भरतपुर अस्पताल र आँखा अस्पतालमा बिमाको प्रथम सेवा विन्दु हट्यो
३१ असार २०८२
•
३ मिनेट पाठ
भरतपुर अस्पताल र आँखा अस्पतालमा बिमाको प्रथम सेवा विन्दु हट्यो
देशकै सबैभन्दा बढी स्वास्थ्य बिमा मार्फत बिरामीलाई सेवा दिँदै आएको चितवनको भरतपुर अस्पताल र भरतपुर आँखा अस्पतालमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हटेको छ ।




स्वास्थ्य बिमा बोर्डले संघीय तथा विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरूमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हटाएपछि यी दुई अस्पतालको प्रथम सेवा विन्दु हटेको हो । भरतपुर अस्पताललाई प्रथम विन्दु मानेर उपचार गराउने बिरामीले साउन १ गतेदेखि प्रथम विन्दु तोकिएका स्वास्थ्य संस्थामा गएर सेवा लिनुपर्ने भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

उनका अनुसार यस अस्पतालले अब स्वास्थ्य बिमाका रेफरल बिरामी मात्र हेर्नेछ ।  ‘हामी संघिय अस्पतालमा पर्दछौँ । बिमा बोर्डले असार २९ गते विज्ञप्ति लेखेर संघीय तथा विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको छ,’ उनले भने ‘साउनदेखि प्रथम सेवा विन्दुको रुपमा सेवा दिन सक्दैनौँ ।’

भरतपुर अस्पताललाई प्रथम विन्दु मानेका सेवाग्राहीको संख्या ठुलो संख्यामा रहेको छ । यहाँबाट सात जिल्लाका बिरामीले बिमाको सेवा लिँदै आएका थिए । अब अन्य अस्पतालबाट रिफरल लिएर आउँदा बिरामीलाई समस्या पर्ने अस्पतालका बिमा शाखा प्रमुख लिलाधर पौडेलले बताए ।

‘हामीकहाँ दैनिक पन्ध्र सयको हाराहारीमा बिमाका बिरामी आउनुहुन्छ । उहाँहरूमध्ये अधिकांश प्रथम सेवा विन्दु भएका हुनुहुन्छ,’ उनले भने ‘बिमा बोर्डको निर्णयले भरतपुर अस्पतालबाट सेवा लिएका सेवाग्राहीलाई समस्या हुने प्रष्ट देखिन्छ ।’ प्रथम सेवा विन्दु तोकिएका अस्पतालमा बिमामा तोकिएका अधिकांश सेवा छैनन् । सहज उपचारका लागि अधिकांश बिरामीको प्रमुख रोजाई भरतपुर अस्पताल बनेको थियो । भरतपुर अस्पतालमा रिफरल लिएर आउँदा बिरामीलाई दोहोरो सास्ती हुने पौडेलको बुझाई छ ।

‘भरतपुरको बिरामी रिफरल लिनको लागि कम्तीमा पनि शिवनगर, बकुलहर अस्पताल पुग्नुपर्दछ,’ उनले भने ‘घर नजिकैबाट सेवा लिएका बिरामी टाढाको अन्य अस्पतालबाट सेवा लिनुपर्ने हुन्छ ।’ चितवनमा छ लाख बढीले बिमा गरेका छन् । उनीहरूमध्ये अधिकांश भरतपुर अस्पताललाई प्रथम विन्दु बनाएको पौडेलले जानकारी दिए । भरतपुर अस्पतालमा २०७४को भदौ महिनाबाट स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन भएको थियो ।

चितवनका भण्डारा अस्पताल, इच्छाकामना आधारभूत अस्पताल, बघौडा अस्पताल, खैरहनी नगर अस्पताल, कालिका नगर अस्पताल, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र बकुलहर रत्ननगर अस्पताललाई मात्रै प्रथम सेवा विन्दु तोकिएको छ । प्रथम विन्दु तोकिएको जुनसुकै सरकारी अस्पतालबाट सेवा लिन भने सकिने व्यवस्था स्वास्थ्य बिमा बोर्डले गरेको छ ।

स्वास्थ्य बिमा ऐन, २०७४ (पहिलो संशोधन २(७) को दफा ९ को उपदफा (६) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहनुपर्ने व्यवस्था छ। सोही कानुनमा सङ्घीय, विशेषज्ञ अस्पताल तथा निजी प्रतिष्ठानहरूमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु नरहेकाले सेवाग्राहीहरू आधारभूत अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा निर्भर रहनुपरेको विज्ञप्ति मार्फत बिमा बोर्डका जनस्वास्थ्य अधिकृत विवेक मल्लले जानकारी दिएका छन् ।  

कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र आवश्यक पर्ने स्वास्थ्य संस्थाको पहिचान गर्न र प्रथम सेवा विन्दुका लागि अपुग मापदण्ड पूरा गर्न लाग्न लागिएको बिमा बोर्डका जनस्वास्थ्य अधिकृत विवेक मल्लले जानकारी दिए । चितवनमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विशिष्टीकृत र  भरतपुर अस्पताललाई संघिय अस्पतालको रुपमा सञ्चालित छन् । यस्तै भरतपुर आँखा अस्पताल प्रतिष्ठानद्वारा सञ्चालित अस्पताल हो । यी तीनै वटा अस्पतालले अब बिमा रकमबाट रेफरल बिरामी मात्र हेर्नेछन् ।

नेपाल सरकारले पाँच जनाको परिवारलाई वार्षिक तीन हजार पाँच सय रुपैयाँ तिरेर एक लाख रुपैयाँसम्मको सेवा लिन पाउँछन् । त्यसभन्दा माथि प्रतिव्यक्ति सात सय रुपैयाँ तिरेर दश जनासम्मको परिवारले २ लाख रुपैयाँसम्मको सेवा लिन पाउने व्यवस्था रहेको छ । 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस