मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता
१३ असोज २०७९
•
१ मिनेट पाठ
मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता
विश्व मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता सम्पन्न गरिएको छ। चन्द्रपुर हस्पिटल प्रालिले गरेको खुल्ला दौड प्रतियोगितामा १६ देखि ५० वर्षसम्मका २५० भन्दा बढीले सहभागिता जनाएका छन्।




चन्द्रनिगाहपुरमा रहेको आयोजक अस्पतालदेखि सन्तपुरमा अवस्थित घोडहीदेवी मन्दिरसम्म गरिएको दौड प्रतियोगितामा प्रतियोगीको रुपमा दौडमा सहभागीको रुपमा धेरैले भाग लिएको जनाइएको छ। प्रतियोगीसँगै विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, विद्यार्थी, व्यवसायीहरुको पनि सहभागिता रहेको थियो।

अस्पतालका प्रमुख डा.सुबास चौधरीले पछिल्लो समयमा मुटुरोगीको संख्या बढ्दै गएकोले दैनिक जीवनमा व्यायाम तथा खेलकुदलाई समावेश गरिनुपर्ने र धूमपान तथा मद्यपान त्याग गरिनुपर्ने जानकारी सहभागी सबैलाई गराएका छन्। मुटुरोगीले आहारविहार र व्यायाममा ध्यान दिन सके ८० प्रतिशत आकस्मिक मृत्युलाई रोक्न सकिने डा.चौधरीको भनाइ छ।

प्रतियोगितामा प्रथम हुने अमित ठाकुरलाई डिजिटल ब्लड प्रेसर मेसिन तथा गिफ्ट, दोस्रो हुने चन्द्रन कुमार चौधरीलाई म्यानुअल ब्लड प्रेसर मेसिन र तेस्रो हुने राम प्रवेश चौधरीलाई प्राथमिक उपचारको बक्स सेट प्रदान गरिएको डा.चौधरीले जानकारी गराएका छन्।
अर्को समाचार
सन्दर्भ विश्व मुटु दिवस: गाउँ पस्यो मुटुरोग
१३ असोज २०७८
•
४ मिनेट पाठ
सन्दर्भ विश्व मुटु दिवस: गाउँ पस्यो मुटुरोग
सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ। यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो। स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन्।




मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको बताउँछन्। उनले भने, 'चाउचाउ, कोकोकोला, दालमोठजस्ता तयारी खानाले पहाडी क्षेत्रमा पनि जीवनशैली बिगारेको छ, जसले मुटुरोग निम्त्याइरहेको छ।' सहरियाहरूले स्वास्थ्यप्रति ध्यान दिन थालेकाले सहरमा समय–समयमा परीक्षण गर्ने प्रचलन बढेको छ। गाउँमा यसप्रति कसैको ध्यान छैन।

स्थानीय तहमा उत्पादन भएका न्यून गुणस्तरका मदिरा सेवन गर्ने, तयारी खाना खाने, व्यायाम नगर्ने, धुमपान र सुर्तीजन्य पदार्थको सेवनले गर्दा ग्रामीण क्षेत्रका युवामा मुटुरोगको समस्या बढ्दै गएको नेपाल हर्ट फाउण्डेशनका पूर्वअध्यक्षसमेत रहेका रेग्मीको भनाइ छ। सहरमा नियमित स्वास्थ्य परीक्षणसँगै व्यायाम गर्ने क्रम बढेको उनी बताउँछन्। मुटुरोगको खासै लक्षण नहुने हुँदा नियमित स्वास्थ्य परीक्षण आवश्यक हुने उनी बताउँछन्।

'पहिले–पहिले पहाडका मानिस लामो बाटो हिँड्नुपर्ने, कडा मेहेनत गर्नुपर्ने भए पनि आजभोलि गाउँगाउँमा ट्र्याक्टर, मोटरसाइकल, गाडीको सुविधा हुँदा शारीरिक परिश्रम घटेको छ', उनले भने, 'युवा वर्ग काम गर्दैनन्, विषादी भएका तरकारी फलफूल प्रयोग गर्छन्' ग्रामीण क्षेत्रमा समस्या आइसकेपछि मात्रै उपचारको खोजी गरिँदा त्यतिञ्जेल ढिलो भइसकेको हुने उनी बताउँछन्।

मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिल ग्रामीण क्षेत्रबाट पनि बिरामी आउने गरेको बताउँछन्। अन्य कारणसँगै आवेगमा आउने कारणले मुटुको समस्या देखिने गरेको उनको भनाइ छ। उनले भने,'कुनै पनि जोखिम नदेखिएका व्यक्तिमा पनि रिसका कारण हृदयघात भएर मृत्यु हुने गरेको छ', उनले भने, रिसाहा व्यक्तिलाई मुटुको धड्कन, रक्तसञ्चार र क्लटिङ टेन्डेन्सीमा असर गर्छ।' रिसाहा व्यक्तिलाई धेरै समस्या अउने जनाउँदै उनले यसलाई नियन्त्रण गर्नुपर्ने बताए।

सकारात्मक सोच राख्नु मुटुका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने, 'नकारात्मक कुरा दिमागमा हाबी हुँदा हाम्रो शरीरमा त्यसले विभिन्न किसिमका हर्मोन उत्पादन गर्छ, त्यसले रक्तसञ्चार प्रणालीमा असर गर्दछ।' चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा.शङ्कर लौडारी प्रत्येक वर्ष विश्वमा १७.९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको बताउँछन्। विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटुरोगका कारण मृत्यु हुने गर्दछ। मुटुरोगका कारण मृत्यु हुनेमा ८५ प्रतिशत हृदयघात हो। अन्य मुटुको बाथ, हट्फेलर पर्दछन्।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क उद्धृत गर्दै उनले भने, 'मुटुरोगीमध्ये ७५ प्रतिशत गरिब र निम्न मध्यम आय भएका नागरिक पर्दछन्।' विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशमा क्रमशः चीन, भारत, रसिया र अमेरिका पर्दछन्। सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनममा पुगेको छ।

नेपालमा नसर्ने रोगका बिरामीमध्ये २७ प्रतिशत मुटुका हुने गर्दछन्। लौडारीको भनाइमा मुटुरोगीमध्ये १२ प्रतिशतले रोगकै कारण रोजगारी गुमाउने गरेका छन्। नेपालमा एक लाख जनसङ्ख्यामा ५६९ पुरुष र ४७९ महिला प्रभावित भएको तथ्याङ्क रहेको उनले बताए। मुटुरोगका कारण पुरुष बढी प्रभावित हुने गरेका छन्। लौडारीका अनुसार मुटुरोगीमध्ये १६ प्रतिशतलाई हृदयघात, छदेखि १० प्रतिशतलाई मुटुको बाथरोग हुने गरेको छ। यस्तै चारदेखि १० प्रतिशत धड्कनसम्बन्धी र चारदेखि सात प्रतिशतलाई मुटुको जन्मजात रोग हुने गर्दछ।

मुटुरोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्च रक्तचाप, छदेखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा खराब एलडिएल कोलस्ट्रोल, २० देखि २५ प्रतिशत धुमपान, १५ देखि २० प्रतिशत मोटोपन रहेको छ। दक्षिण एशियामा मुटुरोगको समस्या धेरै भएका देशमा नेपाल तेस्रो हो।  

उनले खानपान र जीवनशैलीमा परिवर्तन गर्न सके धेरैजसो मुटुरोगबाट बच्न सकिने बताए। उनका अनुसार शरीरको तौल नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, तारेको भुटेको खानेकुरा सकेसम्म नखाने, कार्बोहाइड्रेट बढी हुने भात, आलु गुलियो पदार्थ कम खान सुझाव दिए।  यसैगरी मधुमेह र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्ने उल्लेख गर्दै उनले भने, 'चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ।' उनले समयमै सुत्न, विषादिरहित फलफूल र तरकारी खान तथा धुमपान र मध्यपान नगर्न सुझाव दिए। अस्पतालमा पछिल्ला वर्षमा ग्रामीण क्षेत्रबाट मुटुका बिरामी आउन थालेको उनको भनाइ छ।

विज्ञका अनुसार छातीको बीचको भाग दुख्नु, दम बढ्नु, खुट्टा सुनिनु, घाँटीको रक्तनली फुल्नु, ओठ, जिब्रो र औँलाका टुप्पा निलो हुनु, औँलाका टुप्पा बाक्ला, चाक्ला हुनु, टाउको दुख्ने समस्या देखिएमा मुटुरोग लक्षण हुन् सक्छन्। यस्तै मुटुको धड्कन रोकिने वा छिटो चल्ने, कफमा रगत देखापर्ने, जोर्नी दुख्ने, सुन्निने र ज्वरो आउने हुने गर्दछ। हातखुट्टा ओठ आदि झट्का दिँदै अनियन्त्रितरूपमा चल्नु र छातीमा हात राख्दा धर्केको महसुस हुने भएमा मुटुरोग लागेको हुनसक्ने विज्ञहरूको भनाइ छ। रासस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १४ सेकेन्ड अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस