तीन महिनाभन्दा लामो समयदेखि गाजामा जारी युद्ध रोक्न र शान्ति कायम गर्ने विषयमा विश्वका ५ मुलुक छलफलमा जुटेका छन्। गाजा वार्ताका लागि फ्रान्सको पेरिसमा अमेरिका, इजरायल, इजिप्ट, कतारका अधिकारीहरू छलफलमा जुटेका छन्।
अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुखका साथै शीर्ष इजिप्ट, कतारी र इजरायली अधिकारीहरूले गाजामा युद्धविरामका लागि आइतबार पेरिसमा कुराकानी अगाडि बढाएका हुन्।
फ्रान्सेली अधिकारीहरू पनि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीचको शत्रुता रोक्न वार्ता गर्ने उद्देश्यले यी चार देशहरूसँग नियमित सम्पर्कमा रहेको बताइएको छ।
वार्तामा सहभागीहरूका निकटस्थहरूले यसबारे जानकारी गराएका छन्। रासस