सरकारले नेपालबाट उन्मुलन हुँदै गएको दाबी गरेको कालाजारका रोगी पछिल्लोपटक उदयपुरमा देखा परेका छन्। सानोखाले लामखुट्टे (भुसिना)को टोकाइबाट सर्ने कालाजार रोग केही वर्षयता उन्मुलन गर्ने अभियान चलिरहेका बेला यहाँका चार जनामा पुष्टि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ताप्ली गाउँपालिकामा १ बालिका र १ वयस्क तथा त्रियुगामा १ युवा र रौतामाईमा १ वयस्कमा कालाजार पुष्टि भएको छ। त्रियुगा नगरपालिका १२ डिएमगेटका १८ वर्षीय मोहम्मबद सर्तार अली, ताप्ली गाउँपालिका ५ रुपाटारका ११ वर्षीया शेसुका राई र ६२ वर्षीय कलबहदुर खिलिङ्गे तथा रौतामाई गाउँपालिका ५ आँपटारकी ५० वर्षीया अरिरत्ना राईमा कालाजार पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासका अनुसार त्रियुगाका सर्तार अलीमा भएको कालाजार वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गत चैतमै पुष्टि गरेको हो। अहिले उनको उपचार भइरहेको दासले बताए। त्यस्तै रौतामाईका अरिरत्ना राईमा कालाजार भएको पुष्टि पनि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले नै गरेको उनको भनाइ छ। ताप्लीका बालिकामा कालाजार भएको पुष्टि कान्ति बाल अस्पताल महाराजगञ्जले गरेको हो भने ताप्लीकै पुरुषमा कालाजार भएको कुराको प्रमाण ट्रपिकल तथा सरुवा रोग अस्पताल त्रिपुरेश्वरले गरेको दासले बताए।
उनीहरुलाई कालाजार पुष्टि भएपछि उपचार र संक्रमण हुन नदिन स्वास्थ्यले थप कदम चालेको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी चिरञ्जिवी निरौलाका अनुसार त्रियुगा १२ का कालाजार रोगी अलीको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छिमेकी र आफन्तहरु ३१ जनाको स्वास्थ्य जाँच गरिएको छ। जनकपुर क्षेत्रीय स्वास्थ्य कार्यालयबाट आएका कालाजार परीक्षण संयोजक डा. रामनारायण पण्डित नेतृत्वको प्राविधिक टोलीले गरेको परीक्षणको रिपोर्ट सबै नेगेटिभ आएको छ।
डिएमगेटको परीक्षणपछि जनकपुरका प्राविधिकसँग उदयपुर स्वास्थ्य कार्यालयका प्राविधिक समेत खटाइएको संयुक्त टोली कालाजार रोगी देखा परेका रौतामाई र ताप्ली गाउँपालिकातर्फ पठाइएको छ। त्यहाँका बिरामीको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका आफन्त तथा छिमेकीहरुको स्वास्थ्य परीक्षण गर्न त्यसतर्फ टोली पठाइएको स्वास्थ्य कार्यालयका ल्याव ईन्चार्ज लौकाजी राईले बताए।
यसअघि पनि ताप्ली ५ कै एक बालकमा कालाजार पुष्टि भएको र उपचारपछि निको भएको जनाइएको छ। भुसिनाको टोकाइबाट सर्ने सरुवा रोग कालाजारको सुरुवाती चरणमै पहिचान गर्न सके उपचार गर्दा चाँडै निको हुने दास बताउँछन्। हल्का ज्वरो आउने, कमजोरी महसुस हुने, भोक नलाग्ने र निकै दिनपछि तीव्र ज्वरो आउने र रक्तअल्पता तथा छाला कालो हुँदै जाने तथा पेट फुल्ने हुनु कालाजारका लक्षण हुन्। यसबाट बँच्न साँझपख उड्ने भुसिनाबाट बँच्नु नै उत्तम उपाय भएको चिकित्सकहरुको भनाइ छ।