छाप्राेमा नेपालगन्जकाे टिबी रेफरल सेन्टर
२० भदौ २०७९
•
५ मिनेट पाठ
छाप्राेमा नेपालगन्जकाे टिबी रेफरल सेन्टर
नेपालगन्जमा रहेको टिबी रेफरल सेन्टर। तस्विरः गणेश/नागरिक
सानो कोठा, छत उप्किएर कुरूप भएको, भित्तामा रङ खुइलिएको, ढुसीको गन्ध आइरहेको, एसीको हावा बाहिर जान नदिन भेन्टिलेटर र झ्यालका ढोकामा फ्लेक्स ब्यानर टाँसिएको। यो नेपालगन्ज वडा नम्बर ४ स्थित नेपाल सरकार र टिबी नेपाल नामक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको नेपालगन्ज टिबी रेफरल सेन्टर (टिबी अस्पताल)को प्रयोगशालाको अवस्था हो। स्वास्थ्य संस्थामा सबैभन्दा संवेदनशील मानिने प्रयोगशाला कक्षकै हालत यस्तो छ भने अरु भौतिक अवस्था कस्तो होला? अनुमान लगाउन सक्नुहुन्छ।




तर, उक्त रेफरल सेन्टरको अहिलेसम्म आफ्नो भवन छैन। निजी जमिनमा रहेको वर्षाैँ पुरानो निजी भवनमा अस्पताल सञ्चालन भइरहेको छ। एउटा भवन त जीर्ण भएर बस्न नमिल्ने भएको छ। तैपनि त्यसकै एक कोठामा इञ्चार्जको कार्यकक्ष राखिएको छ। छतबाट पानी चुहिन्छ। भवनका ठाउँठाउँमा भित्ता उप्किएको छ। ठाउँठाउँमा चर्किएको छ। भूकम्पको सानो धक्काले पनि भवन भत्किन सक्ने जोखिम छ। 

अस्पतालसम्म जाने बाटो हिलाम्मे छ। अस्पतालका बिरामीहरु अस्पतालको अवस्था देखेर विरक्त लाग्ने गरेको बताउँछन्। महिला र पुरुषलाई एउटै कोठामा राख्नुपर्ने, बिरामी धेरै भएका बेला भुइँमा बेड राख्नुपर्ने बाध्यता छ। वर्षातको समयमा त पानी र हिलोले बिरामी अस्पताल पुग्नै गाह्रो हुन्छ। अस्पतालका निवर्तमान इञ्चार्ज एवम् वर्तमान कार्यक्रम व्यवस्थापक हिक्मत खड्का दुःख व्यक्त गर्दै भन्छन्, ‘एकजना सेवाग्राहीले त अस्पताल पस्ने बाटोमा हिलो देखेर यो अस्पतालमा फेरि आउँदिन भनेर ढुंगो फर्काएर हिँडेको छुसम्म भनेका थिए।’  

आठ कठ्टा चार धुर जमिन एवम् ६५ वर्ष पुरानो जीर्ण भवनको वार्षिक नौ लाख ६० हजार भाडा तिर्नुपर्छ। अहिले चार जनाको नाममा रहेको जमिनका मालिकहरुले अस्पताल चाडोभन्दा चाडो हटाउन दबाब दिइरहेका इञ्चार्ज कमल ढकाल बताउँछन्। विक्रम सम्वत् २०५२ सालमा सरकारले एक गैरसरकारी संस्थासँग सहकार्य गरी स्थापना गरेको उक्त अस्पताल टिबी रोगका लागि पोखराभन्दा पश्चिम नेपालमा एउटा मात्र रेफरल सेन्टरका रुपमा रहेको निवर्तमान इञ्चार्ज खड्काले बताए। 

उनका अनुसार सबैभन्दा कडाखालका टिबी रोगीहरुको उपचार गर्न यस क्षेत्रका सबै स्वास्थ्य संस्थाहरुले बिरामीलाई सोही अस्पतालमा पठाउनुपर्छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टिबीका बिरामीहरुलाई भर्ना गरेर उपचार गर्ने एकमात्र ठाउँ यही अस्पताल हो। जहाँ २५ बेडको अस्पताल र २४सैँ घण्टा डट्स विधिबाट उपचार गर्न २० बेडको आवास सुविधा छ। खानपिनसहितको आवासीय सुविधा त्यस्ता बिरामीले पाउँछन्, जसको उपचार जटिल भएको छ, टिबी औषधि प्रतिरोधक अवस्थामा पुगिसकेको छ र जसको घरमा अलग्गै बसेर रोगको उपचार गर्न सम्भव छैन।

आर्थिकरुपले विपन्न समुदायका नागरिकहरु नै विशेषगरी उक्त अस्पतालको सुविधाबाट लाभान्वित छन्। उपचार गरेर सञ्चो नहुन्जेलसम्म निःशुल्क आवासीय सुविधासहित टिबीको उपचार गर्ने उक्त संस्थाबाट विपन्न समुदायले सबैभन्दा बढी लाभ लिन पाइरहेका रेफरल सेन्टरका इञ्चार्ज कमल ढकाल बताउँछन्। अस्पतालमा पहिलोपटक टिबीको शंका लागि आएका बिरामीहरुको लागि ३० रुपैयाँको टिकट लाग्छ। टिबी रोग भएको हो भन्ने पुष्टि भइसकेपछि कुनै पनि शुल्क लाग्दैन। 

गत आर्थिक वर्षमा २३ हजारभन्दा बढी मानिसहरु उक्त अस्पतालमा सेवा लिन पुगेका थिए। तीमध्ये एक हजार एक सय १७ जनामा टिबी रोग पत्ता लागेको थियो। अहिले पनि करिब ४५ जना औषधि प्रतिरोधी अवस्था टिबी पुगिसकेका बिरामीहरु अस्पतालमा भर्ना छन्। नेपाल सरकारलाई टिबी रोकथामका लागि प्राप्त हुने अन्तर्राष्ट्रिय सहायता रकम उक्त रेफलर सेन्टरको सञ्चालनको स्रोत हो। वार्षिक दुई करोड ४६ लाख सञ्चालन  खर्च हुने गरेको छ। व्यवस्थापन भने सुरुमा आइएनएफ नाम संस्थाले गर्ने गरेको थियो भने अहिले टिबी नेपाल संस्थाले गरिरहेको छ। तर, रेफरल सेन्टरजस्तो संवेदनशील स्वास्थ्य संस्थाको भवन मापदण्डअनुसार नहुँदा र जीर्ण हुँदा गुणस्तरीय सेवा प्रवाह हुन सकेको छैन।

अस्पतालमा दुईवटा बेडबीचको दुरी चार फिट हुनुपर्ने, भित्तासँग बेड जोडिएको नहुने, भवनको उचाइ हावा ओहोरदोहोर गर्न मिल्नेखालको हुनुपर्नेलगायतका अनेक मापदण्ड छन्। तर, उक्त अस्पतालको अहिले सञ्चालित भवनमा यी कुनै पनि मापदण्ड पालना गर्न सकिने अवस्था नरहेको इञ्चार्ज कमल ढकालले बताए। त्यसका लागि रेफरल सेन्टरको आफ्नै सुविधायुक्त भवन निर्माण गर्नुपर्ने आवश्यकता छ। भवन निर्माणका लागि सरकारले सात वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ। 

२०७१ सालदेखि बजेट आउन थाले पनि जग्गाको व्यवस्था नहुँदा बजेट फ्रिज भएर जाने गरेको निवर्तमान इञ्चार्ज खड्काले बताए। पहिलो वर्ष तीन करोड ३७ लाख बजेट आएको थियो। ठूलो महत्वको रेफरल सेन्टर बाँके बाहिर जान दिन नहुने भनेर आफूले निरन्तर प्रयास गरेको खड्का बताउँछन्। स्थानीय तहपछि केही स्थानीय तहले दिएको जमिन अपायक स्थानमा थियो भने कति स्थानीय तहका जनप्रतिनिधिहरु पहिले जग्गा दिन्छु भनेर पछि हच्किए। कति जनप्रतिनिधिहरुले भोटको चिन्ता गरेर जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउन नसकिने जवाफ दिए।

राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिकामा जग्गा र स्थानको खोजी गरिए पनि सफल हुन नसकेको खड्का बताउँछन्। सबैभन्दा पहिले २०७३ सालमा राप्तीसोनारीको अगैयामा हाल गाउँपालिकाको कार्यालय रहेको भवनमा रेफरल सेन्टर सञ्चालनका लागि प्रयास भए पनि सफल भएन। 

२०७४ सालमा नेपालगन्जको वडा नम्बर २० गायत्री नगरमा जग्गा दिने भनेर उपमहानगरपालिकाले निर्णय ग¥यो। भवन निर्माण गर्न बजेट पनि आयो। तर, जग्गामा एकाएक भएको अतिक्रमण हटाउन उपमहानगरपालिकाले सकेन। जानकी गाउँपालिका, कोहलपुर नगरपालिकामा पनि जग्गा प्राप्तिको काम सफल हुन सकेन। त्यसकै कारण सात वर्षमा १० करोड बढी बजेट फ्रिज हुन पुग्यो। रेफलर सेन्टरको भवनका लागि सात वर्षअघि करिब ६ करोड ३७ लाखको लागत स्टीमेट गरिएको थियो। 

तर, अहिले उक्त भवन निर्माणमा २५ करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ। लामो प्रयासपछि बाँकेको राप्तीसोनारीस्थित गणेश माविले दुई बिघा जग्गा सेन्टरलाई दिएको छ। उक्त जमिनमा भवन बनाउन डीपीआर र वातावरणीय प्रभाव प्रतिवेदन पास भइसकेको छ। भवन बनाउन यस वर्ष दुई करोड २७ हजार रुपैयाँ बजेट विनियोजन भएको छ। जुन निकै न्यून बजेट हो।

योजनाका लागि स्रोत सुनिश्चिता नभइकन ठेक्का प्रक्रिया अघि बढाउन मिल्दैन। भवनका लागि स्रोतको सुनिश्चितता हुन बाँकी छ। सेन्टरका कार्यक्रम व्यवस्थापक हिक्मत खड्का उक्त भवन निर्माणको योजनालाई बहुवर्षीय योजनामा राख्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी पाइएको बताउँछन्। बहुवर्षीय योजनामा राखिएमा यस वर्ष भवन निर्माणका लागि ठेक्का आह्वान हुने र आएको बजेट फिर्ता नहुने खड्काले बताए। ‘जसरी पनि चाडोभन्दा चाडो यस अस्पतालको भवन निर्माण हुनु आवश्यक छ। यस संस्थाको आवश्यकता दिन प्रतिदिन बढ्दो छ। सबै मिलेर यस संस्थालाई जोगाउनु आवश्यक छ,’ खड्काले भने।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
९ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस