आफ्नै पतिले अपरिचित पुरुषबाट बलात्कार गराएपछि...!
२९ भदौ २०८१
•
३ मिनेट पाठ
आफ्नै पतिले अपरिचित पुरुषबाट बलात्कार गराएपछि...!
हालसालै फ्रान्समा एक दर्दनाक समाचारले तहल्का मच्चाएको छ। जसअनुसार ७१ वर्षका डोमिनिक पेलिकोट नामक व्यक्तिले आफ्नी पत्नी गिजेल पेलिकोटमाथि १० वर्षसम्म लगातार परपुरुषबाट बलात्कार गराएको खुलासा भएको छ।




डोमिनिकले १० वर्षको अवधिमा विभिन्न ७२ जना अपरिचित पुरुषलाई घरमा बोलाएर आफ्नै पत्नी गिजेलमाथि बलात्कार गर्न लगाएका थिए। यसरी पीडित गिजेल आफ्नै लोग्नेका कारण एक दशकमा ९२ पटक बलात्कृत भइन्।

उनले पत्नीलाई लगातार लागुऔषध सेवन गराएर अचेत बनाउने गर्दथे, जसका कारण गिजेललाईआफूमाथि भएको दुष्कर्मको महसुस नै हुँदैनथ्यो। पाप धुरीबाट कराउँछ भने झैं अन्ततः यो कर्तुतको खुलासा भयो र मुद्दा अदालतसम्म पुग्यो, तर १० वर्षसम्म नारकीय जीवन बिताएकी गिजेलका दुःख त्यत्तिमा नै सकिएन।

गिजेलले उक्त मुद्दालाई सार्वजनिक गर्नका लागि पीडितको गोपनीयताको कानुनी अधिकारलाई समेत त्यागेकी थिइन्। नशालु पदार्थको सेवन गराएर यौन हिंसा गरिएका सबै महिलाको तर्फबाट आफूले कानुनी लडाइँ लडेको उनको भनाइ थियो।

७१ वर्षकी गिजेल पेलिकोट गत सोमबार फ्रान्सको दक्षिणी सहर एविग्ननस्थित अदालतको इजलास कक्षमा प्रवेश गरिन्। उनलाई सहयोग गर्नका लागि उनका तीनजना छोराछोरी पनि त्यहाँ आएका थिए।

उक्त मुद्दाको पहिलो तीन दिनसम्म उनी आफ्ना वकिलहरुको माध्यमबाटै संवाद गर्दै धेरै हदसम्म मौन रहिन्, तर बिहीबार भने उनले आफ्ना पतिको भयावहता स्मरण गर्नका लागि आवाज उठाइन्।

न्यायाधीशसमक्ष उनले भनिन्, ‘यथार्थमा भनूँ भने त्यो मेरा लागि डरलाग्दो छ। म ओछ्यानमा अचेत भई लडिरहेकी छु र ममाथि बलात्कार भइरहेको छ। बलात्कारीहरुले मलाई कुनै थोत्रो कपडाको गुडिया ठानिरहेका छन्।’

प्रतिवादीका वकिलहरुले उनीमाथि अदालतमा केही भद्दा प्रश्नसमेत गरे। एक दशकसम्म आफूमाथि बलात्कार भएको कुरा पनि थाहा नहुने कुरा कसरी सम्भव हुन्छ भन्ने उनीहरुको प्रश्न थियो। उनको विवाहेत्तर सम्बन्ध रहे–नरहेको? खुला यौन सम्बन्धमा रहे–नरहेको जस्ता प्रश्न पनि उनीमाथिन बर्साइयो।

त्यस्ता अपमानजनक प्रश्नहरुको सामना गर्नुपर्दा गिजेललाई केही अप्ठेरो त लाग्यो तर उनी हिम्मत जुटाएर त्यहीँ बसिरहिन्। उनीसँग आएका उनका छोराछोरी भने आमालाई गरेका त्यस्ता प्रश्नहरु सुन्न नसकी इजलास कक्षबाट बाहिरिएका थिए।

उनको पति डोमिनिक पेलिकोटले एक अनलाइन फोरमको माध्यमबाट अपरिचित पुरुषहरुलाई आफ्नी पत्नीमाथि बलात्कार गर्नका लागि भाडामा लिने गर्दथ्यो। अनि घरमै बोलाएर ती पुरुषबाट पत्नीलाई बलात्कार गराउँदै त्यसको भिडियो खिच्दथ्यो।

कहिलेकाहीँ परपुरुषसँगै आफू पनि पत्नीमाथिको बलात्कारमा सहभागी हुन्थ्यो। त्यसरी गिजेलमाथि ९२ पटक बलात्कार भएको र त्यसका २० हजार तस्बिर तथा भिडियोहरु फेला परेको प्रहरीले जनाएको छ। ती फोटो तथा भिडियोलाई डोमिनिकले कम्प्युटरमा बदगकभ नामक फोल्डर बनाएर राखेको थियो।

गिजेलमाथि सन् २०११ बाट यौन हिंसा सुरु भएको थियो र त्यो १० वर्षसम्म चल्यो। सन् २०२० मा स्कर्टमुनिबाट महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले डोमिनिकलाई पक्राउ गरेपछि उसको घरमा अनुसन्धान गर्दा उसले आफ्नी पत्नीमाथि त्यस्तो अत्याचार गरिरहेको खुलासा भएको हो।

त्यस क्रममा प्रहरीले घरबाट कल्पनै गर्न नसकिने सबूतहरू फेला पारेको थियो। ती फोटा तथा भिडियोहरू हेरेपछि मात्रै गिजेललाई आफूमाथि वर्षौंदेखि बलात्कार भइरहेको थाहा भयो। उनीमाथि बलात्कार गर्ने ७२ मध्ये ५१ जना पुरुषको पहिचान भएको छ। उनीहरुमाथि गम्भीर अपराधमा मुद्दा दायर भएको छ।

-एजेन्सी
अर्को समाचार
प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिने फ्रान्सको निर्णय अमेरिकाद्वारा अस्वीकार
०९ साउन २०८२
•
१ मिनेट पाठ
प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिने फ्रान्सको निर्णय अमेरिकाद्वारा अस्वीकार
अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको प्यालेस्टाइनको निर्णयलाई 'कडा रूपमा अस्वीकार' गरेको छ।




म्याक्रोँको यो निर्णयले हमासको प्रचारलाई मात्र बढावा दिने अमेरिकाको ठहर छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्खै भने, 'संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने इमानुएल म्याक्रोनको योजनालाई संयुक्त राज्य अमेरिकाले कडा शब्दमा अस्वीकार गर्दछ।'

उनले यो गैरजिम्मेवार निर्णयले हमासको प्रचारलाई मात्र बढावा दिने र अशान्ति बढाउने बताए। यो अक्टोबर ७ को आक्रमणका पीडितहरूको गालामा थप्पड जस्तै भएको बताए।

राष्ट्रपति इमानुएल म्याक्रोँले बिहीबार भने कि उनको देशले यस वर्ष सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिनेछ।

राष्ट्रपति म्याक्रोँले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे, 'यसको औपचारिक घोषणा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभाको सत्रमा गरिनेछ।'

प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोँनको निर्णयको स्वागत गरे तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमको आलोचना गर्दै भने, 'आतंकवादलाई पुरस्कृत गर्नु बराबर हो।' एजेन्सी
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस