लुम्बिनीमा अपर्याप्त दमकल
०२ मंसिर २०८३
•
४ मिनेट पाठ
लुम्बिनीमा अपर्याप्त दमकल
जेन-जी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ गते तुलसीपुर उपमहानगरपालिकाको दमकलमा आगजनी भयो। जेनजी आन्दोलनकारीले उपमहानगरको हाताभित्रै पार्किङ गरेर राखेको दमकलमा आगजनी गर्दा दमकल पूर्णरूपमा ध्वस्त बन्यो। दमकलमा आगजनी भएर ध्वस्त भएको १८ महिना नाघिसक्यो, तर उपमहानगरले उक्त दमकल अहिलेसम्म मर्मत गर्न सकेको छैन। जलेको अवस्थामै उपमहानगर हाताभित्र पार्किङमै छ।




यो विषयमा चासो राख्दा तुलसीपुर उपमहानगरका प्रमुख टीकाराम खड्काले ठाडो जवाफ दिँदै भने, ‘कति एउटै कुराको पछि लाग्नु हुन्छ, नयाँ कुरा खोज्नुस् न?’ आफूले फेसबुकमार्फत धारणा राखिसकेको भन्दै उनले थपे, ‘मेरो फेसबुकमा गएर हेर्नुस्।’ आधिकारिक धारणाका लागि अनुरोध गरेपछि प्रमुख खड्काले पुनः ठाडै जवाफ दिए, ‘खरिद ऐनअन्तर्गत जानुपर्‍यो, नत्र पैसा खायो भन्छन्, ठेक्का लागेको छैन।’

१८ महिनासम्म मर्मत नभएर जलेकै अवस्थामा दमकल राखेको उपमहानगरले दुईपटक ठेक्का खोलेको दाबी गर्छ। प्रमुख खड्काका अनुसार पहिलोपटक ठेक्का खोलियो। एक कम्पनीले ठेक्काका लागि आकांक्षा देखायो पनि तर उसले मर्मतका लागि मर्मत सेन्टर खुलाउन सकेन, अनि ठेक्का रद्द भयो। ‘लुम्बिनी प्रदेशभित्रै मर्मत सेन्टरमा मर्मत गर्नुपर्ने भनेर उसले खुलाउन सक्नुपथ्र्यो, तर उक्त कम्पनीले मर्मत केन्द्र खुलाएर कागज पेस गर्न सकेन’, प्रमुख खड्काले भने, ‘अनि उक्त ठेक्का रद्द गर्‍यौं।’

दोस्रोपटक पनि यस्तै अवस्थामा ठेक्का लाग्न नसकेको भन्दै प्रमुख खड्काले तेस्रोपटक पुनः मर्मतका लागि ठेक्का खोल्ने तयारीमा उपमहानगर रहेको बताए। यसको मर्मतका लागि अरू कुनै उपाय थिएन ? यो प्रश्नमा प्रमुख खड्काले भने, ‘अरू उपायबाट मर्मत गर्दा त पैसा खायो भन्छन्।’

यसको प्रक्रियागत पाटो एकातिर होला तर आगजनी भएको १८ महिना पुगिसक्दासमेत यसको मर्मत नहुनुमा स्थानीय तहको प्राथमिकतामा भन्दा यो विषय बाहिर रहेको भन्ने सहजै बुझ्न सकिन्छ।

तुलसीपुर उपमहानगरपालिकादेखि पश्चिममा रहेको बबई गाउँपालिका यही उपमहानगरकै दमकलको भरमा थियो। तुलसीपुरमा दमकल भएपछि नयाँ दमकल किन्नु नपर्ने निष्कर्षमा पुगेको यो पालिकाले दमकल खरिदको विषयलाई कहिल्यै प्राथमिकतामा राख्दै राखेन।

दमकल प्रयोग गरेवापत तुलसीपुर उपमहानगरलाई सहयोग गर्दै आएको यो गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री भन्छन्, ‘हामी तुलसीपुर उपमहानगरपालिकाको दमकलकै भरमा बस्यौं। हामीले पालिकाले आफैं दमकल किन्ने विषयलाई प्राथमिकतामा राखेकै थिएनौं।’

केही दिनअघि यो पालिकाको हापुरे बजारमा भएको भिषण आगलागी नियन्त्रणका लागि दमकल अभाव भएपछि भने बल्ल दमकल खरिद प्रक्रियामा जाने सोच पालिकाले बनाएको छ। ‘जब घटना आइपरेपछि बल्ल थाहा हुने रहेछ’, उनले भने, ‘अब आगामी आर्थिक वर्षमा अरू शीर्षकको बजेट घटाएर भए पनि दमकल किन्ने प्रस्ताव तयार पार्ने सोचमा हामी छौं।’

लुम्बिनीका १ सय ९ स्थानीय तहमध्ये आधा स्थानीय तहमा पनि दमकलको व्यवस्थापन हुन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐनले विपद्को व्यवस्थापन स्थानीय तह आफैंले गर्नुपर्ने उल्लेख गरेको भए पनि स्थानीय तहहरू भने आगलागी नियन्त्रणका लागि दमकल व्यवस्थापनमा भने निकै अनुदार देखिएको तथ्यांकले देखाउँछ।

विकास बजेटलाई मात्रै ध्यानमा राखेर भौतिक निर्माणमा मात्रै रकम खर्च गर्ने स्थानीय तहहरूले विपद् नियन्त्रणका लागि भने रकम खर्चन हिच्किचाउने गरेका छन्। स्थानीय तहका प्रतिनिधि मात्रै हैनन्, सेवा प्राप्त गर्ने नागरिकसमेत विकास माग्ने नाममा भौतिक पूर्वाधारको मागको मात्रै चिठीपत्र बोक्ने गरेका छन्। स्थानीय तहसँग योजना माग गर्दा अग्नि नियन्त्रणका लागि दमकल व्यवस्थापन हुनुपर्‍यो भन्दै आम नागरिकले कतै पनि माग गरेका हुँदैनन्।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका पनि दमकलविहीन अवस्थामै छ। यो नगरपालिकाको कुनै क्षेत्रमा आगलागी भयो भने यो नगरपालिकाले पनि अन्यत्रबाट दमकल सहयोग माग्नैपर्छ। ‘हाम्रो नगरपालिकाको कुनै क्षेत्रमा आगलागी भयो भने अन्य स्थानीय तहसँग सहयोग माग्छौं’, नगरपालिकाका उपप्रमुख रीताकुमारी कुर्मीले भनिन्, ‘हाम्रो नगरपालिकामा चाहिँ दमकल छैन, दमकल खरिद प्रक्रियामा अब हामी जाने छौं।’

नगरपालिकाले दमकल खरिदको विषयलाई त्यति प्राथमिकतामा त राखेन। तर स्थानीयले समेत अग्नि नियन्त्रणका लागि अत्यावश्यक पर्ने दमकल खरिद गर्न एकजना कसैले पनि माग नगरेको उनको भनाइ छ। ‘स्थानीयहरूले पनि दमकल चाहिन्छ, खरिद गरिनुपर्छ भनेर बोलेको वा योजना माग गरेको अवस्था अहिलेसम्म छैन’, उपप्रमुख कुर्मीले भनिन्, ‘कोही कसैले दमकल भएन भनेर बरु रिसले फेसबुकमा लेख्छन्, तर नगरपालिकामा बसेर दमकलका विषयमा गम्भीर छलफल गर्ने मनसायमा स्थानीयहरू देखिन्नन्।’

दाङको बबई गाउँपालिकाका प्रमुख कुलबहादुर खत्री पनि दमकल खरिदका लागि स्थानीय तहबाट कहिल्यै माग नभएको बताउँछन्। विकास निर्माणका पूर्वाधारमा मात्रै नागरिकको ध्यान जाने गरेको भन्दै उनले थपे, ‘नागरिक स्तरबाट पनि यो प्राथमिकताको विषय बन्नुपर्छ र दमकल खरिदका लागि लागौं भनेर हामीलाई सल्लाह दिने गर्नुभएको छैन, उहाँहरूमा पनि केवल विकास निर्माणका मात्रै माग छन्।’

अर्घाखाँचीको शीतगंगा नगरपालिकाको प्राथमिकतामा यहाँको सडक निर्माण तथा विस्तार छ। पहाडी क्षेत्रमा रहेको यो नगरपालिकाले सडक सञ्जाललाई बढाउने लक्ष्यका साथ बजेट विनियोजन गर्दै आएको छ, तर नगरपालिकाको कुनै पनि क्षेत्रमा आगो लाग्यो भने नियन्त्रणका लागि दमकल खरिद गर्ने विषयमा भने यो नगरपालिका पनि गम्भीर देखिन्न।  
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
५८ मिनेट अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस