अवसरलाई सदुपयोग गर्न भन्दा दम्भ र अहंकार प्रदर्शन गर्न थाल्दा अवसरहरू अभिशप्त हुन गए। परिवर्तनका बहानामा राष्ट्रका स्थायी जरा खोतलेर अस्तव्यस्त बनाएको दुष्परिणाम, आज उनकै पार्टी कृशकाय भइसकेको छ र सत्तामा टाँसिएर चलखेल गर्नबाहेक जनताका बीचमा बसेर सिद्धान्तवादी राजनीति गर्नु एमाओवादीका लागि अब बिल्कुल असम्भव छ।
कम्युनिस्ट गुटहरूबीच हरेक स्वार्थअनुरूप एकअर्कालाई हेर्ने र परिभाषित गर्ने काम चलिरहन्छ। उनीहरू रिस उठ्यो भने एकले अर्कालाई गद्दार, सिआइडी, प्रतिक्रियावादी, विदेशी दलाल, राष्ट्रघाती जस्ता शब्दावलीले गालीगलौज गर्न पछि पर्दैनन्। स्वार्थ मिल्यो भने सबै गाली बिर्सेर गला मिलाउन पनि लाज मान्दैनन्। गिरिजाप्रसादको दौराको फेरो समातेर खुला राजनीतिमा आउन प्रधानमन्त्री निवासबाट प्रकट भएका प्रचण्ड यतिबेला केपी शर्मा ओलीको हात समातेर एमाले अगुवाइको सरकारमा छन्। अब कुनबेला उनले ओलीको योजनालाई पनि लात हानेर अर्कोतिर हाम्फाल्ने हुन् तर त्यो निश्चितप्रायः देखिन्छ।
दश वर्षे रक्तपातपूर्ण ‘युद्ध’ र नरसंहारपछि ३ असार २०६३ को साँझ प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा प्रकट भएका प्रचण्ड र बाबुराम सोही बेलादेखि विवादास्पद हर्कतका राजनीतिक गतिविधि र अभिव्यक्ति गर्दै आएका हुन्। सुरुका ती दिनमा प्रचण्ड र बाबुराम जहाँ जाँदा पनि सँगसँगै हिँड्ने गर्थे। पेसेवर चोरले भारतबाट चोरी गरेर ल्याएका चोरीका गाडी चढ्थे। बालुवाटारमा सोही साँझ प्रचण्डले नेपाली सेनामाथि गम्भीर आरोप लगाएर भने– नेपाली सेना विघटन गरिदिए हुन्छ। यसले मान्छे मार्न र छोरीचेलीलाई बलात्कार गर्नबाहेक अरू के गरेको छ ?
प्रचण्डका माओकालीन हर्कतहरू अहिले पनि जारी छन्। कहिले काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोग पारित गर्ने असफल हर्कत होस् वा कहिले लडाकुका नक्कली नाम देखाएर राज्यकोषबाट लिएको पौने तीन अर्ब रुपियाँको भ्रष्टाचार फाइललाई दण्डहीनताले थिचेर राखेको होस्।
एमाओवादीलाई केपी ओली ‘टेरोरिस्ट’ मात्र भन्दैनन्, भेटेसम्म छ््याँस्न बाँकी राख्दैनन्। अर्कातिर वाम गठबन्धन बनिनसक्दै उनीहरूका बीचको खटपट र भत्किने उल्टो गिन्ती सुरु गर्न थालिसके मानिस। ओलीहरू पनि त २०२७–२८ सालको नक्सलाइट मुभमेन्टका बेला आजको माओवादी जस्तै थिए भन्ने यथार्थ कसले बिर्सेको छ र ! त्यही मुभमेन्टका कारण ओली पनि रौतहटबाट पक्राउ भई १४ वर्ष जेल बसेका व्यक्ति हुन्।
एमाले अध्यक्ष ओलीले लोकतन्त्र र विधिको शासनबारे जतिसुकै ओठेभक्ति देखाए पनि उनी संविधानवादप्रति इमानदार र लोकतन्त्रप्रति निष्ठावान प्रमाणित हुनै सकेनन्। उनी सच्चा कम्युनिस्ट त हुँदै भएनन्। आफूले विगतमा दुई–दुई पटक गरेको तर संविधानमा उल्लेख नै नभएको प्रतिनिधिसभा विघटनबारे चालु संसद्को अधिवेशनको पहिलो भाषणमा पनि उनी वकालत गरिरहेका थिए। सर्वोच्च अदालतको अवशिष्ट अधिकारका रूपमा रहेको सर्वमान्य संंवैधानिक इजलाशको फैसलालाई उनी संसदीय भाषणद्वारा निन्दा र अनास्था ओकलिरहेका थिए। उनका यी दुवै भाषणले उनलाई लोकतन्त्रवादी वा संविधानवादी प्रमाणित गर्दैन। त्यसो भए यी हुन के त ? यी फगत तानाशाह हुन्, आफ्नो अहं र स्वार्थका कारिन्दा हुन् र सर्वेसर्वा राजनीतिका झाँकी हुन्।
नेपाली काँग्रेसको चौधौँ महाधिवेशनको उद्घाटन समारोहमा ‘आजकाल गाउँघरमा नेता आएको भन्दैनन् कुनचैँ चोर आएछ भन्छन्’ भन्दै ताली खाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफूले ‘चोर’ इंगित गरेकै समूहमा चुपचाप घुस्रिएर सबैलाई दिग्भ्रमित बनाइदिए। उनले आफ्नो राप्रपालाई खड्गप्रसाद ओलीको स्याटेलाइट पार्टी बनाइसकेका देखिन्छ। उनको अगाडि अब अर्को परीक्षणको घडी आएको छ, राजतन्त्रसहितको प्रजातन्त्र साँच्चै खोजेको हो भने उनले राप्रपाका सांसदहरूलाई राष्ट्रपतिको निर्वाचन बहिष्कार गर्न निर्देशन जारी गर्लान् त ?
यस्तै चरित्रका हातमा गएको मुलुक झन्झन् अस्थिरता, अन्योल र अराजकतातिर फस्दै गएको छ। नेताहरूले अन्जानमा बाटो बिराएपछि आजको खेदजनक परिस्थितिमा नेपाल जकडिएको होइन। सत्ताको खेलबाहेक अरू अजेन्डा वा मामिलालाई वास्तै नगर्ने चरम स्वार्थी र भ्रष्ट नेतृत्वको हातमा सत्ताको बागडोर पुगेपछि जे नहुनु थियो, त्यही भएको हो। आज श्रीलङ्का र पाकिस्तान आर्थिक संकट तथा राजनीतिक अस्थिरताको जुन भयाबह अवस्था भोगिरहेका छन्, लक्षणहरूले लोकतान्त्रिक गणतन्त्र नेपाल पनि सोही बाटोतिर धकेलिरहेको देखाइरहेका छन्।
लोकतान्त्रिक गणतन्त्रको राजनीतिमा त्यसका निर्णायक पात्र वा खेलाडीको चरित्र यस्तै भएको र आजसम्म सुधारका सम्भावनाको गुञ्जायस नदेखिएकाले राष्ट्रिय राजनीतिको स्तरहीनता र निम्नकोटिको राजनीति सुध्रिएर आउला भन्ने जनअपेक्षा सार्थक हुने देखिन्न। यसको अर्थ आजको परिस्थिति वर्तमान संविधानले नै ल्याएको र संविधानको कमजोरीका छिद्रबाट पसेर निहित स्वार्थको राजनीतिले सत्तामा भ्रष्टाचार, दण्डहीनता र कुशासनका कीरा पारिदिएको हो।
badrimeena@hotmail.com