ट्रम्पसँग सहयोगको अपिल
२३ भदौ २०७६
•
६ मिनेट पाठ
ट्रम्पसँग सहयोगको अपिल
क्याप्सन : हङकङमा आइतबार अमेरिकी झन्डासहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी। तस्बिर : एजेन्सी
हङकङ (बिबिसी) – १४ सातादेखि लगातार सरकारविरोधी प्रदर्शन गरिरहेका हङकङका लोकतन्त्र पक्षधर प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष सहयोगको अपिल गरेका छन्।




हङकङस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै आइतबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले आफूहरुलाई सहयोग गर्न अमेरिकी राष्ट्रपति ट्रम्पसँग आग्रह गरेका हुन्।

आइतबारको प्रदर्शनमा सहभागीमध्ये केहीले ‘राष्ट्रपति ट्रम्प, हङकङलाई जोगाउनुहोस्’ र ‘मेक हङकङ ग्रेट अगेन’ जस्ता नारा लेखिएका ब्यानरसमेत बोकेका थिए।

आइतबार हङकङमा भेला भएका प्रदर्शनकारीले अमेरिकी झन्डा फहराउँदै चीनबाट ‘हङकङलाई स्वतन्त्र गर्न’ अमेरिकासँग माग गर्दै नारा लगाएको बिबिसीले उल्लेख गरेको छ। प्रदर्शनकारीले अमेरिकी राष्ट्रिय गानसमेत गाएका थिए।

प्रदर्शनकारीले प्रस्तावित ‘हङकङ मानव अधिकार र लोकतन्त्र विधेयक’ प्रस्ताव पारित गर्नसमेत अमेरिकासँग माग राखे। यससम्बन्धी विधेयकलाई अमेरिकाका डेमोक्रेट सांसदहरुले अर्को साता छलफल गर्ने गरी धकेलिरहेका छन्।

हङकङको प्रमुख नेतृत्वले प्रदर्शनकारीका मागमध्येको एउटा प्रमुख माग ‘मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने’ सम्बन्धी विधेयक फिर्ता लिए पनि प्रदर्शनकारीले १४ औं साताको प्रदर्शनलाई आइतबार निरन्तरता दिएका छन्। प्रदर्शनमा सहभागीले आफूहरुले अघि सारेका पाँचवटै प्रमुख माग सम्बोधन हुनुपर्ने भन्दै नारा लगाएका छन्। हङकङकी प्रमुख कार्यकारी क्यारी लामले गत साता विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन्।

हङकङको विषय आफ्नो आन्तरिक मामिला भएको भन्दै चीनले भने यस विषयमा हस्तक्षेप नगर्न अन्य देशलाई निरन्तर चेतावनी दिइरहेको छ।

मुख्यभूमि चीनलाई सन् १९९७ मा हस्तान्तरण गरिएको बेलायतको पूर्व उपनिवेश हङकङको वर्तमान अवस्था विशुद्ध रूपमा आफ्नो आन्तरिक मामिला भएको बेइजिङको भनाइ छ।

प्रदर्शनकारी के चाहन्छन् ?

सरकारले गत अप्रिलमा मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै विपक्षीले प्रदर्शन सुरु भएको थियो।

व्यापक प्रदर्शन र असन्तुष्टि भएपछि सो विधेयक गत जुन महिनामा स्थगन गरिएको थियो। हङकङकी प्रमुख कार्यकारी लामले विधेयक ‘मृत’ अवस्थामा रहेको बताए पनि त्यसबेला फिर्ता लिन अस्वीकार गरेकी थिइन्। तर लगातारको प्रदर्शन र तनावपछि लामले गत साता सो विधेयक फिर्ता लिने घोषणा गरिन्।

सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि हाल आएर हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

यसैबीच, पछिल्लो पटक प्रदर्शनकारीका माग विशेषतः चारवटा प्रमुख मुद्दामा केन्द्रित रहेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्व स्वीकारोक्ति हुनुपर्ने  रहेका छन्।
अर्को समाचार
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिद्वारा ट्रम्पसँग सहकार्यको अपिल
२२ पौष २०८२
•
२ मिनेट पाठ
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिद्वारा ट्रम्पसँग सहकार्यको अपिल
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी सरकारलाई सहयोगको एजेन्डामा सहकार्य गर्न आमन्त्रित गरेकी छिन्। 




सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उनले भेनेजुएला ‘बाह्य खतरा बिना बाँच्न चाहन्छ’ र अमेरिकासँग सन्तुलित तथा सम्मानजनक सम्बन्धलाई प्राथमिकता दिन चाहेको बताएकी छिन्।

बयानको मुख्य अंश: 
भेनेजुएलाले शान्ति र शान्तिपूर्ण सहअस्तित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ। हाम्रो देश बाह्य खतराहरूबिना, सम्मान र अन्तर्राष्ट्रिय सहयोगको वातावरणमा बाँच्न चाहन्छ। हामी विश्वास गर्छौं कि विश्वव्यापी शान्ति पहिले प्रत्येक राष्ट्रभित्र शान्तिको ग्यारेन्टी गरेर निर्माण गरिन्छ।  

हामी संयुक्त राज्य अमेरिका र भेनेजुएलाबिच र भेनेजुएला र यस क्षेत्रका अन्य देशहरूबिचको सन्तुलित र सम्मानजनक अन्तर्राष्ट्रिय सम्बन्धतर्फ अघि बढ्ने कुरालाई प्राथमिकता दिन्छौं, जुन सार्वभौम समानता र गैर-हस्तक्षेपमा आधारित छ। यी सिद्धान्तहरूले बाँकी विश्वसँगको हाम्रो कूटनीतिलाई मार्गदर्शन गर्छन्।

हामी अमेरिकी सरकारलाई दिगो सामुदायिक सहअस्तित्वलाई सुदृढ पार्न अन्तर्राष्ट्रिय कानूनको ढाँचाभित्र साझा विकासतर्फ उन्मुख सहयोगको एजेन्डामा हामीसँग सहकार्य गर्न आमन्त्रित गर्दछौं।

राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता र हाम्रो क्षेत्र युद्ध होइन, शान्ति र संवादको हकदार छन्। यो सधैं राष्ट्रपति निकोलस मादुरोको सन्देश थियो। र यो अहिले सबै भेनेजुएलाको सन्देश हो। यो त्यही भेनेजुएला हो, जसमा म विश्वास गर्छु र मैले मेरो जीवन समर्पित गरेको छु। म त्यस्तो भेनेजुएलाको सपना देख्छु जहाँ सबै असल भेनेजुएलीहरू एकसाथ आउन सकून्।

भेनेजुएलामा शान्ति, विकास, सार्वभौमिकता र भविष्यको अधिकार छ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले पक्राउ गरेर अमेरिका लगेपछि डेल्सीलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो। ट्रम्पले अमेरिकी हितभन्दा बाहिर गएर काम गर्न खोजे नतिजा मादुरोकोभन्दा खराब हुने चेतावनी दिएका थिए। मादुरोमाथि अमेरिका लागूऔषध, आतंकवादसहितका आरोपमा अनुसन्धान भइरहेको छ। एजेन्सी
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस