प्रधानमन्त्रीकै दबाबमा नेपाल–भट्टराईको बयान रोकियो
०२ भदौ २०८०
•
५ मिनेट पाठ
प्रधानमन्त्रीकै दबाबमा नेपाल–भट्टराईको बयान रोकियो
बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईले अनुसन्धानलाई सहयोग गर्ने भने पनि प्रहरीले उनीहरूसँग बयान लिएको छैन। युरोप भ्रमण छोट्याएर अनुसन्धानमा सघाउन स्वदेश फर्किएको पाँच दिन हुँदासम्म पनि पूर्वप्रधानमन्त्री नेपाललाई सिआइबीले बयानका लागि बोलाएको छैन। अर्का पूर्वप्रधानमन्त्री भट्टराईसँग पनि बयान लिइएको छैन।




सरकारी वकिल साथै राखेर नेपाल र भट्टराईको बयान लिने तयारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रधानमन्त्री पुष्पकमल दाहालकै दबाबमा बयान नलिएको हो। पूर्वप्रधानमन्त्री वा वर्तमानले मन्त्रि–परिषद्बाट भएका निर्णयलाई लिएर प्रहरीमा बयान दिन जाँदा गलत नजिर बस्ने र यस्तो भए सरकारले कुनै पनि काम गर्न नसक्ने भन्दै नेपाल र भट्टराईको बयान लिन रोकिएको हो।

‘सरोकारवाला निकाय र मन्त्रीबाट प्रमाणित भएर आएका प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्ने हो प्रधानमन्त्री आफैंले सबै मन्त्रालय र सरोकारवाला निकायको जानकारी राख्न सक्दैन, विभागीय कर्मचारी, विभागीय मन्त्रालयलाई विश्वास गर्नुपर्ने हुन्छ। त्यसैले मन्त्रिपरिषद्का निर्णयलाई लिएर प्रधानमन्त्रीहरूले बयान दिन जानुपर्ने अवस्था आउनु हुन्न’, प्रधानमन्त्री दाहालले केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकमा भनेका थिए। ‘माधव नेपाल स्वदेश आएकै दिन गत सोमबार सिआइबीको टोलीले बयान लिने तयारी गरेको थियो तर प्रधानमन्त्री तहबाट अहिले बयान रोक्नु भन्ने आदेश आएपछि रोकियो’, नेपाल प्रहरीको उच्च स्रोतले भन्यो।  

पूर्वप्रधानमन्त्री वा वर्तमानले मन्त्रि–परिषद्बाट भएका निर्णयलाई लिएर प्रहरीमा बयान दिन जाँदा गलत नजिर बस्ने र यस्तो भए सरकारले कुनै पनि काम गर्न नसक्ने भन्दै नेपाल र भट्टराईको बयान लिन रोकिएको हो।
नेपाल र भट्टराई बयानका लागि तयार भए पनि प्रधानमन्त्रीको तहबाटै रोकिएको गठबन्धनका एक नेताले बताए। ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद्ले गरेका निर्णयलाई लिएर प्रहरीले बयानमा बोलाउने हो भने गलत नजिर बस्छ भन्ने कुरा शीर्ष तहमा छलफल भएको थियो। सायद त्यसैको परिणाम उहाँहरूलाई बयानका लागि नबोलाइएको होला’, गठबन्धन दलका एक नेताले भने। ती नेताका अनुसार नेपालले आफू नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट ललितानिवासको जग्गाबारे निर्णय भए पनि प्रधानमन्त्रीनिवास विस्तार गुरुयोजना २०६५ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै बेलामा बनेको र त्यही गुरुयोजनालाई भौतिक मन्त्रालयको कानुन शाखाको प्रतिवेदनसहित मन्त्रालयको तहमा निर्णय भएर आएपछि मात्रै स्वीकृत गरेको भनेर गठबन्धन बैठकमा बताएका थिए।  

‘नेपाल र भट्टराईसँग बयान लिने तयारीमा रहेको सिआइबीलाई माथिको आदेश भन्दै बयान लिन रोकिएको छ। सिआइबीको इतिहासमा पहिलोपटक माथिको आदेशमा बयान रोकिएको हो’,स्रोतले भन्यो। २०६५ सालमा दाहाल पहिलोटक प्रधानमन्त्री भएका बेला उनकै निर्देशनमा प्रधानमन्त्रीनिवास विस्तार गुरुयोजना तयार भएको थियो। त्यतिबेला सबै मन्त्रालयका सचिवसमेत बसेर त्यो गुरुयोजना स्वीकृत भएको थियो। गुरुयोजना भौतिक योजना मन्त्रालयबाट औपचारिक रूपमा मन्त्रिपरिषद्मा पठाउने भनेर सचिवहरूको बैठकले गरेको निर्णय यतिबेला गायब पारिएको छ। यो कुरा तत्कालीन सचिव दीप बस्नेतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दिएको बयानमा पनि उल्लेख छ। सरकारी निकायले त्यो निर्णय खोज्न चासो पनि दिएका छैनन्।  

नेपालको सचिवालयले पनि उनी बयानका लागि तयार रहेको जनाएको छ। ‘उहाँले अनुसन्धानमा सघाउने भनिरहनु भएको छ, अनुसन्धानमा सघाउन भनेर नै युरोपको भ्रमण छोट्याएर आउनु भएको हो’,नेपालका स्वकीय सचिव एवं नेकपा एकीकृत समाजवादी (नेकपा एस) का केन्द्रीय सदस्य मोहन गौतमले भने। उनका अनुसार अहिलेसम्म प्रहरीले नेपाललाई बयानका लागि बोलाएको वा तयार रहन केही पनी भनेको छैन। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले बयान लिनेनलिने निर्णय अनुसन्धान अधिकृतहरूले गर्ने भएकाले यसबारे प्रहरी प्रधान कार्यालयले कुनै दबाब नदिएको बताए। ‘अनुसन्धानको सबै जिम्मा अनुसन्धान अधिकारीलाई हुन्छ, प्रहरी प्रधान कार्यालयले कुनै पनि प्रकारको दबाब दिएको छैन, दिँदैन, अनुसन्धान निष्पक्ष हुन्छ’, कडायतले भने।

गुरुयोजना भौतिक योजना मन्त्रालयबाट औपचारिक रूपमा मन्त्रिपरिषद्मा पठाउने भनेर सचिवहरूको बैठकले गरेको निर्णय यतिबेला गायब पारिएको छ। 
ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराईसँग बयान लिएर त्यसलाई मिसिलमा राखेको थियो। सर्वोच्च अदालतले २१ साउनमा मन्त्रिपरिषद्को निर्णय तथा कार्य प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नमाथि अनुसन्धान गर्न आदेश दिएको थियो। पिरामिड तहको अनुसन्धान गर्नु भन्ने आदेश भएपछि सरकारी वकिलसँग समन्वय गरेर सिआइबीले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने निर्णय गरेको थियो।

सिआइबीले त्यसैअनुसारको सूचना दुवै प्रधानमन्त्रीको सचिवालयलाई दिएको थियो। तर ‘माथिको आदेश’ मा बयान लिन रोकिएपछि सिआइबीले नेपाल र भट्टराईले किर्ते गरेको नदेखिएको भन्दै बयान नलिई सरकारी वकिललाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। ललितानिवास जग्गा हिनामिनामा भएको किर्ते तथा संगठित अपराधसम्बन्धी मुद्दा भदौ १० गतेभित्र अदालतमा बुझाइसक्नु पर्छ। सिआइबीले यस प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरूसँग पनि बयान नलिईकान प्रतिवेदन बुझाउन लागेको स्रोतको दाबी छ।  

ललिनानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितलाई सिआइबीले असार १२ गते पक्राउ गरेको थियो। यस प्रकरणमा सिआइबीले पक्राउ गरेका १८ जना हिरासतमा छन्। अदालतको आदेशबाट ७ जना रिहा भैसकेका छन्। तत्कालीन मन्त्रिपरिषद्ले २०६६ चैत २९, २०६७ वैशाख ३१, २०६७ साउन २८ र २०६९ असोज १८ गते गरेका निर्णयको गलत व्याख्या गरी जग्गा हिनामिना गरिएको थियो। यी निर्णय नेपाल र भट्टराई नेतृत्वको सरकारका पालामा भएका थिए।
अर्को समाचार
किसानको बीउमा तस्करी देख्ने सशस्त्रले आँखैअगाडि च’क्कु चलेको देखेन
११ मंसिर २०८३
•
१ मिनेट पाठ
किसानको बीउमा तस्करी देख्ने सशस्त्रले आँखैअगाडि च’क्कु चलेको देखेन
नेपाल-भारत खुला सीमामा वारिपारि आफन्तको घर आउजाउ गर्नु मधेसको पुरानो दैनिकी हो। छठजस्ता चाडपर्वमा पारिका आफन्तकहाँ प्रसाद पुर्‍याउन जाने र फर्किंदा कोसेली लिएर आउने चलन सीमामा चेकपोस्ट बस्नुभन्दा धेरै पुरानो हो।




केही दिनअघि रौतहटका चार जना किसान पनि त्यही परम्पराअनुसार भारतस्थित आफन्तको घरमा छठपूजाको प्रसाद पुर्‍याएर घर फर्किंदै थिए। फर्किंदा आफन्तले खेतीका लागि कोसेलीका रूपमा चार बोरा गहुँको बीउ दिएका थिए। घर पुग्न नपाउँदै बाटैमा सशस्त्र प्रहरीको बीओपी सरमुजवाको टोलीले उनीहरूलाई रोक्यो।

किसानले आफ्नो परिस्थिति बताए। खेतीका लागि कोसेली ल्याएको बीउ भएको सुनाए। तर, सुरक्षाकर्मीले उनीहरूको कुरा सुनेनन्  चार बोरा गहुँको बीउ नियन्त्रणमा लिइयो। स्थानीय बासिन्दाका अनुसार बीउ खोसिएको भन्दा पनि सुरक्षाकर्मीले प्रयोग गरेको अपमानजनक शब्द र किसानमाथि लगाएको तस्करीको आरोपले गाउँभरि आक्रोश फैलायो।


आफ्नै खेतमा छर्न ल्याएको बीउ बोकेका किसानलाई तस्करसरह व्यवहार गरिएको घटना सीमावर्ती बस्तीमा छिट्टै फैलियो। सीमामा हुने अवैध कारोबार रोक्नु सुरक्षा निकायको काम हो भन्नेमा यहाँका सर्वसाधारणको कुनै विमति छैन।

तर, वास्तविक तस्कर र सामान्य किसान छुट्याउन नसक्ने वा नचाहने प्रवृत्तिप्रति गाउँलेको चित्त दुखेको छ। कानुन कार्यान्वयनको नाममा सोझा सर्वसाधारणलाई हप्काउने र अनावश्यक दुःख दिने गुनासो सीमामा पहिलेदेखि नै थियो, चार बोरा गहुँको बीउ प्रकरणले त्यसलाई झन् सतहमा ल्याइदियो।

किसानका चार बोरा गहुँको बीउमा त्यति नजर राख्ने सशस्त्र प्रहरीको सक्रियता मंसिर ६ गते भने एकाएक हरायो। त्यो दिन गौर-चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत यमुनामाई गाउँपालिका-५ झुनखुनवा चोकबाट करिब ५० मिटर दक्षिणमा राजपुर नगरपालिका-१ भगवानपुरका ३५ वर्षीय राजेश यादवमाथि दिनदहाडै धारिलो चक्कु प्रहार भयो।

अपरिचित व्यक्तिको आक्रमणबाट यादव रक्ताम्य भएर ढले।

घटना भएको ठाउँबाट नजिकै सशस्त्र प्रहरीको टोली चेकजाँचमा खटिएको थियो। आक्रमणकारी भाग्दै गरेको देखेर स्थानीयले गुहार मागे। तत्कालै पिछा गरेर आक्रमणकारी समात्न सुरक्षाकर्मीलाई आग्रह गरे। तर, त्यहाँ रहेका सुरक्षाकर्मीले ‘यो हाम्रो इलाका होइन’ भन्दै हस्तक्षेप नगरेको स्थानीयको आरोप छ।


आँखैअगाडि मान्छेमाथि चक्कु चल्दा पनि वर्दीधारी टोलीले आक्रमणकारी समात्न अग्रसरता नदेखाएपछि स्थानीयको आक्रोश सडकमै पोखियो। आक्रोशित भीडले गौर-चन्द्रनिगाहपुर सडक अवरुद्ध गर्‍यो। सुरक्षा व्यवस्थाप्रति नाराबाजी र विरोध चलिरहँदा गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइयो। त्यहाँ प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएकाले चिकित्सकले उनलाई वीरगन्ज रेफर गरे।

घटनाको चौतर्फी आलोचना भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका गणपति एसपी चेतराज जोशीले आफ्नो तर्फको विवरण सुनाए। उनका अनुसार त्यतिबेला त्यहाँ रहेको बीओपी सरमुजवा बंकुलको टोली नियन्त्रणमा लिएको सामान बुझाएर फर्किने क्रममा थियो।

घटनास्थल बंकुल बीओपीको आधार इलाकाभित्र नपर्ने भएकाले तत्कालै अर्को टोली परिचालन गरिएको एसपी जोशीले बताए।

उनका अनुसार घटनालगत्तै फतुवा बेसलाई परिचालन गरिएको थियो। तर, फतुवा बेस घटनास्थलबाट टाढा भएकाले टोली आइपुग्नुअघि नै आक्रमणकारी भागिसकेका थिए। घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पठाउन सशस्त्र प्रहरीले नै एम्बुलेन्समा राखिदिएको दाबी एसपी जोशीले गरे।

एसपी जोशीको यही भनाइमा रौतहटका बासिन्दाले अर्को विडम्बना देखेका छन्। जुन बीओपी सरमुजवा बंकुलको टोली जफत गरेको सामान बुझाएर फर्किंदै थियो, त्यही टोलीको आँखाअगाडि मान्छेमाथि चक्कु चल्दा इलाकाको पर्खाल ठडियो।

तस्करीको सामान बोकेर अर्को इलाका हुँदै हिँड्न मिल्ने, तर त्यही सडकमा घाइते रक्ताम्य हुँदा र आक्रमणकारी भाग्दा भने इलाकाको नक्सा हेरेर फतुवा बेसको बाटो कुर्नुपर्ने अवस्था कसरी आयो ? स्थानीयले अहिले यही कुरा बुझ्न सकेका छैनन्।

रौतहटमा ‘इलाका’ को सिमाना देखाएर पन्छिएको सशस्त्र प्रहरी चार दिनपछि छिमेकी जिल्ला बारामा भने आफ्नै नियमको सिमाना नाघेर विवादमा तानियो। मंसिर १० गते बाराको कोल्हवी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर सचिव मनोजप्रसाद चौधरीकी आमा सरली थरुनीको अन्त्येष्टि थियो।

अन्त्येष्टिमा रास्वपाका बारा क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य गणेश धिमालसमेत सहभागी थिए। त्यही बेला सशस्त्र प्रहरीका ११ जना कर्मचारीको टोली त्यहाँ पुग्यो र सरली थरुनीको अन्त्येष्टिमा औपचारिक शोक सलामी दियो।

चौधरी सशस्त्र प्रहरीका पूर्वकर्मचारी हुन्। संगठनको नियमअनुसार बहालवाला कर्मचारीका आफन्तको निधन हुँदा शोक सलामी दिने परम्परा छ, तर जागिर छाडिसकेका पूर्वकर्मचारीका आफन्तलाई फौजी टोली खटाएर सलामी दिने व्यवस्था छैन।

नियमविपरीत पूर्वकर्मचारीको पारिवारिक अन्त्येष्टिमा ११ जनाको टोलीले सलामी दिएको खबर बाहिरिएपछि बारादेखि काठमाडौंसम्म चर्चा सुरु भयो।


विवाद बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका गणपति एसपी विशाल सिलवालले त्रुटि भएको स्वीकार गरे। चौधरी अझै बहालवाला कर्मचारी नै रहेको भन्ने जानकारीका आधारमा टोली पठाइएको उनको भनाइ छ। पछि उनी अवकाशप्राप्त कर्मचारी रहेको खुलेपछि कसको आदेशमा टोली खटाइयो भन्नेबारे संगठनभित्रै छानबिन थालिएको एसपी सिलवालले बताए।

यता, मनोजप्रसाद चौधरीले भने यो विषयलाई फरक ढंगले व्याख्या गरेका छन्। आफू कुनै सार्वजनिक पदमा नरहेको र पूर्वकर्मचारी भएकाले आफूले विगतमा सेवा गरेको संगठनबाट आमाप्रति सम्मानस्वरूप शोक सलामी दिइएको उनको दाबी छ।

तर, बाराको यो घटनाले सशस्त्र प्रहरीको आन्तरिक व्यवस्थापन कति फितलो छ भन्ने देखाइदियो। सम्बन्धित व्यक्ति अझै सेवामा छन् कि अवकाश पाइसके भन्ने सामान्य अभिलेखसमेत नहेरी ११ जना सुरक्षाकर्मीको टोली खटाइनु सामान्य भुल मात्र मान्न स्थानीय तयार छैनन्।

राजनीतिक दलका नेता र सांसद उपस्थित कार्यक्रममा व्यक्तिगत चिनजान वा अपुष्ट सूचनाकै भरमा फौजी टोली पठाइँदा संगठनको अनुशासन र निष्पक्षतामाथि स्वाभाविक शंका उब्जिएको छ।

रौतहटको सरमुजवामा किसानको गहुँको बीउ खोसिएको घटना, झुनखुनवामा चक्कु चल्दा देखाइएको इलाकाको तर्क र बाराको कोल्हवीमा नियम नहेरी दिइएको सलामी- यी तीनवटा घटनालाई जोडेर हेर्दा मधेसमा सशस्त्र प्रहरीको प्राथमिकता कता ढल्किएको छ भन्ने प्रस्ट चित्र आउँछ।

सशस्त्र प्रहरीको ध्यान नागरिकको सुरक्षाभन्दा तस्करीका मालसामान बरामद गर्नेतर्फ बढी भएको सीमा क्षेत्रका बासिन्दाको आरोप छ। सामान बरामद गर्दा आउने कमिसनको लोभमा सुरक्षाकर्मीहरू आफ्नो आधार इलाकाभन्दा धेरै टाढासम्म पुगेर छापा मार्न पछि पर्दैनन्। तर, नागरिकको जीउधनमाथि आक्रमण हुँदा वा संकट पर्दा भने उही सक्रियता हराउँछ।

सशस्त्र प्रहरीको जिम्मेवारी भन्सार छलीका सामान समात्ने र सीमाको ढाटमा चेकजाँच गर्नेमा मात्र सीमित छैन। सीमा सुरक्षासँगै विपद् व्यवस्थापन, अपराध नियन्त्रणमा अन्य सुरक्षा निकायसँग समन्वय र आम नागरिकको जीवनरक्षा गर्नु पनि उसको उत्तिकै महत्त्वपूर्ण दायित्व हो।

कुनै घटना आफ्नो प्रत्यक्ष बीओपीको कार्यक्षेत्रमा नपर्ने अवस्था आउन सक्छ। तर, प्रशासनिक सहजताका लागि कोरिएको इलाकाको सिमानाले आँखैअगाडि अपराध हुँदा हात बाँधेर बस्ने छुट दिँदैन।

त्यस्तो घडीमा पीडितलाई तत्काल जोगाउने, आक्रमणकारी रोक्न प्रयास गर्ने र नजिकका प्रहरी एकाइसँग तुरुन्त समन्वय गर्ने काम कुनै पनि सुरक्षाकर्मीको पहिलो कर्तव्य हो।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस