भारतीय बिरामीको विश्वास जित्दै नेपालगन्ज
१८ भदौ २०८२
•
४ मिनेट पाठ
भारतीय बिरामीको विश्वास जित्दै नेपालगन्ज
नेपालगन्जस्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवामा कानको उपचार गराउँदै भारतको उत्तर प्रदेशको खैरितराइकी सादिया बेहना । तस्विरः गणेश/नागरिक
भारतको उत्तर प्रदेशको खैरितराइकी सादिया बेहनाको परिवारमा केही महिनादेखि तनाव थियो । कानमा समस्या देखिएपछि उनी लगातार अस्पताल धाउन थालेकी थिइन् । बहराइचका अस्पतालहरूमा पटक पटक उपचार गराउँदा पनि सुधार भएन । डाक्टरले दिएको औषधि खाँदा केही समय सहज भएजस्तो लागे पनि समस्या फेरि उस्तै गरी देखा पर्थ्यो । यसरी अस्पताल चहार्दा उनले करिब २० देखि २२ हजार रुपैयाँ सकिसकेकी थिइन् । तर, उपचारले निको पारेन ।




परिवार निराश थियो । उपचारकै लागि ठूलो रकम खर्चिसक्दा पनि परिणाम शून्य भएपछि अब के गर्ने भन्ने प्रश्न उब्जिएको थियो । त्यही बेला गाउँकै साथीले सुझाव दिए, ‘नेपालगन्जमा गएर हेर्नुस्, त्यहाँका डाक्टरले राम्रो उपचार गर्छन् रे ।’ सुरुमा परिवारका सदस्यहरूलाई अलि अनौठो लाग्यो । किनभने भारतमै ठूल्ठूला अस्पताल हुँदा नेपाल गएर उपचार खोज्ने कुरा उनीहरूलाई अकल्पनीय जस्तै लागिरहेको थियो । तर अन्ततः उनीहरूले नेपालगन्ज जाने निर्णय गरे ।

नेपालगन्जको फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवामा पुगेपछि सादियाले अनुभव गरिन् कि यहाँको सेवा फरक छ। डाक्टरले ध्यानपूर्वक परीक्षण गरे, समस्या विस्तृत रूपमा बुझ्न समय दिए । भारतमा अनुभव गरेको भन्दा एकदमै भिन्न व्यवहारले उनलाई आशा दिलाए । उनले भनिन्, ‘यहाँ आउनासाथ मलाई लाग्यो, अब मेरो रोग निको हुन्छ । डाक्टरहरूले विस्तृत परीक्षण गरेर सजिलो भाषामा समस्या बुझाइदिनुभयो । भारतका धेरै ठाउँमा त्यस्तो पाइन्न ।’ सादियाको कथा एउटा प्रतिनिधि कथा मात्र हो । यस्तै भोगाइ भर्खरै नानपाराकी गायत्री देवीले पनि गरिन् । उनले पनि आफ्ना कानसम्बन्धी समस्या लिएर नानपारा र बहराइचका अस्पतालहरू धाइन् । तर उपचारले अपेक्षित सुधार ल्याएन । खर्च भने थुप्रियो । अन्ततः उनले पनि नेपालगन्जको बाटो समाइन् । केही दिनमै उनले सुधार अनुभव गरिन् । अहिले उनी निको भएकी छिन् । गायत्री देवी भन्छिन्, ‘नेपालगन्जमा उपचार गर्दा मलाई साँच्चै राहत मिल्यो । यहाँ खर्च पनि भारतको तुलनामा धेरै कम पर्छ ।’

यी कथाहरूले एउटा गहिरो सन्देश दिन्छन्, ‘नेपालगन्ज सीमापारका भारतीय बिरामीहरूको विश्वासिलो स्वास्थ्य गन्तव्य बन्दै गएको छ ।’ फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवामा दैनिक औसत तीन सय बिरामी आउँछन् । तीमध्ये झन्डै ६० प्रतिशत भारतीय नागरिक हुने गरेका छन् । गोण्डा, लखिमपुर, रुपैडिया, नानपारा, बहराइचलगायतका क्षेत्रबाट भारतीय नागरिक यहाँ पुग्छन् । फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका डाक्टर अन्नदकुमार झा भन्छन्, ‘हामीसँग आउने बिरामीमध्ये आधाभन्दा बढी भारतीय हुन्छन् । उनीहरूलाई नेपालगन्जको सेवा र खर्चले आकर्षित गरेको छ । हाम्रो मुख्य प्रयास नै गुणस्तर कायम राखेर बिरामीलाई सहज बनाउन हो ।’

भारतीय बिरामी नेपालगन्ज किन आउँछन् भन्ने प्रश्नमा उत्तर स्पष्ट छ, ‘उपचारमा विश्वास, गुणस्तरीय सेवा र कम खर्च ।’ नेपालगन्जमा करिब २० हजार रुपैयाँमा हुने शल्यक्रिया भारतमा ६० हजारभन्दा बढी पर्छ । खर्चमा यस्तो ठूलो अन्तर हुनु बिरामीहरूको लागि ठूलो राहत हो । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका आउट रिच इन्चार्ज भिसनकुमार चौधरीका अनुसार समुदायसम्म पुगेर उपचार दिने गरिएको छ । जहाँ नागरिकको उल्लेख्य सहभागिता हुन्छ । ‘हामी बिरामीलाई ध्यानपूर्वक सुन्छौँ,’ उनले भने, ‘भारतका ठूला अस्पतालमा पनि कतिपय अवस्थामा डाक्टरसँग बिरामीलाई विस्तृत कुरा गर्न पाइँदैन । यहाँ भने उपचार गर्ने शैलीले नै विश्वास जगाउँछ ।’ उनी भन्छन्, ‘भारतीय बिरामीले हामीमाथि देखाएको विश्वास ठूलो उपलब्धि हो । यसलाई कायम राख्न अझ गुणस्तरीय उपचार आवश्यक छ ।’ भारतका ठूला सहरका निजी अस्पतालमा उपचार अत्यधिक महँगो हुन्छ । कतिपय अवस्थामा पैसाको आधारमा मात्र उपचार हुने हुँदा सामान्य वर्गका बिरामी निराश बन्छन् । तर नेपालगन्जमा भने अपेक्षाकृत सस्तो मूल्यमा उपचार पाइने भएकाले सीमावर्ती भारतीयहरूलाई सहज भएको छ ।

यो प्रवृत्तिले नेपालगन्जको सामाजिक र आर्थिक जीवनलाई समेत असर पारेको छ । बिरामीसँगै उनका परिवार पनि नेपालगन्जमा बस्ने भएकाले होटेल र लजहरूमा चाप बढेको छ । खानाका रेस्टुरेन्टदेखि यातायात र पसलसम्ममा यसको प्रभाव देखिएको छ । यस्तै, फार्मेसी र डायग्नोस्टिक सेन्टरहरूमा पनि लाभ पुगेको छ । स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर बढ्नुका साथै यहाँको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ ।

नेपाल–भारतबिचको खुला सीमा पनि यसमा सहयोगी तत्त्व हो । भारतीय बिरामीहरूलाई भिसाको झन्झट हुँदैन । उनीहरू सिधै नेपालगन्ज प्रवेश गरेर उपचार गर्न सक्छन् । यसले उनीहरूको समय र खर्च दुवै बचाएको छ । भारतीय बिरामीहरूको अनुभव सुन्दा एउटा साझा कुरा भेटिन्छ, ‘यहाँ विश्वास जगाउने वातावरण छ ।’ उनीहरू भन्छन्, नेपालगन्जका डाक्टरहरूले सुन्ने संस्कार राख्छन् । बिरामीलाई ध्यानपूर्वक बुझ्छन् र उपचारमा कुनै पनि कुरामा ढिलासुस्ती गर्दैनन् । औषधि र परीक्षणमा पनि अत्यधिक मूल्य लिने चलन छैन । बहराइचकै राजेन्द्रप्रसाद गुप्ता आफ्नो अनुभव सुनाउँछन्, ‘मेरो छोराको कानको अपरेसन भारतमा गर्न ८० हजार लाग्छ भनेर भनिएको थियो । तर नेपालगन्जमा अप्रेसनसहित अन्य खर्च २५ हजारमै भयो । नतिजा पनि राम्रो आयो । त्यसैले हामीलाई नेपालगन्जकै उपचार सस्तो र विश्वासिलो लाग्यो ।’

भारतीय बिरामीको चाप बढेसँगै नेपालगन्जका अस्पतालहरूले सेवा विस्तारमा ध्यान दिएका छन् । ब्रिनोट अस्पतालले कान, नाकसम्बन्धी शल्यक्रियामा विशेषता विकास गरेको छ । अन्य निजी अस्पतालहरूले पनि कार्डियोलोजी, न्युरोलोजी, स्त्रीरोग, प्रसूति सेवा विस्तार गरेका छन् ।  
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
२ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३५ सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस