मैवाखोलाको घोषण: पालिकाभित्रकै एकजना डाक्टर, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
१० असार २०७९
•
३ मिनेट पाठ
मैवाखोलाको घोषण: पालिकाभित्रकै एकजना डाक्टर, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ५ वर्षभित्र पालिकाभित्रकै एकजना व्यक्तिलाई एमबिबीएस डाक्टर बनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले छात्रवृत्ति दिएर ५ वर्षभित्र एकजनालाई डाक्टर पढाउने र उसले कम्तिमा ५ वर्षसम्म पालिकाको प्रमुख स्वास्थ्य संस्थामा बसेर सेवा दिनुपर्ने सर्त अघि सारिएको छ।




पालिका अध्यक्ष बिजयप्रकाश वनेमले बिहीबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। गाउँपालिकाले महिनामा एक पटक पालिकाभित्रका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुका घरमै पुगी प्राथमिक स्वास्थ्य परीक्षण तथा औषधोपचार गर्ने घोषणा गरेको छ। पालिकाले निःशुल्क रुपमा पाइने औषधिको किट समेत प्रदान गर्ने भएको छ।

‘पालिकाले ’हाम्रै अस्पताल, हाम्रै डाक्टर’ भन्ने नारा तय गर्दै प्राथमिक स्वास्थ्य केन्द्र ढुङ्गेसाँघुमा एकजना एमबिबीएस डाक्टर अनिवार्य रुपमा रहने प्रवन्धको घोषणा गरेको छ। पालिकाको एम्बुलेन्समार्फत गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म निःशुल्क रुपमा पुर्‍याउने पालिकाले घोषणा गरेको छ।

पालिकाले मदन भण्डारी रंगशालालाई गौरवको आयोजनाको रुपमा घोषणा गर्दै रंगशालाको बाँकी निर्माण कार्य पूरा गर्न संघ र प्रदेश सरकार समक्ष प्रस्ताव पेश गर्ने भएको छ। शिक्षक, विद्यार्थी तथा अभिभावकसँग जनप्रतिनिधि अभियान सञ्चालन गरी पालिकाभित्रको शैक्षिक अवस्थामा गुणस्तरीय सुधारको अभियान थाल्ने, मैवाखोला मावि ढुङ्गेसाँघुलाई नमूना माविको रुपमा विकास गर्ने पालिकाले घोषणा गरेको छ।

एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने घोषणा गरेको पालिकाले औद्योगिक ग्राममार्फत स्थानीय उत्दान र उद्यम विकासलाई प्राथमिकता दिने भनेको छ। गाउँपालिकाभित्र रहेका जग्गाविहीन सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्दै लगिने पालिकाले घोषणा गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, सबै स्वास्थ्य संस्था र सबै सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याउने पालिकाले घोषणा गरेको छ।

लैंगिक विभेद तथा जातीय छुवाछुत र भेदभावलाई न्यूनीकरण गर्ने अभियान सञ्चालन गर्ने पालिकाले बताएको छ। पालिकाभरीका पर्यटकीय स्थलको पहिचान गर विस्तृत सम्भाव्यता अध्ययन तथा स्थलत सर्भे गरी प्रमुख पर्यटकीय स्थलको एकीकृत डिजाइन तथा सूची तयार गर्ने पालिकाले भनेको छ। नेपालमा पाइने ३२ मध्ये २८ प्रकारका लालीगुराँस पाइने क्षेत्रलाई गुराँस अध्ययन क्षेत्रको रुपमा विकास गर्ने पालिकाले भनेको छ।

पालिका क्षेत्रका मुख्य-मुख्य बजार क्षेत्र, ग्रामीण क्षेत्र र सघन बस्ती पहिचान गरी ति क्षेत्रबाट नसड्ने फोहोरमैला व्यवस्थापन गर्न डम्पिङ साइट बनाउने पालिकाले नीति प्रस्तुत गरेको छ। पालिकाभित्र रहेका सबै लघु जलविद्युत् दीगो र भरपर्दो बनाउने तथा पालिका क्षेत्रभर राष्ट्रिय प्रसारण लाइनकै विद्युत् व्यवस्थापनका लागि पालिकाले उच्च पहल लिने घोषणा गरेको छ।  

मैवाखोलाको बजेट ३७ करोड बढी  

गाउँपालिकाले आगामी आवका लागि कूल ३७ करोड ५४ लाख २२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले आगामी आवका लागि बजेट प्रस्तुत गर्द नीति तथा कार्यक्रम अनुसारनै बजेट विनियोजन भएको जानकारी दिइन्। सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्नेगरी गाउँपालिकाले बजेट बनाएको उपाध्यक्ष गाउँपालिका लिम्बूले जानकारी दिइन्।

मैवाखोला गाउँपालिकाको ११ औं गाउँसभाले नीति तथा कार्यक्रम र विनियोजन विधेयक सर्वसम्मतले पारित गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभाका सदस्य सचिव देवीप्रसाद तुम्बापोले जानकारी दिए।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१३ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस