इराकको कुर्दिस्तानमा महिलामाथि हुने घातक हमलाहरु तीव्र रूपमा बढे
०९ चैत्र २०७८
•
४ मिनेट पाठ
इराकको कुर्दिस्तानमा महिलामाथि हुने घातक हमलाहरु तीव्र रूपमा बढे
फाइल तस्बिर।
एक महिलालाई आफ्नो पतिले जिउँदै जलाएका छन्। अरूलाई बुबा वा किशोर भाइले गोली हानेर मारेका छन्, उत्तरी इराकको कुर्द क्षेत्रमा महिलाविरुद्धको रक्तपातपूर्ण हिंसा बढेको छ। युद्धग्रस्त इराकमा नारी हत्या, लिंगद्वारा उत्प्रेरित हत्यामा तीव्र वृद्धि भएको छ।




विगत दुई महिनामा, अघिल्लो वर्षको तुलनामा महिला हत्यामा वृद्धि भएको छ,'कुर्दिश जनरल डाइरेक्टोरेट फर कम्बेटिङ वाइलेन्स अगेन्स्ट' महिला अधिकारकर्मी हिवा करिम ज्वामिरले भने। सन् २०२२ को पहिलो दुई महिनामा स्वायत्त इराकी कुर्दिस्तानमा ११ जना महिलाको हत्या भएको थियो, जसमध्ये अधिकांशलाई गोली हानी मारिएको थियो, सुलेमानियाहमा आधारित अधिकारीले भने।

सन् २०२१ मा ४५ महिलाको हत्या भएको थियो। अघिल्लो वर्षको तुलनामा यो २५ भन्दा बढी भएको ज्वामिरले भने। गत शुक्रबार बिहान सोरान गाउँमा एक १५ वर्षीय किशोरीलाई उनका बुबाले चलाएको ६ वटा गोली लागेर मृत्यु भएको थियो। उक्त व्यक्तिले पुलिसलाई आफ्नी छोरी दुई जना केटाहरूसँग राति अबेर गएको बताएका थिए।

घरेलु हिंसा इकाईका अनुसार तथाकथित ‘अनर किलिंग’ पनि रेकर्ड गरिएको छ। इराकभरि, २०२० र २०२१ को बीचमा लिङ्गमा आधारित हिंसा १२५ प्रतिशतले बढेर २२ हजार भन्दा बढी घटना भएको थियो। संयुक्त राष्टसंघको बाल एजेन्सी युनिसेफले पनि ‘डिप्रेसन र आत्महत्यामा चिन्ताजनक बृद्धि भएको’ औंल्याएको छ।

गत डिसेम्बरमा बग्दादमा एक १६ वर्षीया युवतीलाई उनीसँग विवाह गर्न चाहने वयस्कले एसिड प्रहार गरेको थियो।  तर पछि ती पुरुषले एसिड प्रहारलाई  अस्वीकार गरेका थिए। वर्षौंदेखि, कार्यकर्ताहरूले इराकमा महिलाविरुद्ध हिंसा र जबरजस्ती विवाहको निन्दा गर्दै आएका छन्।  महिलाविरुद्ध हिंसा र जबरजस्ती विवाह रूढीवादी र पितृसत्तात्मक समाजमा आधारित रहेको छ।

महिलाविरुद्ध हिंसाका घटनाहरू बढ्दै गएको लामो समयदेखि कुर्दिस्तानका कार्यकर्ता र स्थानीय समूह जन विकास संगठनका निर्देशक बहर मुन्जिर भने। ‘हत्या हुने अधिकांश महिला परिवारका सदस्यको सिकार हुने गरेका छन्।’ ‘अन्तर्राष्ट्रिय महिला दिवस' मार्च ८ को केही दिनअघि, कुर्दिस्तानको राजधानी अर्बिलमा २० वर्षीया महिलाको शव सडकको छेउमा फेला परेको थियो। 

पीडित मारिया सामी सामाजिक सञ्जालमा आफ्नो नारीवादी भाषणका कारण चर्चामा थिइन्। अर्को दिन, मार्च ९ मा, किर्कुक प्रहरीले मारियाका  १८ वर्षीय भाइलाई हत्याराका रुपमा पक्राउ गरेको घोषणा गर्‍यो। हत्यारा भाग्दै गर्दा कुर्दिश टेलिभिजन च्यानलसँग फोनमा कुरा गरेर आफ्नी बहिनीले परिवारको आज्ञा पालन गर्न असफल भएको आरोप लगाएर हत्यालाई जायज ठहराउने प्रयास गरेका थिए।

इराकमा रहेको संयुक्त राष्ट्रसंघीय नियोग र अर्बिलस्थित पश्चिमी देशका वाणिज्य दूतावासले उक्त हत्याको निन्दा गरेका थिए। केही आवाजहरूले अल्पसंख्यकहरूको अधिकारको रक्षा गरे तापनि पीडितको विरुद्धमा समाचारले अनलाइन घृणाको धार पैदा गर्‍यो। श्रीमान एक साँझ नशाको अवस्थामा घर आएर श्रीमती शरीरमा पेट्रोलमा हालेर आगो लगाए। पीडित शिनयारका बुबा हुनर रफिकले भने।

बाबुले हत्या गरेको जानकारी दिएपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको थियो। मर्नुअघि, शिनयारले हामीलाई तथ्यहरू भने,’ शोकमा परेका बुबाले भने। ‘हामीले यसलाई रेकर्ड गर्यौं, र हामीले अनुसन्धानकर्ताका लागि भिडियो बुझायौं।’ उनले भने कुर्दिस्तानका प्रधानमन्त्री मसरौर बरजानीले यस भयानक केसको भत्र्सना गरे, उनी महिलाविरुद्ध हुने हिंसात्मक आक्रमणबाट ‘गहिरो चिन्तित’ थिए। 

उनले एक विज्ञप्तिमा भने, 'सरकारले अपराधीहरूलाई कडा सजाय दिनु पर्ने बताएका थिए। ‘म हरेक महिला, केटी र बालबालिकालाई दुर्व्यवहारबाट जोगाउन कटिबद्ध छु’ यो प्रकोप अन्त्य हुनुपर्छ।’ फेब्रुअरीको सुरुमा, दोहुक प्रहरीले उनीहरूले डोस्की आजाद नामकी २३ वर्षीया तेस्रोलिङ्गी महिलाको शव फेला पारेको बताएको थियो।  ती तेस्रोलिङ्गी महिलालाई परिवारका सदस्यहरूले बहिष्कार गरेका थिए।

संदिग्ध हत्यारा पत्ता लगाउन एक गिरफ्तारी वारेन्ट जारी गरिएको थियो। पीडितको भाइ, जो हालैका वर्षहरूमा युरोपमा बस्दै आएका थिए। उनले आफ्नो अपराध र शव कहाँ छ भन्ने जानकारी गराउन परिवारलाई फोन गरेको प्रहरीले जनाएको छ।

इराकमा रहेको संयुक्त राष्ट्रसंघीय नियोग र अर्बिलस्थित पश्चिमी देशका वाणिज्य दूतावासले उक्त हत्याको निन्दा गरेका थिए ।केही आवाजहरूले अल्पसंख्यकहरूको अधिकारको रक्षा गरे तापनि पीडितको विरुद्धमा समाचारले अनलाइन घृणाको धार पैदा गर्‍यो। जुन २०११ मा, कुर्दिस्तानले घरेलु हिंसा र महिलाको यौनाङ्ग विच्छेदलाई अपराध मान्ने कानून पारित गर्यो।

'सम्मान' अपराधको लागि जेलमा जीवनलाई धम्की दिने कानूनलाई गैर–सरकारी समूहहरूले एक प्रमुख कदमको रूपमा स्वागत गरेका थिए। तर दण्डहीनताको वातावरण र बोल्ने सामान्य डरले कानूनको कार्यान्वयनमा बाधा पुगेको छ।

‘जब एउटी महिलाको हत्या हुन्छ, सुरक्षा सेवाको कार्यविधि पुरुष हुँदाको जस्तो हुँदैन, परीक्षण पनि समान हुँदैन,'कार्यकर्ता मुन्जिरले भने। कतिपय मुद्दा अदालतसम्म पुग्दैनन्। तिनीहरू पुरुषको परिवार र उसको पत्नी, पीडितको बीचमा आदिवासी समाधानको अधीनमा छन्।
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
७ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस