भेरी अस्पतालमा बेथिति, बिरामी मारमा
१४ साउन २०७९
•
४ मिनेट पाठ
भेरी अस्पतालमा बेथिति, बिरामी मारमा
कर्मचारीले ड्युटी समयमै सिटी स्क्यान कक्ष बन्द गरेपछि अलपत्र परेका बिरामी ।
बिरामी बुवा लिएर बाँकेको राप्ती सोनारी–५ बिनौनाका लक्ष्मण थारू बिहीबार बिहान ११ बजेतिर भेरी अस्पताल पुगे। उच्च रक्तचापका बिरामी उनका बुवाको स्वास्थ्य जाँच गरिसकेपछि डाक्टरले तत्कालै सिटी स्क्यान गराउन सल्लाह दिए।




डाक्टरको सल्लाहअनुसार लक्ष्मण भेरी अस्पतालकै सिटी स्क्यान विभागमा पुगे। तर त्यहाँ सिटी स्क्यान गर्ने कर्मचारी थिएनन्। ड्युटी छाडेरै कर्मचारी बाहिर निस्केका थिए। त्यसपछि लक्ष्मण सिटी स्क्यान गर्ने कर्मचारीलाई खोज्न भौंतारिरहे। अस्पताल परिसरमा विभागका रेडियोग्राफर सञ्जीवकुमार मिश्र भेटिए। तर उनले सिटी स्क्यान गर्न नसक्ने अनेक बहानाबाजी गरे। ‘उहाँले कहिले भोलि आउनुस्, कहिले मसँग सिटी स्क्यान कक्षको चाबी छैनजस्ता बहानाबाजी गर्नुभयो, धेरै अनुरोध गर्दा पनि उहाँले सिटी स्क्यान गर्न मान्नुभएन,’लक्ष्मणले भने।

रेडियोग्राफर मिश्रले सिटी स्क्यान गर्न नमानेपछि लक्ष्मणले अस्पतालको माथिल्लो निकायमा गुनासो पोखे। उनी नेपाली कांग्रेस प्रदेश १ ‘क’ बाँकेका सभापति हुन्। तर कर्मचारीसँग भने लक्ष्मणले आफ्नो परिचय खुलाएनन्। यो कुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंसम्म पुग्यो। तीन घन्टापछि आएर रेडियोग्राफर मिश्रले बिरामीको सिटी स्क्यान गरिदिए। त्यतिबेलासम्म लक्ष्मणका ८५ वर्षका बुवा लोहारी थारूको अवस्था गम्भीर भइसकेको थियो।

अस्पतालमा पुगेका बिरामीका आफन्त कर्मचारी र स्वास्थ्यकर्मीको व्यवहारबाट दिक्क हुन्छन्। ‘भेरी अस्पतालको सिटी स्क्यान मेसिन देखाउन मात्रै रहेछ,’ लक्ष्मणले भने, ‘बिरामीलाई निजी अस्पताल र क्लिनिकमा जान बाध्य पार्ने नियतले कर्मचारीले सास्ती दिँदारहेछन्, सेटिङमा सिटी स्क्यान गर्न बाहिर निजीमा पठाइँदोरहेछ।’ सरकारले भेरी अस्पताललाई जति सुविधासम्पन्न गराउने प्रयास गरे पनि कर्मचारी/स्वास्थ्यकर्मीको बानी र व्यवहारमा कत्ति पनि सुधार नआएको लक्ष्मण बताउँछन्।

भेरी अस्पताल आएका टीकापुरका गुरुभक्त तिवारी दुई दिनदेखि सेवा नपाएर भौंतारिरहेका छन्। मुटु रोगसम्बन्धी समस्या भएका आफन्तलाई लिएर आएका उनले सेवा नपाएको दुई दिन भइसक्यो। ‘मुटुको अप्रेसन गरेको बिरामीलाई भेरी अस्पताल ल्याएँ, दुई दिनदेखि जाँच भएको छैन, डाक्टरलाई भेट्न पाएका छैनौं,’ उनले दुःखेसो पोखे। अस्पतालभित्र रहेको इसिजी सेवा दुई दिनदेखि बन्द रहेको तिवारीले बताए। ‘अस्पतालमा कोही कर्मचारी छैनन्, जिम्मेवार व्यक्तिलाई भन्दा पनि कसैले मतलब गरेनन्,’ उनले भने।

टीकापुर अस्पतालले रेफर गरेपछि कैलालीकी मथुरा रावल बिरामी आमालाई लिएर भेरी अस्पताल आइन्। भेरीमा दुई दिनदेखि उनले पनि आमाको उपचार गराउन सकेकी छैनन्। भेरी अस्पतालमा बिहीबार बिहान १० बजेतिर आइपुगेकी उनी बिल काट्न लाममा उभिइन्। उनले लाममा बिल काट्न नपाउँदै इसिजी कक्ष बन्द भयो। ओपिडी कक्षमा डाक्टर पनि निर्धारित समयसम्म बसेनन्।

पहिलो दिन उपचार गराउन नपाएपछि उनी दोस्रो दिन शुक्रबार पुनः अस्पतालमा आमालाई लिएर पुगिन्। शुक्रबार पनि अस्पतालको सेवा सहज रूपमा पाउन नसकेको उनको गुनासो छ। ‘राम्रो उपचार पाइएला भनेर भेरी अस्पताल आएका हौं तर यहाँ आएपछि झनै दुःख पाइयो,’ उनले भनिन्, ‘यहाँ त राम्रा मान्छे पनि बिरामी भएर फर्किनुपर्ने रहेछ।’

भेरी अस्पतालमा जन्मेका राप्ती सोनारी–५ बिनौनाका रवि रञ्जनका नवजात शिशुको स्वास्थ्य अवस्था कमजोर देखिएपछि डाक्टरले ‘एनआइसियुुमा राख्न सल्लाह दिए। आमा प्रसूति कक्षमा थिइन्। रञ्जनले शिशुलाई अस्पतालकै एनआइसियु कक्षमा राखिदिन डाक्टर र नर्ससँग धेरै अनुरोध गरे। तर एनआइसियु कक्षमा भर्ना नपाएपछि उनले चर्को गर्मीमा शिशु च्यापेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको एनआइसियुमा लगेर भर्ना गरे।

‘भेरीका डाक्टर र नर्सले एनआइसियु कक्ष खाली छैन, तपाईंको बच्चालाई बाहिर लैजानुस् भनेर ताकेता गरे,’ परिवारका सदस्यलाई उद्धृत गर्दै एक आफन्तले भने, ‘यत्रो ठुलो सरकारी अस्पतालको विश्वास गरेर आइयो तर यहाँ आइसकेपछि डाक्टर र कर्मचारीको व्यवहारबाट दुःख पाइयो।’

पश्चिम नेपालका गरिब तथा विपन्न समुदायले भरोसा गर्ने सरकारी अस्पताल हो भेरी। भेरी अस्पतालको स्तरोन्नति गर्दै सरकारले क्रमशः सेवासुविधामा थप्दै लगेको छ। अस्पतालको भौतिक पूर्वाधार विकास, विशेषज्ञ उपचार सेवा, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण थपिँदै गए पनि उपचार गराउन आउने बिरामीले त्यसको अनुभूति गर्न सकेका छैनन्। अस्पतालका कर्मचारी/स्वास्थ्यकर्मीको बानी र व्यवहारमा परिवर्तन आउन सकेको छैन। अस्पतालमा सुशासन र जवाफदेहिताको कमी देखिएको सेवाग्राही बताउँछन्।

अस्पतालका कर्मचारीको निजी अस्पताल, क्लिनिक तथा प्रयोगशालासँग सेटिङ हुन्छ। यसको प्रत्यक्ष मारमा सेवाग्राही परिरहेका छन्। सरकारले भेरीलाई विशिष्टीकृत अस्पताल बनाउने योजना अगाडि बढाइरहेको छ। तर अस्पतालले बिरामीलाई सामान्य खालका सेवा पनि दिन सकेको छैन। अस्पतालमा चरम बेथिति छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईं भने बिरामीको उपचारमा अस्पतालले कुनै कन्जुस्याइँ नगरेको तर्क गर्छन्।

‘पहिलाभन्दा अहिले बिरामीको चाप धेरै छ, एकैपटक धेरै बिरामी आउँदा सेवा दिन समस्या हुनु स्वाभाविक हो,’ उनले भने। अस्पतालले प्रदान गर्ने ओपिडीबाहेक अन्य सेवा २४ सै घण्टा खुला रहने चापागाईं बताउँछन्। ‘बिरामीलाई जतिबेला आवश्यक पर्छ, त्यो बेला हाम्रा कर्मचारी उपस्थित हुन्छन्,’ उनले भने।

अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ भने कतिपय कर्मचारीमा अनुशासन नभएको बताउँछन्। अस्पतालभित्रका बेथिति हटाउने अभियान थालेका श्रेष्ठले भने, ‘अस्पतालमा हरेक सेवासुविधा थपिँदै गएको छ तर कर्मचारीमा अनुशासन भएन, यसले गर्दा बिरामीले सहज रूपमा उपचार पाउन समस्या भइरहेको छ, त्यो कुरा हामीले पनि भोगिरहेका छौं।’
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
६ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस