मजदुर आन्दोलनले मणिपालको सेवा प्रभावित
१२ असार २०७९
•
५ मिनेट पाठ
मजदुर आन्दोलनले मणिपालको सेवा प्रभावित
विभिन्न माग राखेर मजदुरले आन्दोलन गर्दा यहाँको मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ। तीन साताभन्दा लामो समयदेखि मणिपालमा मजदुर आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण कम मूल्यमा स्वास्थ्य सेवा पाउने बिरामीलाई मार परेको छ। आन्दोलनका कारण उपचारका लागि आउने बिरामी नै घट्न थालेका छन्।




आन्दोलनमा उत्रिएका कर्मचारीले विभिन्न माग राखेका छन्। नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपालका अध्यक्ष अमृतबाबु पौडेलले व्यवस्थापन पक्षले यसअघिका सम्झौता कार्यान्वयन नगरेकोले दवाव दिन आन्दोलन गरेको बताए। अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सकेसम्म कम अप्ठेरो परोस् भनेर आन्दोलनको समय समेत तोकेको उनले बताए।  

उनका अनुसार २३ दिनदेखि मणिपालमा आन्दोलन चलिरहेको छ। कर्मचारीले श्रम ऐन २०७४ अनुसार सेवा सुविधा र उपदान पाउनुपर्ने माग राखेर आन्दोलन गरेको बताएका छन्। अध्यक्ष पौडेलका अनुसार मणिपाल व्यवस्थापन र कर्मचारीबीच २०६७ मा उपदान सम्बन्धि सम्झौता भएको थियो। त्यो सम्झौता २०७४ सम्म लागु थियो। तर, २०७४ मा नयाँ श्रम ऐन आएपछि सम्झौता कार्यान्वयन हुन नसकेको उनले बताए। नयाँ श्रम ऐन आएपछि त्यसअघिको सम्झौता कार्यान्वयन नहुँदा निवृत भएर जाने कर्मचारीलाई घाटा पुुगेको उनले बताए। श्रम ऐन २०४८ अनुसार भएको सम्झौता २०७४ को श्रम ऐनपछि कार्यन्वयन नभएको उनले बताए।  

त्यस्तै श्रम ऐनअनुुसार काम थालेको ६ महिनापछि कर्मचारीलाई स्थायी गर्नुपर्ने बाध्यकारी छ। तर, व्यवस्थापनले त्यो कुरा सुनुवाइ नगरेको उनले आरोप लगाए। किरिया र सुत्केरी बिदासमेत नपाएको उनले बताए। सुत्केरी र किरिया बिदा पनि कर्मचारीलाई छानीछानी दिने गरेको उनले बताए। ‘नयाँ जागिरेलाई त सुत्केरी बिदा पनि दिइएको छैन। कर्मचारीले तलब कटौती गरेर सुत्केरी बिदा बस्ने गरेका छन्,’ उनले भने। उनका अनुसार सुत्केरीलाई तलबी बिदा २ महिना दिनुपर्ने कानुनी व्यवस्था छ। तर कतिपयले पाउने र कतिपयले सुत्केरी बिदा नपाउने अवस्था रहेको उनले बताए। १३ दिन किरिया बिदामा पनि मनलाग्दी हुने गरेको उनले बताए। त्यसबाहेक हरेक दुई वर्षको फरकमा कर्मचारीको तलब सेवा बढाउने भन्ने सम्झौतामा भएपनि कार्यन्वयन नभएको उनले बताए।

‘व्यवस्थापनले बारम्बार सम्झौता कार्यन्वयन नगर्दा यो अवस्था आएको हो। व्यवस्थापनले कर्मचारीलाई दिनुपर्ने सेवा सुविधामा कन्जुस्याइँ नगर्ने हो भने हामीले आन्दोलन गर्नु पर्दैन,’ उनले भने। आन्दोलनका कारण हरेक दिन बिहान साढे ८ बजेदेखि सुरु हुने ओपिडी सेवा प्रभावित भएको छ। अहिले साढे १२ बजेपछि मात्र ओपिडी सेवा सुरु हुने गरेको छ। आन्दोलन र ढिला गरि ओपिडी सेवा दिँदा बिरामी प्रभावित भएका छन्। पहिले भन्दा अहिले बिरामी संख्या नै कम भएका छन्। दिनमा झन्डै ५ सय जना बिरामी मणिपालको ओपिडीमा उपचारका लागि आउने गर्दथे।

‘बिरामीलाई सकेसम्म कम असर परोस भनेर आन्दोलनमा सचेत भएका छांै। मात्र ओपिडीको सेवा केही घण्टा ढिला भएको छ,’ उनले भने, ‘बिरामीलाई अप्ठेरो पार्ने नियत हाम्रो होइन। तर, व्यवस्थापनलाई दबाब दिन हामीले केही समय काम रोकेका मात्र हां।’ लामो समय आन्दोलन भएपछि आगामी आइतबार वार्तामा बस्ने गरी व्यवस्थापनले गत बिहीबार नै पत्र पठाएर समय माग गरेको उनले बताए। आगामि आइतबार आन्दोलनरत कर्मचारी युनियन र व्यवस्थापनबीच वार्ता हुने उनले बताए।  

व्यवस्थापन पक्षले भने वार्ताका लागि अनुरोध गर्दा पनि आन्दोलनरत पक्ष तयार नहुँदा समस्या बल्झिएको बताएको छ। व्यवस्थापनका एकजना उच्च पदाधिकारीका अनुसार सुत्केरी, किरिया, घरबिदा वर्तमान श्रम ऐनअनुसार दिन तयार रहँदा पनि कर्मचारी यूनियनले अटेर गरेको बताएका छन्। आन्दोलनरत पक्ष अघिल्लो श्रम ऐन (२०४८) अनुसार सेवा पाउनुपर्ने भनेर माग गरेको तर, व्यवस्थापनले नयाँ श्रम ऐन (२०७४) अनुसार सेवा सुविधा दिन तयार रहेको ती व्यवस्थापकले बताए। ‘नयाँ श्रम ऐन लागु भएपछि पुरानो श्रम ऐन यत्तिकै हट्छ। हामीले नयाँ श्रम ऐन अनुसार सेवा दिन्छांै भन्दा उनीहरूले मानेनन्,’ उनले भने।  

ती व्यस्थापकका अनुसार आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित भएको छ। अत्यावश्यक सेवामा हडताल गर्न नपाउने कानुनी प्रावधान भएपनि कर्मचारीले त्यसलाई अटेर गरेको उनले बताए। ‘हामीले पनि काम गर्न पाउनुपर्छ। बिरामीलाई अस्तपालमा आउनै नदिने, चिकित्सकलाई बिरामीको स्वास्थ्य परीक्षण गर्नै नदिने, सबै काममा अवरोध खडा गर्दा राम्रो हुँदैन। अस्पतालमा लामो समय काम गर्न रोक्ने, तर, तलब र सेवासुविधा देऊ मात्र भनेर हुँदैन,’ उनले भने, ‘अत्यावश्यक सेवामा हडताल गर्न पाइँदैन भन्ने पनि थाहा पाउनुपर्छ। काम गर्न रोक्ने, तर सेवा लेऊ मात्र भनेर हुँदैन।’ सस्तोमा स्वास्थ्य सेवा पाउने बिरामी अहिलेको आन्दोलनबाट प्रभावित भएको उनले बताए।

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मणिपाल कलेज अफ मेडिकल साइन्सअन्तर्गत पोखराको दीप र फूलबारीमा यसका पूर्वाधार छन। २०५० देखि नै यसले एमबिबिएसमा अध्यापन सुरु गरेको थियो। त्योसँगै २०५४ देखि ७ सय ५० शड्ढयाको शिक्षण अस्पताल पनि सञ्चालन गरेको थियो। यसले बर्सेर्नि एकसय जना विद्यार्थीलाई एमबिबिएस पढाउँदै आएको छ। त्यसबाहेक एमडी र नर्सिङमा पनि अध्यापन गराउँदै आएको छ। मणिपालमा अहिले झन्डै ११ सय कर्मचारी कार्यरत छन्।  

आन्दोलनको चपेटामा मणिपाल

मणिपाल शिक्षण अस्पतालमा यो पटक मात्र आन्दोलन भएको होइन, कहिले मजदुर, त कहिले चिकित्सकले त्यहाँ पालैपालो आन्दोलन गर्छन। आन्दोलनका कारण महिनौंसम्म मणिपालको सेवा प्रभावित हुने गरेको छ। यस्तै आन्दोलनका कारण पोखराको पाँचतारे होटल फूलबारी रिसोर्ट सधैंका लागि बन्द भएजस्तै मणिपाल शिक्षण अस्पताल पनि प्रभावित हुने हो कि भन्ने चिन्ता पोखरेलीको छ।

स्वयं आन्दोलनरत पक्ष पनि संस्था अब्बल हुँदाहुँदै पनि विभिन्न कारण देखाएर मजदुरलाई सेवाबाट बञ्चित गरेकोले बारम्बार आन्दोलन हुने गरेको बताउँछन। ‘आन्दोलन हाम्रो रहर होइन, संस्था धराशायी र कमजोर भएको भए हामीले पनि विचार गर्दथ्यौ। तर, त्यो अवस्था छैन,’ अध्यक्ष पौडेल भन्छन्, ‘तर, कारणबिना नै मजदुरलाई सेवा दिन व्यस्थापन कहिल्यै तयार भएन।’ सहमति अनुसार सेवा र सुविधा दिनमा व्यवस्थापन पक्ष तयार भए आन्दोलन गर्न बाध्य नहुने उनले बताए।  

व्यस्थापन पक्ष भने विभिन्न राजनीतिक दलको कार्ड फ्याकेर मजदुर आन्दोलन हुँदा त्यसले संस्थालाई कमजोर बनाउने बताउँदै आएको छ। एकजना व्यवस्थापक भन्छन्, ‘सधैं राजनीतिक दलको कार्ड देखाएर आन्दोलन गरेर मात्र हुँदैन। संस्था बचाउनका लागि पनि केही योगदान हुनुपर्छ। नत्र फूलबारी रिसोर्टको जस्तै अवस्था नहोला भन्न सकिन्न। फूलबारी बन्द हुँनुमा एउटा मुख्य कारण मजदुर आन्दोलन हो।’ संस्था जोगिए मजदुर पनि जोगिन्छन् भन्ने कुरामा ध्यान दिनुपर्ने उनले बताए।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१४ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस