भिजिट भिसाको दुरूपयोग: सिंगापुर र बागडोग्राबाट पनि मानव तस्करी
१४ साउन २०८२
•
५ मिनेट पाठ
भिजिट भिसाको दुरूपयोग: सिंगापुर र बागडोग्राबाट पनि मानव तस्करी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ भएपछि मानव तस्करहरूले भिजिट भिसामा नेपाली महिलालाई विदेश पठाउन भारतको पश्चिम बंगालस्थित बागडोग्रा र सिंगापुरको सिंगापुर चांगी विमानस्थलको प्रयोग गर्न थालेका छन्। भिजिट भिसामा नेपाली महिलाललाई खाडी मुलुकमा पठाउन नेपालका विमानस्थलबाट कठिन हुन थालेपछि सिलगुडी हुँदै बागडोग्रा र सिंगापुर चांगी विमानस्थलमा पुर्‍याएर उडाउन थालिएको एक म्यानपावर व्यवसायीले जानकारी दिए।




‘नेपालको विमानस्थलबाट निकै कठिन भयो, त्यसकारण जता सहज हुन्छ उतैबाट पठाउने हो। कहिले दिल्ली एयरपोर्ट त कहिले बागडोग्रा एयरपोर्टबाट पठाउने गरिन्छ,’ ती व्यवसायीले भने। ती व्यवसायीका अनुसार पछिल्लो पटक अलि बढी पैसा तिर्न तयार हुने नेपालीलाई सिंगापुर चांगी एयरपोर्टबाट पनि विदेश पठाउन थालिएको हो।

‘दिल्ली रुट’ प्रयोग गरेर विदेश पठाउन लागिएका ४७ नेपाली महिलालाई गत बुधबार साँझ भारतको दिल्लीस्थित विमानस्थलबाट उद्धार गरेर नेपाल ल्याइएको थियो। उनीहरूलाई पनि बागडोग्रा एयरपोर्टबाट पठाउन लागिएको थियो। तर दिल्लीको टिकट काटिएकाले उनीहरू त्यहाँ फेला परेका थिए। उनीहरूका साथमा कोलकाता विमानस्थल प्रयोगका लागि तयार पारिएको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) भेटिएको छ। ‘दिल्लीबाट उद्धार गरिएका महिलाहरूमा कोलकाता विमानस्थलको एनओसी भेटिएको छ। केहीले च्यातेर नष्ट गरेको पनि पाएका छौं,’ मानव बेचबिखन नियन्त्रण ब्युरोले जनाएको छ। यो विषयमा ब्युरोले पीडितहरूबाट जाहेरी लिएर अनुसन्धान सुरु गरिसकेको छ। काठमाडौं जिल्ला अदालत स्रोतले दिएको जानकारीअनुसार ४७ महिलामध्ये १९ जनाले जाहेरी दिएका छन्।

उनीहरूले जाहेरी दिएपछि प्रहरीले आशंकित व्यक्तिहरूको खोजी सुरु गरेको छ। भिजिट भिसामा खाडी मुलुक पठाउन लागिएका ती महिलाहरूलाई नेपाल प्रहरी र दिल्लीस्थित नेपाली राजदूतावासको पहलमा उद्धार गरिएको थियो।

भिजिट भिसा दुरूपयोग गरी मानव तस्करी बढेको गुनासोपछि गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सुधारको कदम चालेको थियो। विमानस्थलबाट कडाइ हुन थालेपछि मानव तस्करहरूले वैकल्पिक माध्यम र मार्ग प्रयोग गर्न थालेका हुन्। ‘दुबई, दिल्लीमा रहेका मानव तस्कहरूले भिजिट भिसाको दुरूपयोग गर्ने र सोही अनुकूलको हवाई रुट प्रयोग गरेको देखिन्छ,’ मानव बेचबिखन नियन्त्रण ब्युरोमा कार्यरत एक अनुसन्धान अधिकृतले भने।

उनका अनुसार अहिले पनि दिल्लीबाट उद्धार गरिएका महिलाहरूसँग बयान लिने काम भइरहेको छ। ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले उनीहरूबाट आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको बताए। ‘अहिले अनुसन्धान भइरहेको छ, अनुसन्धान भइरहेको विषयमा थप जानकारी दिन मिल्दैन,’ ब्युरो प्रमुख एसएसपी पंगेनीले भने।

उद्धार गरिएका महिलाहरूले दिएको सूचनाका आधारमा गिरोहका केही व्यक्तिको पहिचान भइसकेको छ। पहिचान भएकाहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। साथै किटानी जाहेरी परेकाले केही व्यक्ति भारतमै रहेको र उनीहरूलाई पनि त्यहाँको प्रहरीमार्फत पहिचान गर्ने  काम गरिरहेको छ। ‘दुबई र भारतमा  दलालहरू छन्। उनीहरूको पहिचान गर्ने गरी काम भएको छ,’ स्रोतले भन्यो, ‘मान्छेको हुलिया खुलेको छ तर उनीहरू कहाँ  छन् भन्नेचाहिँ खुलिसकेको छैन।’

भिजिट भिसामार्फत मोटो रकम लिएर खाडी  मुलुकमा पुर्‍याएर अलपत्र पार्ने क्रम नरोकिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बेलाबखत छापा मारेर कर्मचारीमाथि अनुसन्धान गर्ने गरेको छ। धेरै मानिस विदेशमा रोजगारी वा राम्रो जीवनस्तरको आशामा विभिन्न मुलुकको भिजिट भिसा लिएर जाने गरेको र त्यही भिसा दुरूपयोग गरी उनीहरूलाई गैरकानुनी तरिकाले जबर्जस्ती श्रममा लगाइने वा मानव बेचबिखनमा संलग्न गरिने जस्ता क्रियाकलापहरू भएको पाइएपछि यसको व्यापक आलोचना हुँदै आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जानेहरूसँग रकम असुली गरिएको प्रकरणमा अध्यागमन कार्यालयका १५ कर्मचारीलाई पछिल्लो पटक अन्यत्र सरुवा गरिएको थियो। त्यहाँ गृह मन्त्रालयमातहतबाट नयाँ कर्मचारी खटाइएको छ। अहिले विमानस्थल अध्यागमन प्रमुखमा नरहरि घिमिरेलाई खटाइएको छ।

घिमिरे यसअघि अख्तियारका प्रवक्ता थिए। भिजिट भिसा प्रकरणमा तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई पक्राउ गरेको सोधपुछपछि अख्तियारले हाल हाजिरीजमानीमा राखेर अनुसन्धान गरिरहेको छ। अध्यागमनका यसअघिका कर्मचारीहरू पनि अनुसन्धानको दायरामा छन्। अध्यगमन विभागममा अहिले गृह मन्त्रालयबाट रामचन्द्र तिवारीलाई पठाइएको छ।

भट्टराईबाट नियन्त्रणमा लिइएका उपकरणमाथि छानबिन चलिरहँदा सेटिङमा संलग्न रहेको आंशकामा अध्यागमनमा कार्यरत आठ कर्मचारीलाई सुरुमै सरुवा गरिएको थियो। भिजिट भिसामा सेटिङ गरेर पठाएको आरोपपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा थप कडाइ गरिएको छ।

अब अध्यागमन कार्यालयका कर्मचारीले आफू कुन ठाउँमा ड्युटीमा खटिनुपर्ने भन्ने जानकारी १५ मिनेटपहिले मात्रै पाउने भएका छन्। अख्तियार स्रोतका अनुसार भिजिट भिसामा विदेश जानेहरूसँग प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रूपैयाँसम्म असुलेर गिरोहको सेटिङमा दुबईलगायत मुलुकमा पठाउने गरेको उजुरीका आधारमा भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो।

अख्तियारले यतिबेला अध्यागमन कार्यालय, श्रम विभाग, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, होटल, एयरलाइन्स र म्यानपावर कम्पनीलाई निसानामा राखेर अनुसन्धान गरिरहेको छ। भिजिट भिसाको मूल उद्देश्य घुमफिर, पारिवारिक भेटघाट वा छोटो अवधिको व्यापारिक भ्रमण भए पनि नेपालबाट यसको दुरूपयोग भएपछि संसद् र बाहिर पनि यसको व्यापक विरोध हुँदै आएको छ। विमानस्थलको अध्यगमन कार्यालय सुधार गर्न भनेर मन्त्रालयले त्यहाँ कार्यरत पुराना कर्मचारीहरूको ‘सेटिङ’ तोड्न लोकसेवा आयोगबाट हालै सिफारिस भएका ४४ जना नयाँ अधिकृतलाई खटाइएको छ।

यसैगरी अध्यागमन विभागले विमानस्थलमा सर्भर डाउन भएको बहानामा शंकास्पद गतिविधि हुन नदिन साउन १ गतेदेखि वैकल्पिक ‘डाटा सेन्टर’समेत स्थापना गरेको छ। यसले गर्दा सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिटी) मा समस्या आए पनि विमानस्थलको सेवा प्रभावित नहुने विभागले जनाएको छ। विमानस्थलमा कडाइ भएपछि ट्राभल एजेन्सीहरूले सेटिङ मिलाएर नेपालीलाई विदेश पठाउन नसक्ने अवस्था आएको छ।
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
६ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस