विराटनगर महानगरपालिकाले अत्यवश्यकबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। विराटनगर क्षेत्रभित्र कोरोनाको संक्रमितको संख्या बढेको जनाउँदै महानगरपालिकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन र स्वास्थ्यका मापदण्ड पालना गर्न नगरबासीलाई आग्रह गरेको हो।
विराटनगर महानगनरपालिकाले प्रकाशित गरेको सूचनामा कोरोना संक्रमण न्यूनिकरणका लागि अत्यावश्कय नभई घर बाहिर ननिश्कन,अनावश्यक भिडभाड नगर्न, भौतिक दूरी कायम गर्न तथा अनिवार्य मास्कको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ। भारतसँग सीमा जोडिएका कारण भारतमा कोरोनाका संक्रमित बढेसँगै विराटनगरमा पनि कोरोनाका संक्रमितको संख्या बढ्दै गएको छ।
केही दिन पहिले विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीमा कोरोनाको संक्रमण फैलिएको पाइएको थियो। कैदीबन्दीमा उच्च ज्वरोको लक्षण देखिएसँगै कोरोना परिक्षण गर्दा ५४ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको पाइएको छ। पछिल्ला दिनहरूमा तीब्ररूपले कोरोनाको संक्रमण बढ्न थालेपछि कोरोनाको चौथो लहर सुरु भएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउन थालेका छन्।
कोरोनाको चौथो लहर निक्कै संक्रमक रहेकाले कोरोना धेरै छिटो फैलन सक्ने भन्दै सचेत रहन आग्रहसमेत गर्दै आएका छन्। प्रदेश १ मा हाल कुल सक्रिय संक्रमित १ सय ३५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७४ जना संक्रमित फेला परेका छन्। भने मोरङमा ४९ जना संक्रमित फेला परेका छन्।
जसमध्ये विराटनगरका मात्रै ४४ जनामा संक्रमण भएको पाइएको छ। पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।