इजरायलको लगातार सैन्य हमला जारी राखेर खाद्यान्न, पानी र औषधि आपूर्ति दुई महिनादेखि रोक्दा गाजा क्षेत्रमा चरम भोकमरी सिर्जना भएको छ। संयुक्त राष्ट्रसंघले केही दिनमै खाद्यान्न सकिने चेतावनी दिएको छ।
खाद्यान्नको आपूर्ति ठप्प रहँदा गाजा क्षेत्रमा भोकमरी सिर्जना भएको छ । जसका केही दिल दहलाउने तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाइरहेका छन्। त्यसमध्ये केही तस्बिर संकलन गरेर हामीले यहाँ प्रस्तुत गरेका छौँ।
तस्बिर–१
यो तस्बिर बुधबार(मे १४)को हो। उत्तरी गाजा पट्टीको जबलिया भन्ने ठाउँमा प्यालेस्टाइनी च्यारिटी भान्सघरले पकाएको खाना लिन जम्मा भएकाहरूको भिड तस्बिरमा देखिन्छ। यो तस्बिर रोयटर्सका महमुद इस्साले खिचेको हो।
तस्बिर–२
यो तस्बिर मे ५ मा खिचिएको हो। उत्तरी गाजाकै जबलियामा रहेको शरणार्थी शिविरमा सहयोगी संस्थाहरूले वितरण गरेको खाना लिन तछाडमछाड गरिरहेका विस्थापित प्यालेस्टाइनीहरु तस्बिरमा देखिन्छन्। यो तस्बिर पनि महमुद इस्साले नै खिचेका हुन्। तस्बिरस्रोत/अनाडोलु गेट्टी इमेज
तस्बिर–३
यो तस्बिर अप्रिल २८ मा महमुद इस्साद्वारा खिचिएको जबलियाकै शरणार्थी शिविरको हो। जहाँ भोकले छट्पटिएका प्यालेन्स्टाइनी बालबालिकाहरू खानाको लागि तम्सिरहेका छन्। तस्बिरस्रोत÷अनाडोलु गेट्टी इमेज
तस्बिर–४
यो तस्बिर मे ४ मा एक्सियसमा प्रकाशित छ। तस्बिरको के्रडिट आबेद रहिम खातिब÷अनाडोलु गेट्टी इमेजलाई दिइएको छ। तस्बिरमा भोकले प्रताडित विस्थापित प्यालेस्टाइनी बालिका रोइरहेकी देखिन्छन्। तस्बिरमा देखिएको भिड खाना लिन उभिएको भनिएको छ।
तस्बिर–५
यो तस्बिर पनि प्यालेस्टाइनी शरणार्थी शिबिरमै खिचिएको हो। मे ९ मा एक्सियसमा प्रकाशित यो तस्बिरको स्रोत ऐयाद बाबा÷एएफपी, गेट्टी इमेजमार्फत भनिएको छ। तस्बिरमा देखिएका बालबालिका खाना र रासनका लागि लामबद्ध देखिन्छन्।
इजरायल रक्षा बलले शनिबार इजरायल सुरक्षा एजेन्सीसँगको संयुक्त कारबाहीमा हमासका संस्थापकमध्ये एक मारिएको पुष्टि गरेको छ। शुक्रबार गाजा सहरको सब्रा क्षेत्रमा भएको हवाई आक्रमणमा हमासको सैन्य शाखाका वरिष्ठ नेता हखम मुहम्मद इस्सा अल-इस्साको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।
हमासको सैन्य शाखामा इस्साको महत्वपूर्ण भूमिका थियो। उनले गाजा पट्टीमा सैन्य बल निर्माणको नेतृत्व गरे, प्रशिक्षण मुख्यालयको प्रमुखको रूपमा काम गरे र हमासको सामान्य सुरक्षा परिषद्को सदस्य थिए। उनले ‘७ अक्टोबरको क्रूर नरसंहारको योजना र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेले,’ इजरायल रक्षा बलले भनेको छ। विगत केही दिनमा उनले गाजा पट्टीमा कार्यरत इजरायली नागरिक र सेनामाथि आक्रमणको योजना बनाउन सहयोग गरेको आरोप छ।
इस्सा युद्धको समयमा इजरायलद्वारा क्षतिग्रस्त हमासको सङ्गठनात्मक प्रणालीलाई पुनर्निर्माण गर्ने प्रयासमा पनि संलग्न थिए। इजरायल रक्षा बलले शनिबार दक्षिणी लेबनानको महरोना क्षेत्रमा हिज्बुल्लाहका नेता अब्बास अल-हसन वाहबी पनि मारिएको बताएको छ।
‘वाहबी हिज्बुल्लाहको रदवान फोर्स बटालियनमा गुप्तचरको जिम्मेवारीमा थिए,’ इजरायल रक्षा बलले भनेको छ, ‘उनी हिज्बुल्लाहको पुनर्निर्माण र हतियार स्थानान्तरणमा संलग्न थिए। यी गतिविधिले इजरायल र लेबनानबिचको समझदारीको स्पष्ट उल्लङ्घन गरेको छ। इजरायल रक्षा बलले इजरायल राज्यलाई उत्पन्न कुनै पनि खतरा हटाउन सञ्चालन जारी राख्नेछ।’
यो कारबाही इजरायल र इरानबिचको द्वन्द्वको समयमा आएको हो। यसअघि इजरायलले धेरै सैन्य नेताहरूलाई मारेको बताएको थियो, जसमा इरानी कमान्डर सईद इजादी पनि थिए। उनले वर्षौँसम्म इरानको तर्फबाट हमासलाई हतियार र आर्थिक सहयोग गरेका थिए। इजादी ७ अक्टोबरको आक्रमणका ‘योजनाकारमध्ये एक’ थिए, इजरायल रक्षा बलले भनेको छ। एजेन्सी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...