रुस-युक्रेनबिच तेस्रो चरणको शान्ति वार्ताको सम्भावना
०७ साउन २०८२
•
२ मिनेट पाठ
रुस-युक्रेनबिच तेस्रो चरणको शान्ति वार्ताको सम्भावना
युक्रेनी र रुसी अधिकारीहरू बुधबार इस्तानबुलमा शान्ति वार्ताको तेस्रो चरणका लागि भेट्न सक्छन्। यो सात हप्ताभन्दा बडी समयपछिको तिनीहरूको पहिलो भेटघाट हुनेछ र यो युद्धविराम गर्न अमेरिकी दबाबको बीचमा आएको छ।  




सफलताको अपेक्षा कम छ।  

यसअघि दुवै पक्षले मे र जुनमा भेट गरेका थिए तर साढे तीन वर्षको युद्धको अन्त्यमा सहमति हुन सकेन।  

क्रेमलिनले बुधबार उपस्थित हुने कुरा स्पष्ट रूपमा पुष्टि गरेको छैन, तर यदि त्यसो भयो भने कुनै ‘चमत्कारी सफलता’ को अपेक्षा नगर्न चेतावनी दिएको छ।  

द्वन्द्व अन्त्य गर्न दुवै पक्षको स्थिति एकदमै फरक छ।  

रुसले युक्रेनलाई सन् २०२२ सेप्टेम्बरमा कब्जा गरेको दाबी गर्ने चार युक्रेनी क्षेत्रबाट प्रभावकारी रूपमा पछी हट्न आह्वान गरेको छ। उक्त मागलाई किएभले अस्वीकार्य भनेको छ।  

युक्रेनले युद्धविराम नभएसम्म ती क्षेत्रका बारेमा कुनै पनि वार्तालाई अस्वीकार गरेको छ र सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमियासहित कब्जा गरिएको क्षेत्रमा रुसको दाबीलाई कहिल्यै मान्यता नदिने बताएको छ।  

सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको रुसको पूर्ण स्तरको आक्रमणले पूर्वी र दक्षिणी युक्रेनका केही भागलाई विनाश गरेको छ र दशौँ हजार सैन्य र नागरिकको मृत्यु भएको छ।  

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दुई पक्षले कैदीहरूको रिहाइबारे छलफल गर्ने र आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बैठकको तयारी गर्ने आशा व्यक्त गरेका छन्।  

सन् २०१९ मा अन्तिम पटक भेटेका पुटिन र जेलेन्स्कीसँग सम्भावित वार्ताका बारेमा छलफल हुनअघि ‘धेरै काम’ गर्नुपर्ने मस्कोले बताएको छ।  

युक्रेनका पूर्वरक्षामन्त्री एवं वर्तमान सुरक्षा परिषद्का सचिव रुस्तम उमरोभले आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्ने युक्रेनले जनाएको छ।  

क्रेमलिनले आफ्नो वार्ता टोलीको नेतृत्व गर्न राजनीतिक वैज्ञानिक भ्लादिमिर मेडिन्स्की पठाउने बताएको छ।  

अघिल्लो दुई चरणको वार्ताको नेतृत्व गरेका मेडिन्स्कीलाई शक्तिशाली निर्णयकर्तका रूपमा हेरिएको छैन र युक्रेनले उनलाई कठपुतलीका रूपमा वर्णन गरेको छ।  

मे १६ र जुन २ मा भएको अन्तिम वार्तामा दुवै पक्ष ठूलो मात्रामा कैदी आदानप्रदान गर्न सहमत भएका थिए।  

तिनीहरूले द्वन्द्व अन्त्य गर्न आफ्ना मस्यौदा सर्तहरू पनि आदानप्रदान गरेका थिए। उक्त मस्यौदालाई क्रेमलिनले ‘पूर्णतया विपरीत’ भनेको छ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता रुसलाई युक्रेनसँग शान्ति सम्झौता गर्न वा कडा प्रतिबन्धको सामना गर्न ‘५० दिन’ दिएपछि सम्भावित वार्ता आएको हो।  

रुसले हालैका हप्ताहरूमा युक्रेनी सहरहरूमा आफ्नो बमबारी बढाएको छ र युद्धको मोर्चाका विभिन्न क्षेत्रहरूमा प्रगतिको दाबी गरेको छ।  

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गत महिना दुवै पक्षलाई वार्तामा ‘ढोका बन्द नगर्न’ आह्वान गरेका थिए। एएफपी
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४ सेकेन्ड अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस