नेपालगन्ज उपमहानगरपालिकामा डेंगीका बिरामी भेटिएपछि लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्ने अभियान थालिएको छ।
उपमहानगरमा सोमबारदेखि उक्त अभियान सुरु गरिएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए। उनका अनुसार स्वास्थ्यकर्मी, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयं सेविका र स्थानीय बासिन्दाको सहभागितामा डेंगी सार्ने मुख्य माध्यम लामखुट्टेका लार्भा र फुल नष्ट गर्ने अभियान सुरु गरिएको छ।
बाँकेमा ११ जनामा डेंगी देखिएपनि लामो समयसम्म बाहिरी यात्रामा नरहेका गणेशपुरका एक जना ब्यक्तिमा डेंगी देखिएपछि जनचेतना स्वरुप यस्तो अभियान सुरु गरिएको चन्दले बताए।
‘नेपालगन्ज बसपार्क क्षेत्रमा रहेका टायरभित्र जमेको पानीमा डेंगी सार्न सक्ने लामखुट्टेका लार्भा प्रशस्त मात्रामा फेला परे,’ उनले भने। स्वास्थ्यकर्मीका अनुसार ‘एडिस’ जातको लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। त्यसकारण लामखुट्टेको टोकाईबाट बच्नु सबैभन्दा प्रभावकारी हुने स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बताइन्।
एडिस लामखुट्टे सफा जमेको थोरै पानीमा बस्ने भएकाले टिन, प्लाष्टिकका डिब्बा, बोत्तल, गमला, फुलदानी, कुलर पानीको ट्याङ्की, टायर लगायतका स्थानमा जमेको पानीमा फुल पार्ने र लामखुट्टेको विकास हुने भएकाले पानी खाली गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिका किटजन्य रोगका फोकल पर्सन तेज ओलीले बताए।
नेपालगन्ज ४ का वडाअध्यक्ष गोपाल पुनले वडामा समुदाय स्तरमा डेंगी देखिएपछि वडाभर सचेतना अभियान सुरु गरिएको बताए। ‘यस विषयमा वडाभरी सचेतना फैलाउन आवश्यक छ,’ उनले भने।