युक्रेनले रूससँगको दोस्रो चरणको वार्तामा शान्तिका लागि ठोस प्रस्ताव र कदम चाल्न तयार रहेको जनाएको छ।
सोमबार (हिजो) इस्तानबुलमा सन् २०२२ देखि चलिरहेको रूस-युक्रेन द्वन्द्व अन्त्य गर्ने उद्देश्यले दुवै पक्षले वार्तामा भाग लिएका थिए। तर ठोस प्रगति भएन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधमा मस्को र कीभले प्रत्यक्ष वार्ता पुन: सुरु गरेका हुन्।
गत आइतबार युक्रेनले रूसका सैन्य हवाई अड्डाहरूमा ‘स्पाइडर वेब’ नामक ड्रोन आक्रमण गरेको थियो। यो आक्रमणले रूसका ४१ रणनीतिक बमवर्षक विमान नष्ट गरेको दाबी गरिएको छ। यसबाट करिब ७ अर्ब डलर बराबरको क्षति पुगेको युक्रेनको सुरक्षा सेवा (एसबियू) ले दाबी गरेको छ।
यो आक्रमण रूसको सीमाबाट निकै टाढा रहेका इर्कुट्स्क, मुरमन्स्क, रियाजान र इभानोभो क्षेत्रका चार सैन्य हवाई अड्डाहरूमा भएको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई ‘शानदार रणनीतिक सफलता’ को संज्ञा दिएका छन्।
गत मे १५ मा भएको पहिलो चरणको इस्तानबुल वार्तामा दुवै पक्षले एक/एक हजार युद्धबन्दी साटासाट गर्ने सहमति गरेका थिए। यो युद्धको सबैभन्दा ठूलो बन्दी साटासाट थियो। रूसले सन् २०२२ मा सुरु गरेको आक्रमणपछि द्वन्द्व रोकिएको छैन। दोस्रो चरणको वार्ता इस्तानबुलको सिरागन प्यालेसमा एक घण्टाभन्दा कम समय चलेको थियो। टर्कीका विदेशमन्त्री हकान फिदानले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए।
युक्रेनले ३० दिने पूर्ण युद्धविराम, सबै युद्धबन्दी र अपहरित बालबालिकाको फिर्ती, तथा नेटो सदस्यतामा प्रतिबन्ध नहुने शान्ति योजना प्रस्ताव गरेको छ। जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताको आवश्यकता बारम्बार दोहोर्याएका छन्। तर क्रेमलिनले यस्तो भेटको सम्भावना अस्वीकार गरेको छ। युक्रेनले रूसलाई आफ्नो शान्ति प्रस्तावको ‘लिखित पत्र’ पठाउन दबाब दिएको छ। तर रूसले यो माग पूरा गर्न ढिलाइ गरेको छ।
रूसले युक्रेनले नेटो सदस्यता त्याग्नुपर्ने, क्रिमियासहित चार क्षेत्र (लुहान्स्क, डोनेत्स्क, जापोरिज्जिया, र खेर्सन) मा दाबी छोड्नुपर्ने, र सेनाको आकार सीमित गर्नुपर्ने माग राखेको छ। युक्रेन र पश्चिमी देशहरूले यी मागलाई ‘साम्राज्यवादी’ र ‘अस्वीकार्य’ ठहर गरेका छन्।
रूसले सुमी क्षेत्रमा ‘बफर जोन’ बनाउन सैन्य कारबाही तीव्र पारेको छ। मे महिनामा रूसले सुमीमा ४५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दाबी गरेको छ। युक्रेनले सुमी क्षेत्रबाट नागरिकहरूलाई अनिवार्य स्थानान्तरणको आदेश दिएको छ।
युक्रेनले नेटो सदस्यता वा पश्चिमी देशहरूबाट सुरक्षा प्रत्याभूति चाहेको छ, जुन रूसले अस्वीकार गरेको छ। नेटो महासचिव मार्क रुट्टेले युक्रेनलाई ‘अटल समर्थन’ को आश्वासन दिएका छन्। बेलायत, जर्मनी, र फ्रान्सका नेताहरूले रूसमाथि थप प्रतिबन्ध र युद्धविरामका लागि दबाब दिनुपर्नेमा जोड दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्तालाई तीव्रता दिन रूस र युक्रेन दुवैलाई दबाब दिएका छन्। उनले रूसमाथि कडा प्रतिबन्ध लगाउने धम्की दिएका छन्। तर हालसम्म कुनै ठोस कदम चालेका छैनन्। ट्रम्पले पुटिनसँगको व्यक्तिगत सम्बन्धलाई उपयोग गरी शान्ति स्थापना गर्न खोजे पनि उनको ‘एक दिनमा युद्ध अन्त्य गर्ने’ वाचा पूरा हुन सकेको छैन।
यो युद्धले हजारौंको ज्यान लिइसकेको छ। पूर्वी तथा दक्षिणी युक्रेनमा ठूलो विनाश भएको छ। इस्तानबुल वार्ता र ट्रम्पको मध्यस्थताले शान्तिको सम्भावना जीवित राखे पनि तत्काल कुनै ठोस सहमति हुने सम्भावना न्यून छ। एजेन्सीको सहयोगमा।