स्विट्जरल्याण्डको जेनेभामा दुई दिनको गहन वार्तापछि अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ। यो सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका लागि ठूलो उपलब्धि मानिएको छ।
यसले लामो समयदेखि चलिरहेको व्यापार युद्धलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास गरिएको छ। दुवै देशले आज संयुक्त विज्ञप्ति जारी गरेर सम्झौताको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्।
ह्वाइट हाउसले ११ मेमा यो सम्झौताको घोषणा गरे पनि विस्तृत विवरण भने खुलाएको थिएन। चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङले सोमबार जेनेभामा संयुक्त वक्तव्य जारी हुने बताएका छन्।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पत्रकारहरूसँग कुरा गर्दै दुई पक्षबिचको मतभेद पहिले सोचिएजस्तो जटिल नभएको र छिटो सम्झौता भएको बताए। उनले भने, ‘यो सम्झौताले दुई ठूला अर्थतन्त्रबीचको तनाव कम गर्न र विश्व बजारमा स्थिरता ल्याउन मद्दत गर्नेछ।’
गत महिना ट्रम्प प्रशासनले चिनियाँ सामानमा १४५ प्रतिशत र चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएपछि विश्वका दुई ठूला अर्थतन्त्रबीचको करिब छ खर्ब डलरको द्विपक्षीय व्यापार ठप्प भएको छ। यसले विश्व बजारमा अनिश्चितता बढाएको छ।
अमेरिकी अधिकारीहरूले यो सम्झौतालाई व्यापार घाटा कम गर्ने अवसरका रूपमा हेरेका छन्, भने चिनियाँ पक्षले यसलाई नयाँ आर्थिक सहकार्यको सुरुवात भएको बताएको छ। ट्रम्पले गत हप्ता एनबीसीको एक कार्यक्रममा चीनमाथिको कर घटाउन सकिने संकेत गरेका थिए।
उनले भनेका थिए, ‘हालको भन्सार दर यति उच्च छ कि दुई देशबिच व्यापार लगभग बन्द भएको छ। म जुनसुकै बेला कर घटाउन तयार छु, किनकि चीन व्यापार गर्न चाहन्छ।’ उनले चीनको अर्थतन्त्रमा देखिएको मन्दी र कारखाना सञ्चालनमा आएको कमीले पनि सम्झौताका लागि बाटो खुलेको संकेत गरे।
यो वार्ता ट्रम्पको दोस्रो कार्यकालमा चीनसँगको पहिलो प्रत्यक्ष भेटवार्ता हो। उनले पदभार ग्रहण गरेदेखि नै विश्वभर कर युद्ध तीव्र बनाएका छन्।
चीनको वाणिज्य मन्त्रालयले यो सम्झौताको प्रस्तावलाई मूल्याङ्कन गरिरहेको उल्लेख गर्दै अमेरिकाले सम्झौताका लागि उच्च कर हटाउनुपर्नेमा जोड दिएको छ। यो सम्झौताले विश्व बजारमा स्थिरता ल्याउने अपेक्षा गरिएको छ। तर कर दरमा ठोस सहमति नभएकोले केही अनिश्चितता कायमै छ। एजेन्सी