पश्चिमको स्वास्थ्य सेवाको मेरुदण्ड भेरी अस्पताल
१२ साउन २०८२
•
५ मिनेट पाठ
पश्चिमको स्वास्थ्य सेवाको मेरुदण्ड भेरी अस्पताल
१३५ वर्षे गौरवशाली इतिहास बोकेको नेपालगन्जको भेरी अस्पताल आज पश्चिम नेपालको स्वास्थ्य सेवा क्षेत्रको अभिन्न हिस्सा मात्र होइन, जीवनरक्षक केन्द्रको रूपमा स्थापित भइसकेको छ। कोरोना महामारीको संकटदेखि विशिष्टिकृत स्वास्थ्य सेवा र आधुनिक प्रविधिको समावेशसम्मको यात्रा यस अस्पतालको प्रगतिको प्रतिक बनेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लाखौं नागरिकका लागि भेरी अस्पताल अहिले सर्वाधिक भरोसायोग्य प्रेषण अस्पताल मानिन्छ।




विक्रम सम्वत् १९४७ सालमा पृथ्वी–वीर डिस्पेन्सरीको रूपमा सुरु भएको भेरी अस्पतालले क्रमशः २०१६ सालमा पृथ्वी–वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह र २०२२ सालमा भेरी अञ्चल अस्पतालको रूपमा रूपान्तरण गर्यो। काठमाडौंको वीर अस्पतालसँगै स्थापना भए पनि सरकारी प्राथमिकतामा कमीका कारण भेरी अस्पतालले अपेक्षित गति लिन सकेन। वीर अस्पताल अहिले राष्ट्रिय सन्दर्भ अस्पतालको रूपमा उभिएको छ तर भेरी अस्पताल अझै आवश्यक स्तरको पूर्वाधार र सरकारी ध्यान पाउन सकेको छैन। यो अन्तरको कारण बताउँदा स्वास्थ्यकर्मीहरू भन्छन्, ‘सरकारमा दल फेरिए पनि भेरी अस्पतालको स्तरोन्नतिको विषय सधैं उपेक्षित रह्यो।’

कोरोना महामारी र सरकारी अस्पतालको महत्व

कोरोना महामारीले सरकारी अस्पतालको अपरिहार्यता स्पष्ट पारेको थियो। जब निजी अस्पतालहरूले सेवा ठप्प गरे, भेरी अस्पताल अग्रपंक्तिमा रहेर बिरामीको उपचारमा जुट्यो। अस्पताल व्यवस्थापनदेखि स्वास्थ्यकर्मी र प्रशासनिक टोलीले आफ्नै जीवनको जोखिम मोल्दै निरन्तर सेवा दिए। अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह भन्छन्, ‘गर्नुपर्ने काम धेरै छन्, तर अस्पतालले स्तरोन्नतिको लय समातेको छ। अब हामी योजना बनाएर अघि बढिरहेका छौं।’ भेरी अस्पतालको कोरोना संकट व्यवस्थापनको सफलताले पश्चिम नेपालका नागरिकको विश्वास अझ गहिरो बनाएको छ।

विशिष्टिकृत सेवाको विस्तार

भेरी अस्पतालले पछिल्ला वर्षमा स्वास्थ्य सेवाको दायरालाई विस्तार गर्दै विशिष्टिकृत उपचारका थुप्रै सुविधा सुरु गरेको छ। मुटु, मिर्गौला, हाडजोर्नी, न्यूरो, युरो, ग्यास्ट्रोसर्जरीजस्ता विभागबाट विशेषज्ञ सेवा प्रदान भइरहेको छ। प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा. निराजन सुवेदी भन्छन्, ‘पश्चिम नेपालका सरकारी अस्पतालमध्ये यति धेरै विशिष्टिकृत सेवा दिन सक्ने सम्भवतः भेरी अस्पताल मात्र हो। अबको लक्ष्य विद्यमान सेवालाई दिगो बनाउने र नयाँ सेवाहरू विस्तार गर्ने।’ यसबाहेक अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा, जलन वार्ड र सिकलसेल एनिमिया–थालेसिमियाको उपचारका लागि छुट्टै वार्ड सञ्चालनमा ल्याएको छ। यसले बिरामीलाई सहज र सुलभ उपचारको सुविधा प्रदान गरेको छ।

नवजात शिशुमा रोग निदानमा क्रान्ति

भेरी अस्पतालले नेपालमै पहिलोपटक नवजात शिशुमा सिकलसेल एनिमिया र थालेसिमिया रोगको प्रारम्भिक निदान गर्ने अत्याधुनिक उपकरण जडान गरेको छ। मेडिसिन विभागका प्रमुख डा. राजन पाण्डेका अनुसार अब बच्चा जन्मनेबित्तिकै रोगको परीक्षण गर्न सकिनेछ। यसबाट रोगको छिटो पहिचान र समयमै औषधोपचार सम्भव हुनेछ। भारतमा समेत यो प्रविधि सीमितरूपमा मात्र उपलब्ध भएको हुँदा भेरी अस्पतालको यो उपलब्धिलाई महत्वपूर्ण प्रगति मानिएको छ।

शैक्षिक र अनुसन्धानात्मक प्रगति

भेरी अस्पताल अब उपचार मात्र होइन, शिक्षा र अनुसन्धानको केन्द्र पनि बन्दैछ। मेडिसिन, अर्थोपेडिक र सर्जरीमा एमडीएमएस अध्ययन सुरु भएको छ। अस्पतालका आधा दर्जनभन्दा बढी चिकित्सक प्रोफेसरको पदमा कार्यरत छन्, जसले नयाँ पुस्ताका चिकित्सकलाई गुणस्तरीय शिक्षा प्रदान गर्दैछन्। डा. सुवेदीका अनुसार शिक्षा र उपचार सँगसँगै अघि बढ्दा बिरामीलाई पनि सीधै लाभ हुन्छ। विशेषज्ञ चिकित्सकको उपलब्धताले सेवा अझ प्रभावकारी हुन्छ।

पूर्वाधार र दरबन्दीको चुनौती

भेरी अस्पतालमा दरबन्दीको समस्या अझै समाधान हुन सकेको छैन। विशेषज्ञ र सहायक स्वास्थ्यकर्मीको कमीले सेवा विस्तारमा बाधा पुर्याइरहेको डा. सुवेदीको धारणा छ। सरकारले २०७७/७८ को बजेटमा पाँच सय बेडको पूर्वाधार निर्माण गरी भेरीलाई विशिष्टिकृत अस्पतालको रूपमा विकास गर्ने घोषणा गरेको थियो। तर यस योजनाको कार्यान्वयनमा ढिलाइ भइरहेका कारण अस्पताल अझै पूर्वाधार अभावसँग जुधिरहेको छ। वार्षिक एक लाखभन्दा बढी बिरामीले उपचारका लागि भेरी अस्पताल धाउँछन्। यो चाप सम्हाल्न पूर्वाधार सुधार र जनशक्ति थप्ने आवश्यकता अस्पताल विकास समितिका अध्यक्ष शाहले बारम्बार उठाएका छन्।

निजी अस्पतालसँगको प्रतिस्पर्धा र सेवा सुधार

नेपालगन्ज र आसपासका क्षेत्रमा निजी अस्पतालको संख्या बढ्दै जाँदा स्वास्थ्य सेवा महँगो भएको छ। तर भेरी अस्पतालले सस्तो, गुणस्तरीय र विशेषज्ञ सेवा प्रदान गरेर निजी अस्पतालमा निर्भरता घटाउने प्रयास गरिरहेको छ। अध्यक्ष शाह भन्छन्, ‘भेरी अस्पतालको स्तरवृद्धि अबको आवश्यकता हो। यसले जनतालाई महँगो शुल्क तिरेर निजी अस्पतालमा धाउनुपर्ने बाध्यता अन्त्य गर्न सक्छ।’

भविष्यको लक्ष्य र अपेक्षा

भेरी अस्पतालले आफ्नो १३५ वर्षे इतिहासको सफलताबाट प्रेरणा लिँदै अबको दशकमा अझ आधुनिक र दीर्घकालीन स्वास्थ्य सेवा प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ। विद्यमान सेवाको दिगोपन, नयाँ प्रविधिको समावेश र विशेषज्ञ जनशक्ति थप्ने योजनामा अस्पताल अघि बढिरहेको छ। डा. सुवेदीले भने, 'हामीलाई दुई कुरामा जोड दिनुपर्छ–उपलब्ध सेवालाई दिगो बनाउने र नयाँ विभाग थप्दै लैजाने। यसका लागि सरकारी प्राथमिकता अपरिहार्य छ।’

भेरी अस्पतालको १३५ वर्षे यात्रा केवल स्वास्थ्य सेवाको इतिहास मात्र होइन, पश्चिम नेपालका जनतासँगको गहिरो सम्बन्धको कथा हो। कोरोना महामारीदेखि नवजात शिशुमा रोग निदानको अत्याधुनिक प्रविधिसम्मको प्रगति यस संस्थाको क्षमताको प्रमाण हो। अबको आवश्यकता भनेको सरकारी प्राथमिकता, स्थायी दरबन्दी र पर्याप्त पूर्वाधारको सुनिश्चितता हो। यसो गर्न सके भेरी अस्पताल केवल पश्चिम नेपाल मात्र होइन, सम्पूर्ण देशकै उत्कृष्ट सरकारी स्वास्थ्य केन्द्रको रूपमा उदाहरण बन्नेछ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
३ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस