रुसलाई इन्धनका लागि ऋण उपलब्ध गराउन श्रीलंकाको आग्रह
२३ असार २०७९
•
२ मिनेट पाठ
रुसलाई इन्धनका लागि ऋण उपलब्ध गराउन श्रीलंकाको आग्रह
श्रीलंका स्वतन्त्रताको  सात दशकमा सबैभन्दा खराब वित्तीय संकटसँग लडिरहेको बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै  इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह गरेका छन्।  




दुई नेताले कोलम्बोले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग  बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो। 'रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै फलदायी वार्ता भयो। विगतका चुनौतीहरू पार गर्न आफ्नो सरकारले प्रदान गरेको सबै सहयोगको लागि उहाँलाई धन्यवाद दिँदै मैले वर्तमान संकटलाई पराजित गर्न पनि श्रीलंकालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरें।' गोटाबायाले भने।    

गोटाबायाले पुटिनलाई श्रीलंकामा रूसी एयरलाइन्स एरोफ्लोट पुनः सञ्चालन गर्न पनि अनुरोध गरेको छ।  ‘पर्यटन, व्यापार लगायत अन्य क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई  थप मजबुत बनाउने कुरामा हामी सहमत भएका छौं।' उहवेँ भने। श्रीलंकाको पहलमा उक्त वार्ता भएको क्रेमलिनले जारी गरेको विज्ञप्तिमा  उल्लेख गरिएको छ।  

दुवै राष्ट्रपतिले द्विपक्षीय व्यापार र आर्थिक सहयोगका समसामयिक विषयमा विशेषगरी ऊर्जा, कृषि र यातायातका विषयमा छलफल गरेको बताइएको छ। 

यस वर्ष दुई देशहरूबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सवको सन्दर्भमा 'परम्परागत रूपमा मित्रवत् रुस-श्रीलंका सम्बन्धको प्रगतिशील विकास भएको छ।' विज्ञप्तिमा जनाइएको छ।  

जुन २८ मा पत्रकार सम्मेलन गर्दै श्रीलंकाका सांसद महिन्दानन्द अलुथगामागेले इन्धन खरिदका लागि राष्ट्रपति राजापाक्षे र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तालाई सहज बनाउन श्रीलंकाका लागि रुसी राजदूतले छलफल सुरु गरेको बताए।  

यसैबीच जुन १० पछि निरन्तररूपमा इन्धन आपूर्ति सुनिश्चित गर्न सरकारले बृहत् संयन्त्र बनाएको छ। अभूतपूर्व इन्धन संकटको बीचमा श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र राज्य(अनुमोदित निजी विद्यालयहरूको लागि एक हप्ता बिदाको घोषणा गरेको छ। यसअघि पनि १८ जुनमा श्रीलंका सरकारले एक साताका लागि सबै विद्यालय बन्द गर्ने घोषणा गरेको थियो।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएपछि यस पालि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। देशमा खाद्यान्न, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ।
अर्को समाचार
पाकिस्तान खराब स्थितिमा
१० साउन २०७९
•
२ मिनेट पाठ
पाकिस्तान खराब स्थितिमा
रमेश मेन्डिस नेतृत्वमा रहेको श्रीलंकाको स्पिन आक्रमणले दोस्रो टेस्टमा ३ सय ७८ रन पछ्याएको पाकिस्तानलाई दोस्रो दिन बुधबार १९१/७ को खराब स्थितिमा पुर्‍याएको छ।




पाहुना टोली पाकिस्तान दुई खेलको टेस्ट शृंखलामा १–० ले अगाडि छ। तर, दोस्रो टेस्टमा खराब ब्याटिङका कारण पाकिस्तान दोस्रो दिनको खेल सकिँदा १ सय ८७ रनले पछाडि छ। श्रीलंकाको बलिङ अट्याकलाई रोक्ने प्रयास गरेका अघा सलमानले टेस्टमा पहिलो अर्धशतक बनाए। तर, उनी पनि श्रीलंकाका लेफ्ट आर्म स्पिनर प्रभात जयसूर्याको बलमा आउट हुन पुगे। सलमान ६२ रनमा आउट भएपछि दोस्रो दिनको खेल अन्त्य भएको घोषणा भयो। जयसूर्याको बलमा उनी स्लिपमा क्याच भए। सलमानले अघिल्लो खेलमा मात्र डेब्यु गरेका थिए।

उनले पाकिस्तानलाई १४५/७ को खराब स्थितिबाट उकासे। सातौं विकेटका लागि सलमानले यासिर साहसँग ४६ रनको साझेदारी गरेका थिए। यासिर १३ रनमा नटआउट छन्। रमेशले आफ्नो स्पिन जादुबाट पाकिस्तानको मिडल अर्डर ध्वस्त बनाए। तेस्रो दिनको खेलमा पनि उनको स्पिन थप टर्न हुने आशा गरिएको छ। पहिलो विकेट गुमेपछि पाकिस्तान समालिनै सकेन। पाकिस्तानका लागि पहिलो टेस्टका नायक अब्दुलाह साफिक शून्यमा नै पवेलियन फर्किए। लन्च ब्रेकसम्म कप्तान बाबर आजम १६ रनमा आउट भएपछि पाकिस्तान थप दबाबमा पर्‍यो।  

जयसूर्याले पहिलो दुई टेस्टमा नै २१ विकेट पूरा गरिसकेका छन्। पाकिस्तानका उत्कृष्ट ब्याट्सम्यान आजमलाई पवेलियन फर्काउँदै जयुसूर्याले खेलमा थप प्रभाव जमाए। इमाम उल हकले पनि मोहम्मद रिजवानसँग मिलेर इनिङ अगाडि बढाउने प्रयास गरे। तर, धनञ्जय डी सिल्भाले इमामलाई ३२ रनमा पवेलियन फर्काउँदै साझेदारी जम्न दिएनन्। नियमित कप्तान दिमुथ करुनारत्ने ढाडमा समस्याका कारण मैदानमा नहुँदा डी सिल्भालाई कार्यवाहक कप्तानको जिम्मेवारी दिइएको थियो।

रिजवानले केही बाउन्ड्री प्रहार गर्दै आक्रमण गर्ने प्रयास गरेता पनि रमेशलाई उनलाई २४ रनमा एलबिडब्लु सिकार बनाए। रिजवानले रिभ्यु लिए पनि सफलता पाउन सकेनन्। अघिल्लो खेलमा २ सय ६० रन बनाएका ओपनर साफिकलाई छिट्टै गुमाएपछि पाकिस्तान समालिन नै सकेन। असिथा फर्नान्डोको बलिङ साफिकको ब्याटमा एज लागेर बोल्ड हुँदा उनी खाता नखोल्दै आउट भए। अलराउन्डर सलमानले इनिङ सम्माले। उनी ६ ओभर बलिङमा भने विकेटविहीन भएका थिए।

सलमानले घरेलु टोलीका स्पिनरलाई फ्रन्ट फुटमा सहजै खेलेका थिए। श्रीलंकाले ३१५/६ को स्थितिबाट दोस्रो दिनको खेल सुरु गरेको थियो। एन्जेलो म्याथ्युजको सयौं टेस्ट खेलमा ओभर नाइट ब्याट्सम्यान निरोसन डिकवेलाले ५१ रन बनाए। नवौं नम्बरका ब्याट्सम्यान रमेशले पनि ३५ रन बनाउँदै घरेलु टोलीको इनिङ उकासेका थिए। पाकिस्तानका तीव्र गतिका बलर नसिम साह र लेग स्पिनर यासिरले समान तीन विकेट लिए।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस