उत्तर कोरियाले रूसमा सेना पठाउने तयारी गरेपछि दक्षिण कोरिया र नेटो चिन्तित
०६ कार्तिक २०८१
•
२ मिनेट पाठ
उत्तर कोरियाले रूसमा सेना पठाउने तयारी गरेपछि दक्षिण कोरिया र नेटो चिन्तित
उत्तर कोरियाले रूसमा सेना पठाउने तयारी गरेपछि दक्षिण कोरिया र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) चिन्तित बनेको छ।




दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र नेटोका प्रमुख मार्क रुटले उत्तर कोरियाले रूसमा सेना पठाउन गरेको तयारी बारे चिन्ता व्यक्त गरेका छन्।

दक्षिण कोरियाको समाचार एजेन्सीका अनुसार प्योङयाङ र मस्को बिचको सैन्य सहयोग बारे संयुक्त प्रतिक्रियासहित छलफल गर्न नेटो महासचिव मार्क रुट र युन बीच फोन वार्ता भएको थियो।

युक्रेनमा रूसको सैन्य कारबाही तथा रूस र उत्तर कोरियाबिचको मामिला इन्डो–प्यासिफिक क्षेत्र र एटलान्टिक क्षेत्रको सुरक्षासँग जोडिएको पुनः एकपटक पुष्टि हुने युनले वार्तामा बताएका थिए।

जसले अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पारी कोरियाली प्रायद्वीप र विश्वव्यापी शान्ति खतरामा पार्नेसमेत उनले उल्लेख गरे।

नेटो र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यमा यसको प्रतिक्रीया खोज्ने आशा व्यक्त गर्दै युनले दक्षिण कोरियाले प्योङयाङ र मस्कोबिचको सैन्य सहयोगको विरुद्ध सक्रिय रहि चरणबद्ध उपायहरू अवलम्बन गर्ने बताए।

वार्ताका क्रममा रुटले उत्तर कोरियाले रूसमा सेना पठाउँने निश्चित गरेको गम्भीर चिन्ता व्यक्त गर्दै, यो निर्णयले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषद्का प्रस्तावहरूको खुल्लमखुल्ला उल्लङ्घन गरेको बताए।

उनले रूस र उत्तर कोरियाबिचको सैन्य सहयोगको जवाफ दिन दक्षिण कोरियालाई सक्रिय रूपमा सहयोग गर्न नेटो तयार रहेको कुरामा जोड दिँदै दक्षिण कोरिया, युक्रेन र नेटोबीच रक्षा  सहयोग र सुरक्षा संवादलाई सुदृढ पार्ने आशा व्यक्त गरेका थिए।

दुवै पक्षले प्रविधिको प्रयोगसहित रुस र उत्तर कोरियाबिचको सहकार्यको घटनाक्रमलाई नजिकबाट निगरानी गर्न र संयुक्त प्रतिक्रिया  गर्न सहमत भएका छन्।

दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले शुक्रबार उत्तर कोरियाले युद्धमा रूसलाई सहयोग गर्न करिब १२ हजार सेना पठाउने निर्णय गरेको तथा एह हजार ५०० सय सेना रुसको सुदूर पूर्वमा पठाएको जनाएको थियो। रासस/क्यूएनए
अर्को समाचार
नेटोद्वारा भारत, चीन र ब्राजिलमाथि १ सय प्रतिशत ट्यारिफ लगाउने चेतावनी
०१ साउन २०८२
•
२ मिनेट पाठ
नेटोद्वारा भारत, चीन र ब्राजिलमाथि १ सय प्रतिशत ट्यारिफ लगाउने चेतावनी
नेटो(उत्तर एटलान्टिक सन्धि सङ्गठन) ले भारत, चीन र ब्राजिलमाथि १ सय प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएको छ। नेटोका महासचिव मार्क रुटले बुधवार भने, ‘यदि तपाईँ चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री वा ब्राजिलका राष्ट्रपति हुनुहुन्छ भने तपाईँले बुझ्नुपर्छ,रुससँग व्यापार गरिरहनु महँगो पर्न सक्छ।’




रुटले अमेरिकी सिनेटरहरूसँग भेटपछि पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यी तीनै देशहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति वार्तालाई गम्भीरतासाथ लिन दबाब दिनुपर्छ।’रुटले तीनै देशहरूमाथि ’सेकेन्डरी प्रतिबन्ध’ लगाउने धम्की पनि दिएका छन्। उनले भने, यदि यी देशहरूले रुसबाट तेल तथा ग्याँस किनिरहे भने, तिनीहरूलाई १ सय प्रतिशत सेकेन्डरी प्रतिबन्धको सामना गर्नुपर्नेछ।

नेटो महासचिवको यो चेतावनी त्यस समयमा आयो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार दिने र रुसी साझेदारहरूमाथि भारी कर लगाउने घोषणा गरेका थिए।अहिले अमेरिका युक्रेनलाई पेट्रियट मिसाइलजस्ता आधुनिक हतियार दिने तयारीमा छ, ताकि युक्रेनले रुसी आक्रमणबाट आफ्नो रक्षा गर्न सकोस्।

ट्रम्पले सोमबार रुसमाथि युक्रेनविरुद्धको युद्ध रोक्न दबाब दिने प्रयास स्वरूप १ सय प्रतिशत ट्यारिफको धम्की दिएका थिए। ट्रम्पले भने, àम व्यापारलाई धेरै उद्देश्यका लागि प्रयोग गर्छु, तर युद्ध रोक्नको लागि यो निकै प्रभावकारी उपाय हो।’

ट्रम्पले भने, यदि पुटिनले ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौता गरेनन् भने रुसमाथि १ सय प्रतिशत ट्यारिफ लाग्नेछ। उनले स्पष्ट गरे, यो ’सेकेन्डरी ट्यारिफ’ हुनेछ, जसको अर्थ,रुसबाट तेल किन्ने देशहरू, जस्तै भारत र चीनमाथि पनि प्रतिबन्ध लाग्नेछ।जब ट्रम्पले यो धम्की दिएका थिए, नाटो महासचिव मार्क रुट पनि उनको साथमै थिए।

रुसी उप–विदेश मन्त्री सेर्गेई रियाबकोवले अमेरिका र नेटोको धम्कीलाई अस्वीकार गरेका छन्। उनले भने, ‘रुस ट्रम्पसँग वार्ताका लागि तयार छ, तर यस्तो अल्टिमेटम स्वीकार्य छैन।’ एजेन्सी
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस