थाई नरेश भूमिबोलको निधन, एक वर्ष शोक मनाइने
२८ असोज २०७३
•
६ मिनेट पाठ
थाई नरेश भूमिबोलको निधन, एक वर्ष शोक मनाइने

बैंकक-विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार निधन भएको छ । उनी ८८ वर्षका थिए।  थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा राष्ट्रिय एकता एवम् स्थायी शान्तिका लागि प्रजातान्त्रिक प्रयासमार्फत थाइल्यान्डलाई नेतृत्व दिएका नरेश भूमिबोल लामो समयदेखि बुढ्यौली र विभिन्न रोगले ग्रस्त उनी  थाइल्याण्डको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको थाई राजप्रासाद निकायले एक विज्ञप्तिमार्फत जानकारी गराइएको छ । 




पछिल्ला दुई वर्षमा धेरै समय उपचारका लागि उजलाई उक्त अस्पतालमा राखिएको थियो । उनको निधनको समाचार थाइल्यान्डको राष्ट्रिय टेलिभिजनमा पहिले श्यामश्वेत फोटो देखाइएपछि समाचार प्रस्तोतामार्फत घोषणा गरिएको थियो। 

थाई नरेश भूमिबोलप्रति जनताको श्रद्धा साँचो रहेको थियो जुन राजा र प्रजाबीच सम्बन्धलाई सुमधुर राख्न बनाइएको संयन्त्रले गरेको सावधानीपूर्ण व्यवहारका कारण उहाँप्रति जनताको प्रगाढ माया रहेको बताइने गर्छ ।  राष्ट्रियताका रुपमा रहेर करिब सात दशक सत्तामा रहनुभउका दिवङ्गत थाई नरेशको मृत्युले राष्ट्रको भविष्यलाई अनिश्चित राजनीतिक भूमरीमा लानसक्ने कतिपय विश्लेषकको बुझाइ छ । 

एक वर्षसम्म शोक मनाइने

थाइल्यान्ड सरकारले उनको निधनपछि एक वर्षसम्म शोक मनाउने घोषणा गरेको छ । दिवङ्गत नरेश भूमिबोलको उत्तराधिकारीका रुपमा ६४ वर्षीय युवराज महा विजारालोन्कोनले सत्ता सम्हाल्ने जानकारी दरबार स्रोतले जनाएको छ। 

लामो समयसम्म थाइल्यान्डमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने घोषणाका साथ सन् २०१४ मा सेनाद्वारा लिइएको नेतृत्व उहाँको निधनपछि सङ्कटमा पर्नसक्ने स्थानीय राजनीतिक विश्लेषकले बताएका छन् । 

राष्ट्रसङ्घका महासचिव बान, अमेरिकी राष्ट्रपति ओबामाद्वारा शोक व्यक्त  

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै थाई नरेश भूमिबोलको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन्। 

उनको निधनपछि थाई राजपरिवार, सरकार र जनतालाई पठाएएको शोक सन्देशमा उनले दिवङ्गत नरेश भूमिबोलको देशप्रतिको लामो समर्पण र उनको राष्ट्रिय एकता कायम गर्ने नेताको रुपमा स्मरण गरेका छन्। 

त्यसैगरी अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिवङ्गत थाई नरेश भूमिबोलको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजन, थाई जनता र सरकारप्रति समवेदना व्यक्त गरेका छन्। 

राजा भूमिबोल अमेरिकाको निकट मित्रका रुपमा गरेको भूमिकाको प्रशंसा गर्दै उन थाई जनताका मनमस्तिष्कमा गडेका नेता भएको बताएका छन्। 

उनी अमेरिकाको निकट मित्र भई विभिन्न समयमा अमेरिकी नेतृत्व सम्हाल्नुसभएका विभिन्न राष्ट्रपतिका महत्वपूर्ण सहयोग गरेकाे ओबामाको भनाई छ । 

अमेरिकी राष्ट्रपति ओबामाले आफू सन् २०१२ थाइल्यान्ड पुग्दा थाई जनताले उनीप्रति देखाएको न्यानो मायाको अनुभूति गरेको सन्देशमा जनाएका छन्। 

अठार वर्षको उमेरमा राजगद्दी, सात दशक नेतृत्व 

सन् १९४६ मा बैंककको राजदरबारमा भएको गोलीकाण्डमा राजा आनन्दको मृत्यु भएपछि १८ वर्षको उमेरमा भूमिबोलले राजगद्दी सम्हालेका थिए। 

प्रजातान्त्रिक शासनद्वारा थाइल्यान्डको प्रगति देख्ने दिवङ्गत नरेशले देश सङ्कटमा पुगेका बेला सन् १९७३, १९९२ मा आफ्नो महत्वपूर्ण भूमिकामार्फत देशलाई एकताबद्ध गर्दै अघि बढेका थिए। 

दिवङ्गत नरेश भूमिबोलको जस्तै नेतृत्व पाउन नसकेमा पटकपटक सत्तामा पुगे पनि नरेश भूमिबोलको अगाडि राजनीतिक कौशलता प्रदर्शन गर्न नसकेका कारण सत्ता बाहिर रहन पुगेका दल तथा नेताहरुबीचको द्वन्द्वका कारण कतै थाइल्यान्डले राजनीतिक अनिश्चितताको सामना गर्नुपर्ने त होइन भन्ने विचार शोकाकुल नागरिकको चिन्ताको विषय बनेको छ । रासस/एएफपी 

अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
७ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस