रोग नियन्त्रणको कानुनी उपाय
१२ पौष २०७९
•
७ मिनेट पाठ
रोग नियन्त्रणको कानुनी उपाय
यसै महिना न्युजिल्यान्डले आफूलाई पूर्णरूपमा धूमपान निषेधित मुलुक बनाउने गरी कानुन बनायो। उक्त ऐनअनुसार सन् २००९ जनवरी १ पछि जन्मने व्यक्तिले भविष्यमा कहिल्यै चुरोट किन्न पाउने छैनन्। खरिदमै बन्देज लागेपछि यति वर्ष पुगेपछि चुरोट खाने भन्ने अवस्था रहेन नयाँ पुस्तालाई। धूमपानलाई थप निरुत्साहित गर्न सन् २०२३ को अन्त्यसम्ममा अहिले कायम ६ हजार सुर्ती बेच्ने पसलको संख्या ९० प्रतिशतले घटाउने व्यवस्था नयाँ कानुनले गरेको छ। नियम उल्लंघन गर्ने व्यापारीले नेपाली रूपैयाँ १ करोड भन्दा अधिक जरिवाना तिर्नुपर्नेछ। वैज्ञानिक अन्वेषण तथा स्वास्थ्य आकडाले धूमपान मात्र पनि कटौती गर्न सके हजारौँ जनतालाई दीर्घजीवी बनाउन सकिने भएकाले यस्तो कानुन ल्याउनुपरेको बताइन न्युजिल्यान्डका कनिष्ट स्वास्थ्य मन्त्री डा. आएसा भरोलले।  




देश चुरोटमुक्त हुनेबित्तिकै क्यान्सर, मुटु रोग तथा फोक्सोका रोगी संख्यामा निकै कटौती हुने भएकाले हेल्थ केयर सिस्टमको चाप निकै कम हुनुका अतिरिक्त झण्डै ५ अरब अमेरिकी डलर प्रत्यक्ष जोगिने ठान्छिन् डा. भरोल। जनता बिरामी नभएपछि डाक्टरी खर्च भएन। रोगीको संख्या घटेपछि हालकै हेल्थकेयर संरचनाले थप केही वर्ष धान्न सक्ने भयो। सरकारले अस्पताल बनाउन थप राजस्व खर्चनु परेन। चुरोट. बिँडी दर्जनौँ किसिमका रोगको कारक भए पनि चुरोट विरोधी अभियान चलादाको राजनीतिक जोड/घटाउबाट सबै डराए। चुरोट व्यापारको एउटा सानो हिस्सा उत्पादकले खर्चिँदा देशको सरकार गिर्न सक्ने भएपछि धूमपानविरुद्धको अभियान चलाउन कहाँ सहज छ र ? जे भए पनि युवाको वर्चस्व रहेको न्युजिल्यान्डका सांसद धुवा विरोधी अभियानमा आफूलाई पृथक देखाउन सफल भयो। आखिर न्युजिल्यान्डले चुरोटको सवालमा किन आफूलाई खरो उता¥यो त भन्ने बुझ्न बुझ्न जरुरी छ।  

संसारमा विभिन्न भूभागका बासिन्दाको खानपिन तथा दैनिकी मात्र पृथक छैन, बरु देशैपिच्छे रोगको वितरण, सरदर आयु अनि मृत्युको मुख्य कारण पनि फरक फरक छ। कुनै क्षेत्रमा क्यान्सरका रोगी अधिक पाइए भने कुनै देशमा मुटुका बिरामीको संख्या धेरै देखियो। त्यति मात्र होइन, सबै भूभागमा अर्वुद रोगहरूकै वितरण पनि समान देखिएन। कुनै इलाकामा फोक्सोको क्यान्सरको बाहुल्यता अनि कुनै ठाउँमा पेटको अनि अर्को ठाउँमा स्तन क्यान्सरले महामारीको रूप लिएको पाइयो। त्यस्तो अवस्थामा रोगको वितरण र त्यहाँका मानिसको खान्की तथा आनिबानीले फरक पारेको त छैन ? भन्ने अध्ययनको दरोकार पर्छ। त्यसै प्रश्नको उत्तर खोज्न संसारका धेरै देशका वैज्ञानिक होमिए। उक्त महाअभियानमा नेपाली विज्ञ पनि सहभागी भए। सन् २०१० देखि २०१९ सम्म नेपाललगायत विश्वका २०० भन्दा अधिक देश तथा भौगोलिक क्षेत्रमा देखिएका रोग, अपांगता तथा मृत्यु विवरण संकलन गरी विश्व स्वास्थ्य क्षेत्रलाई निर्देशन गर्न सहायक सिद्ध हवस् भन्ने उद्देश्यले ‘द ग्लोबल बर्डेन अफ् डिजिज २०१९’ प्रकाशित भयो। संसारलाई समेटेको तथ्यांकले जनस्वास्थ्यसम्बन्धी नीति निर्माणमा सहायक सिद्ध हुन्छ नै।  

संयुक्त राज्य अमेरिकाको सियाटलस्थित युनिभर्सिटी अफ् वासिंगटनका प्राध्यापक क्रिस्टफर मुर्रे नेतृत्वको अन्वेषण समूहले ‘द ग्लोबल बर्डेन अफ् डिजिज २०१९’ लगायत अन्य अन्वेषणलाई समेटी यसै वर्षको उत्तरार्धमा एउटा आलेख प्रकाशित गरे आयुर्विज्ञान क्षेत्रको प्रतिष्ठित जर्नल ‘द ल्यान्सेट’ मा। अम्मली आदतमा संयम अपनाउन सक्ने हो भने क्यान्सरका कारण हुने मृत्यु संख्या आधा घटाउन सकिने डा. मुर्रेको निष्कर्ष रह्यो। अब प्राध्यापक क्रिस्टफरको निचोडको विश्लेषण गरौँ।  

सन् २०१९ मा क्यान्सरका कारण मृत्यु भएका बिरामीको अवस्था हेर्दा ३७ प्रतिशत श्वास÷प्रश्वाससँग सम्बन्धित अनि १४ प्रतिशत पाचन प्रणाली अर्वुद रोगका कारण मरेका देखिए। अनि संकलित आकडाले चुरोटका अम्बलीमा फोक्सोको क्यान्सरले अत्यधिक गाँजेको देखियो। अनि रक्सीको आदत भएकामा सबै किसिमका क्यान्सरको प्रकोप अत्यधिक रहेको भन्यो।  

चुरोटमा सयौँ किसिमका रासायनिक पदार्थ हुन्छन्। अनि आगोको सर्कोका कारण उत्पन्न हुने अत्यधिक तापक्रमले सुर्तीमा रहेका केमिकललाई रासायनिक परिवर्तन गर्नुका अतिरिक्त विविध खराब धुवामा परिवर्तन गर्छ। अनि चुरोटमा पाइने ‘बेन्जिन, एमिन, ब्युटाडाइन’ जस्ता क्यान्सरजन्य रासायनिक पदार्थहरू शरीरमा पस्छन्। फोक्सो ‘कार्सिनोजेनिक केमिकल्स’ को पहिलो सिकार बन्न पुग्छ। फोक्सोका कोसहरूका अणुवांशिक पदार्थ डिएनएलाई अपरिवर्तनीयरूपले क्षति पु¥याउने भएकाले धूमपान लंगस क्यान्सरको प्रमुख कारक देखियो। मेटास्टेटिक लंगस क्यान्सरका कोसहरू फोक्सोबाट शरीरका विभिन्न भागमा पैलिन्छ। शरीरका सबै अंग क्यान्सरजन्य बन्न पुग्छन्। विभिन्न क्यान्सरमा उत्प्रेरकको भूमिका खेल्ने धुवाको प्रतिबन्धमा संसारले नै तदारूकता देखाउनुपर्ने थियो तर त्यसो हुन सकेन। चुरोटमुक्त न्युजिल्यान्डको कदम क्यान्सरजन्य मृत्यु घटाउने दिशामा संसारका लागि मार्गदर्शक हुनेमा शंका छैन।  

अर्बुद रोगको उत्पत्तिका सम्बन्धमा चुरोट भन्दा रक्सीको अवस्था खासै फरक देखिएन। रक्सी शरीरमा गएपछि रासायनिक प्रक्रियामार्फत एसिटल्डिहाइड भन्ने अर्को केमिकलमा रूपान्तरित हुन्छ। उत्पादित एसिटल्डिहाइडले मुख्यतः कलेजोको अणुवांशिक पदार्थलाई मरम्मत गर्नै कठिन हुने गरी क्षति पुर्‍याउँछ। डिएनएमा दखल पर्नु भनेको क्यान्सरको उत्पत्तिको प्रारम्भ हो भन्ने कुरा बिर्सनु हुँदैन। रेड बाइन तथा बियरले मुटु तथा मिर्गौलालाई फाइदा पुर्‍याएको अनुसन्धानले देखायो भन्ने खबर देखिन्छ। त्यस्ता अल्कोहलका समर्थनमा आएका अनुसन्धानहरू उत्पादक कम्पनीको लगानीमा भएका प्रायोजित रिसर्च थिए भन्ने कुरा बिर्सनुहुँदैन। अनि, त्यस्ता अनुसन्धानात्मक नतिजा आफूलाई फाइदा हुने गरी कम्पनीले चेरी पिकिङ गरेका हुन् भन्ने कुरामा दोमन नराखौँ। बाइन, बियर, ह्युस्कीलगायतका कुनै पनि अल्कोहलजन्य पेयमा पाइने इथानोल नै हो। अनि उक्त केमिकलले शरीरमा एसिटल्डिहाइड उत्पादन गर्छ अनि उक्त रासायनिक पदार्थले अर्बुद रोगलाई हौस्याउँछ भन्ने कुरामा सन्देह नराखौँ।  

बजारमा बिक्री हुने चाउचाउ, चिप्सलगायतका प्रशोधित खाना लामो समयसम्म नबिग्रियोस् भन्नका लागि रासायनिक पदार्थहरू प्रयोग गरिन्छ। विश्व स्वास्थ संगठनले आफ्नै अग्रसरतामा प्रोसेस्ड फुडमा के÷कस्ता रासायनिक पदार्थ प्रयोग भए अनि तिनीहरूले पब्लिक हेल्थमा के-कस्तो असर पार्छ भन्ने कुराको अध्ययन गर्यो। उक्त अध्ययनले प्रशोधित खान्कीलाई ताजा राख्न प्रयोग गरिएका अधिकांश रासायनिक पदार्थहरू कार्सिनोजेनिक भएको ठोकुवा गर्यो। ताजगीका लागि प्रयोग गरिने केमिकलको मात्रा थोरै हुने भएकाले त्यसको असर देखिन लामो समय लाग्न सक्छ। प्रशोधित खान्कीमा पाइने रासायनिक पदार्थले विभिन्न किसिमको क्यान्सरलाई प्रोत्साहन गर्ने भएकाले बट्टामा प्याक भएका कुनै पनि किसिमको चलानी खानेकुरा नखान सल्लाह दिन्छन् डब्लुएचओअन्तरगतको क्यान्सर एजेन्सीका प्रमुख क्रिस्टफर बाइल्ड। संसारलाई क्यान्सरको महामारीबाट बचाउन प्रशोधित खानामा प्रतिबन्ध लगाउनु उचित हुने देख्छन् डा. बाइल्ड।  

रक्सी, चुरोट र प्रशोधित खान्की नै अधिकांश क्यान्सर मात्र होइन, धेरै किसिमका रोगको उत्पत्तिको कारक देखियो। ठोस प्रमाणले ती तत्वहरूलाई रोगको उदगम देखाउँदासमेत संसारले किन सोमरश, तम्बाकु र चलानी खानालाई बन्देज लगाउन पहल गरेन भन्ने प्रश्नको जवाफ सजिलो छैन। फर्मास्युटिकल इन्डस्ट्रिज तथा हेल्थकेयर सिस्टम लगानीको प्रतिफलका हिसाबमा संसारको सबै भन्दा राम्रो लगानी हो। औषधि उत्पादकको मुनाफालाई संसारमा नवीन रोगको आगमन अनि रोगीको संख्याले निर्देशित गर्छ। कोरोनाको महामारीमा भ्याक्सिन उत्पादक मोडर्ना, फाइजर जस्ता कम्पनीहरूले अरबौँ डलर कमाएको यथार्थ बिर्सनु हुँदैन। संसारमा जति रोगीको संख्या बढ्यो हेल्थकेयर सिस्टम त्यति नै सफल हुन्छ, मुनाफा अत्यधिक बढ्छ। तसर्थ, फर्मास्युटिकल कम्पनीको व्यापारिक उद्देश्य संसारलाई रोगमुक्त बनाउने होइन बरू विपरित धार उनीहरूका लागि फाइदाजनक हुन्छन्। रोगको कारकका रूपमा रहेका रक्सी, चुरोट अनि प्रशोधित खान्की र बिरामी ठीक पार्ने औषधि व्यवसाय तथा अस्पतालका बीच अन्योन्याश्रित सम्बन्ध देखियो। एउटाले रोगीको संख्या बढाउने अर्कोले निको पार्ने भएपछि के चाहियो ?  

नेपालमा मात्र होइन, संसारका अधिकांश कार्यक्रमका प्रायोजक रक्सी, चुरोट र प्रशोधित खान्कीका उत्पादकहरू हुन्छन्। अनि चिकित्सकीय वैज्ञानिक सम्मेलनको मुख्य स्पोन्सर फर्मास्युटिकल कम्पनीले गर्छन्। मुनाफाजन्य उद्योगले आफ्नो उत्पादनको प्रचारमा ठूलो धनराशि खर्चन्छन्। पैसा बोल्ने भएकोले रक्सी, चुरोट, चलानी खान्की अनि हेल्थ केयर बिजनेसको वर्चस्व देखियो।  

जनहितको नियम बनाउनु संसद्को काम हो। सोमरश, धुवा, अनि प्रोसेस्ड फुडहरू क्यान्सरलगायत विभिन्न किसिमका रोगको स्रोत देखियो। न्युजिल्यान्डले आफूलाई धूमपान मुक्त मुलुक बनाउने कानुन पारित गरेको अवस्थामा नेपालले पनि चुरोट, रक्सी तथा चाउचाउ चिप्स जस्ता प्रशोधित खाद्य पदार्थलाई बन्देज गर्ने गरी ऐन बनाउन आवश्यक छ। रोगका कारकका रूपमा रहेका खराब पदार्थमा कानुनमार्फत प्रतिबन्ध लगाउन सके मुलुकको अरबौँ रुपियाँ जोगिन्थ्यो। रक्सी, चुरोट अनि चाउचाउका लगानीकर्ताको बोलवाला रहेको संसद्ले जनतालाई केन्द्रमा राखी कानुन बनाउने संभाव्यता न्यून छ। तर, राजनीतिक दलहरूले जनतालाई केन्द्रमा राख्ने हो भने नेपालको नवीन संसद्ले न्युजिल्यान्डको अनुशरण गर्न आवश्यक देखियो। रोग लागेर इलाज गर्नु भन्दा बिरामी नै नहुने अवस्था बनाउन सके कति असल हुन्थ्यो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस