‘सूर्यको प्रकाश परावर्तन गर्ने बादल पातलिदा जलवायु संकट’
०८ असार २०८२
•
३ मिनेट पाठ
‘सूर्यको प्रकाश परावर्तन गर्ने बादल पातलिदा जलवायु संकट’
पृथ्वीको ध्रुवीय क्षेत्रमा रहेको बादलको मोटाई घट्दा सूर्यको प्रकाश अन्तरिक्षतर्फ परावर्तन हुन नसकेको र यसले पृथ्वीको तापमान बढाएको एक अध्ययनले देखाएको छ ।  




नासा र अस्ट्रेलियाका २ विश्वविद्यालयले संयुक्तरुपमा गरेको उक्त  अध्ययनका अनुसार सूर्यको उर्जालाई अन्तरिक्षमा फर्काउन मुख्य भूमिका खेल्ने यो बादल  बिगत २४ वर्षयता संकुचित हुँदै आएको छ । सन् २०२३ र २०२४ मा विश्वव्यापी तापक्रममा अयाएको तीव्र वृद्धिका लागि यो  प्रमुख कारण भएको हुन सक्ने वैज्ञानिक आकलन छ । यी दुवै वर्षमा भएको तापक्रम बढोत्तरीले वैज्ञानिकलाई अचम्मित पारेको थियो ।

अध्ययनको क्रममा नासा र अष्ट्रेलियका दुई विश्वविद्यालयका वैज्ञानिकहरूले बादलको बाक्लोपना र  सूर्यको तातोपनालाई पृथ्वीले धारण गर्ने क्षमता सम्बधी भूगर्वीय तथ्यांकको विश्लेषण गरेका थिए । अध्ययनले विगत २४ वर्षयताका हरेक दशकमा १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म बादलको क्षेत्र घटेको पत्ता लगाएको थियो ।  

विश्वका प्रमुख वायु प्रणालीहरू ध्रुवहरू तर्फ सरिरहेको र यसले बादलहरूलाई एकसाथ निचोरिरहेको अध्ययनमा सहभागी अस्ट्रेलियाको मोनास युनिभर्सिटीका प्राध्यापक क्रिश्चियन ज्याकोबले बताए ।  

ज्याकोबका अनुसार वायुमण्डलमा कार्बन डाइअक्साईडको बढ्दो स्तरले पार्ने प्रभावका बिषयमा कम्युटर मोडलले गरेका पुर्वानुमानसँग यो नजिजाले तादाम्यता राख्दछ ।  

बादलको महत्त्व  

बादलहरूले एकातिर सूर्यको ऊर्जालाई अन्तरिक्षमा फर्काउछन् भने अर्काेतिर पृथ्वीको तातोपना कायम राख्न  मद्दत गर्छन् । बादलहरूको समग्र रुपमा पृथ्वीलाई चिसो पार्ने काम गर्ने बताउदै ज्याकोबले बादलको कम उपस्थितीले स्वभाविक रुपमा तातोपना बढ्ने  बताए ।  

पृथ्वीको ऊर्जा सन्तुलनमा बादल  एक महत्वपूर्ण घटक रहेको उक्त अध्ययनमा सहभागी नरहेका न्यु साउथ वेल्स विश्वविद्यालयका प्रमुख जलवायु वैज्ञानिक प्राध्यापक  म्याट इङ्गल्याण्ड बताउछन् ।

‘बादलको ‘कभरेज’मा हुने परिवर्तनले मानवजन्य जलवायु परिवर्तन कसरी अगाडि बढ्छ भन्नेमा महत्ववपूर्ण प्रभाव पार्नेछ,’ उनले बताए ।  

जियोफिजिकल रिसर्च लेटर्स नामक वैज्ञानिक जर्नलमा हालै प्रकाशित उक्त अध्ययनले सन् २०२३ र २०२४ मा भूमि र महासागरमा रेकर्ड गरिएका असाधारण विश्वव्यापी तापक्रमको व्याख्या गर्न मद्दत गरेको वैज्ञानिक दावी छ ।  

जलवायु वैज्ञानिकहरू अझै पनि विश्वव्यापी तापक्रममा आएको तीव्र वृद्धिको लागि जिम्मेवार बिभिन्न सम्भावित कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छन् । केहीले सामुन्द्रिक ढुबानीको क्रममा जहाजले गर्ने सल्फर डाइअक्साइड उत्र्सजनमा आएको कटौतीले पनि सूर्यको प्रकाश परावर्तनमा कमी आएको मान्छन् । बायुमण्डलमा तैरिने यी ग्यासका कण(एरोसोल)ले पनि सूर्यका प्रकाशलाई परावर्तन गर्ने र बादलाई चम्काउन सहयोग गर्ने मानिन्छ ।  

स्थानीय तापक्रमलाई घटाउन सहयोग गर्दै आएको उत्तरी एट्लान्टिकमको वायुमण्डलमा हुने बालुवा प्रवाह सन् २०२३मा घटेको तथा सन् २०२२मा टोंगा नजिकै पानीमुनि विशाल ज्वालामुखी विस्फोटका कारण वायुमण्डलमामा बाफ बढेको र यसले तापपान बढाउन सहयोग गरेको अर्काे तर्क  छ।  

ज्वालामुखीका बिभिन्न प्रभावका विषयमा कैयन अनुसन्धान गरेका अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयमा प्राध्यापक डा. मार्टिन जकरले अध्ययनले ‘जलवायु मोडेल’लाई थप परिष्कृत पार्न सहयोग गर्ने बताए ।  

अध्ययनमा सहभागी रहेको वैज्ञानिक ज्याकोबले नासा र राष्ट्रिय महासागरीय र वायुमण्डलीय प्रशासन (एनओएए) जस्ता निकायले उपलव्ध गराएको तथ्याकको आधारमा उक्त अध्ययन गरिएको र यी महत्त्वपुर्ण निकायका लागि ट्रम्प प्रशासनले लगानी कटौती गरेको बताए ।  

यस्ता महत्वपुर्ण निकायमा गरिने लगानी घटाउनु चिन्ताको बिषय रहेको बताउदै ज्याकोबले भने, ‘यस्तो अवश्थामा अन्तर्राष्ट्रिय समुदायले यस्ता अुनसन्धान जारी राख्न अरु उपायहरु खोज्नु पर्दछ ।’ (गार्जियनबाट साभार)
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस