सुर्तिजन्य पदार्थ क्यान्सरको मुख्य स्रोत भएको यहाँका सरोकारवालाहरुले बताएका छ्न्। ‘विश्व धुम्रपान दिवस’को अवसरमा गाईघाटमा मंगलबार आयोजित एक कार्यक्रममा सहभागीहरुले नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक ८५ प्रतिशत विरामी क्यान्सर रोगबाट पीडित हुने गरेको तथ्यांक पेश गरेका हुन्।
नेपाल अर्वुद्ध रोग निवारण संस्था उदयपुरले स्थानीय रामजानकी माध्यमिक बिद्यालय मोतिगडामा आयोजना गरेको ‘सुर्तिजन्य पदार्थ र वातावरण’ विषयक अन्तरक्रियामा प्रस्तुत तथ्यांकले सुर्तिजनय पदार्थ क्यान्सरको मुख्य स्रोत भएको प्रमाण देखाएको हो। संस्थाका पुर्व केन्द्रीय सदस्य निगमकुमार कोईरालाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै यस्तो तथ्यांक पेश गरे।
उनका अनुसार क्यान्सर लाग्नुको कारणमध्ये १५ प्रतिशत वंशानुगत र अन्य कारण भएको र बाँकी सबै सुर्तिजन्य पदार्थको सेवा र प्रयोगबाट हुने गरेको पाइएको छ। वार्षिक २७ हजार बढी मानिसको सुर्तिजन्य पदार्थबाट मृत्यु हुने गरेको उनको भनाई छ। त्यस्तै विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तिजन्य पदार्थको सेवनले हुने गरेकोमा जसमध्ये ७० लाख प्रत्यक्ष सुसर्तजन्य पदार्थको सेवन र १२ लाख उनीहरुसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरले मृत्यु हुने तथ्यांक पनि कोईरालाले पेश गरे।
अन्तरक्रियामा सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानुन र निर्देशिका बनेर लागू भईसकेको बताए। उतले सुर्तिजनय पदार्थको असर न्यूनिकरण गर्न बनेको कानुन र नीति नियमको पालना गर्न नसक्दा वर्षेनी स्वास्थ्यमा असर खेप्नु परेको अवस्था सुनाए। सबैको स्वास्थ्य सुरक्षा गर्न र सुर्तिजन्य पदार्थ सेवनकर्ताको दरमा कमी ल्याउन सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने पोखरेलको भनाई थियो।
त्यसैगरी जिल्ला प्रहरी प्रवक्ता डिएसपी सन्तोष आचार्यले यस्तो भयावह अवस्थाको न्यूनिकरणका लागि विद्यमान सार्वजनिक क्षेत्रमा सुर्तिजन्य पदार्थको प्रयोग गर्न नपाउने नियमलाई घरमासमेत लागू गर्नुपर्ने बताए। ध्ुम्रपान दिवसलाई वर्षैभरी अभियानको रुपमा सञ्चालन गर्न समे सुर्तिजन्य पदार्थबाट हुने नोक्शानीमा कमी ल्याउन सकिने उनको अपेक्षा छ।
कार्यक्रममा उदयपुर अस्पताल प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. मुकेश झाले सुर्तिजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग र मधुमेह जस्ता भयंकर रोगहरु लाग्ने बताए। उनले त्यसैले यस्ता रोगहरुबाट बँच्न सुर्तिजन्य पदार्थको प्रयोग आफु नगर्न र अरुलाई पनि गर्न नदिन सचेतना अपनाउनुपर्नेमा डा. झाको जोड थियो। सुर्तिजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभई वातावरणमा पनि उत्तिकै असर गर्ने भएकाले यसलाई त्याग्न उनको सुझाव थियो।
पूर्वमन्त्री हरिशंकर परियारले धुम्रपानको रोकथाम र नियन्त्रण गर्न सामाजिक संघ संस्था, शिक्षक, अभिभावक, विद्यार्थी र युवालाई परिचालन गर्न सुझाए। प्रत्येक विद्यालयका विद्यार्थी र टोलटोलका युवालाई समेटेर धूम्रपान निषेध अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो।
रामजानकी माविका प्रधानाध्यापक पुन्यबहादुर कार्कीले अभियानलाई कार्यान्वयनको चरणसम्म लैजानुपर्ने बताए। टोलटोलमा सुर्तिजन्य पदार्थको असरबारे सर्वसाधारणलाई सचेत गराउन सके यस्ता भयंकर रोगबाट केही हदसम्म भए पनि बचाउन सकिने कार्कीको बुझाई थियो। त्यसका लागि आफुले विद्यालयको तर्फबाट विद्यार्थी, अभिभावक र शिक्षकहरु स्वयं परिचालन गर्न उनको प्रतिबद्धता थियो।
आयोजक संस्थाका अध्यक्ष लेखबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, सचिव सुमन परियार र सदस्य बंशबहादुर कार्कीलगायतले सुर्तिजन्य पदार्थले मानव स्वास्थ्य र वातावरणमा गर्ने हानी नोक्शानीबारे सचेत गराउन सामुहिक अभियान चलाउनुपर्नेमा जोड दिएका थिए। उनीहरुले पछिल्लो समय धुम्रपानको चलन युवा पींढीमा बढ्दै गएको पाइएको भन्दै त्यसलाई नियन्त्रण र न्यूनिकरण गर्न बालबालिकादेखि नै सचेत गराउन अभिभावक, शिक्षक र युवा विद्यार्थीले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।