जीवन बचाउन रक्तदानमा रमाउनेहरू
२७ चैत्र २०७८
•
५ मिनेट पाठ
जीवन बचाउन रक्तदानमा रमाउनेहरू
जिल्लामा सञ्चालन भएको कार्यक्रममा रक्तदान गरिँदै। तस्बिर: नागरिक
नीलकण्ठ नगरपालिका वडा नं ३ सुगमटोलका किरणकुमार श्रेष्ठले ४७औँ पटक रक्तदान गरिसकेका छन्। वि.स.२०६३ सालदेखि निरन्तर रक्तदान गर्दै आइरहेका उनले नियमित रक्तदानदेखि तत्कालै रगत आवश्यक परेका सुत्केरी, बिरामी तथा दुर्घटनाका घाईतेलाई रगत उपलब्ध गराएका छन्। उनले भने, ‘सुरुमा शरीरबाट रगत निकाल्दा लडिन्छ कि, कमजोर हुन्छु की भन्ने लाग्थ्यो अहिले मैले दिएको रगतले अरुको ज्यान बच्दा आनन्द आउँछ।’




रक्तदानलाई नै संस्कृति बनाएका उनी रक्तदाता मात्र होइनन्, अरूलाई रक्तदान गर्न प्रेरणा दिने व्यक्ति पनि हुन्। अरूलाई हौसला दिने मात्र होइनन्, परोपकारी मन भएका प्रेरणाका स्रोतका रुपमा चिनिएका छन्। जिल्लामा रगत अभाव भइरहेको समयमा समेत आफ्नो जन्मदिनको अवसर पारेर दुई वर्ष अघि आफैले रक्तदान कार्यक्रमको आयोजना गरेका थिए। त्यतिबेला जिल्लामै सबैभन्दा धेरै १ सय ९२ जनाले रक्तदान गरेका थिए। अहिले त्यो रेकर्ड ब्रेक भइसकेको छ। ‘व्यक्ति अनुसार खुसी हुने तरिका फरक हुन्छ। हामीलाई रक्तदानमै खुसी मिल्छ’, उनले भने।

किरणका परिवारका अन्य सदस्यहरु पनि रक्तदानमा उत्तिकै सामेल छन्। रक्तदान गरेको २५औँ दिनमा समेत इमरजेन्सी रगत दिएको अनुभव उनको छ। उनले भने, ‘रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन बरू एक हिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ, कसैको ज्यान जोगाउन डाक्टर नै हुनपर्दछ भन्ने पनि छैन।’ नेपाल रेडक्रस सोसाइटी धादिङको आकस्मिक रक्तदान कार्यक्रममा उनले धेरै पटक रगत दिइसकेका छन्। बिरामी, सुत्केरी तथा दुर्घटनाका घाईतेहरुलाई तत्काल रगत आवश्यक परेको समयमा तुरुन्तै आकस्मिक कक्षमा आइहाल्छन्।

धादिङबेसीका नारायणकुमार श्रेष्ठ पनि नियमित रक्तदाताका रुपमा चिनिन्छन्। संघसंस्था तथा अन्य निकायले गर्ने रहेक रक्तदान कार्यक्रममा सहभागी हुन्छन्। आफ्ना साथीहरूलाई पनि रक्तदान गर्न होस्याउने उनले अहिलेसम्म ५१ औँ पटक रक्तदान गरिसकेका छन्। वि. स. २०५४ साल पुस २७ मा पहिलो पटक रक्तदान गरेका उनले रक्तदान गर्न हरेक व्यक्तिलाई प्रेरित गरिरहेका हुन्छन्। ‘केही साथीहरू रगत दिन मान्दैनन्, रक्तदान गर्न जाउँ भन्यो भने के–के बहाना बनाउँछन्, केहीलाई कमजोर हुन्छु भन्ने छ, केही डराउँछन् केहीले बुझ्दैनन्, दुब्लो छु, भनेर बहाना गरेर आग्रह टार्छन्’ उनले सुनाए।

रगत हाम्रो शरीरका लागि नभई नहुने पदार्थ हो। यसको कुनै देश, जाति, राज्य र धर्म हुँदैन। मैले दिएको रगतले कसैको ज्यान बच्छ भने हाँसीखुसी दिन तयार हुनुपर्ने तर्क उनी राख्छन्। ‘जीवन महत्वपूर्ण हुन्छ, हाम्रो सहयोगले कसैको जीवन जोगिन्छ भने किन रक्तदान नगर्ने, सबैले रक्तदान गर्नुपर्ने कुरामा यसरी जोड दिन्छन्। उनले भने, ‘रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाउन सक्छन्, एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाउन सक्छ र समाजले अकालमै कोही सदस्य गुमाउन नपर्ने वातावरण बन्न सक्छ।’ 

रक्तदानलाई जीवनदान भन्ने गरिन्छ। धेरै मानिस रक्तदान भन्ने बित्तिकै डराउने गर्दछन्। तर पछिल्लो समय महिलाहरू पनि यस कार्यमा सक्रिय भएर लागेका छन्। अधिवक्ता तोलाकुमारी पाठक पनि नियमित रक्तदाता हुन्। उनले २३ औँ पटक रक्तदान गरिसकेकी छन्। १२ वर्षअघिदेखि रक्तदान गर्न सुरु गरेका उनले सुत्केरी, दुर्घटनामा परेका व्यक्तिहरुलाई दिने गरेको बताइन्। ‘हाम्रो सानो सहयोग कसैका लागि ठूलो योगदान बन्छ भने किन सहयोग नगर्ने?’ उनले भनिन्।  

आफूहरूको स–सानो सहयोगबाट मान्छेहरूको मुहारमा हाँसो ल्याउन सक्ने बताउँछिन। पहिलो पटक रगत निकाल्दा डर लागेको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘रगत दिदाँ केही हुँदैन, रगत त समयसमयमा दिन सकिन्छ। आफूसँग भएको कुरा किन नदिने?’ स्वास्थ्य स्थिति, महिनावारी लगायतका प्राकृतिक समस्याका कारण पुरुषको तुलनामा महिलाहरुले कमै रक्तदान गर्ने गर्छन। तर पछिल्लो समय रक्तदान गर्न महिलाहरुको पनि सक्रियता बढेको छ।

स्वस्थ मानिसको शरीरमा पाँचदेखि ६ लिटरसम्म रगत हुने बताइन्छ। रगत नभएमा मस्तिष्क चार मिनेट र मुटु ६ घन्टामा निष्क्रिय हुन्छ। आवश्यकताअनुसारको रगत शरीरले उत्पादन गरिरहेको हुन्छ। रक्तदानपछि शरीरमा रगतको परिणाम वा प्लाज्माको मात्रा २४ घन्टाभित्रमै परिपूर्ति हुन्छ। मानव शरीरबाट निकालिएको रगतलाई प्लास्टिकका पोकाहरूमा संकलन गरिन्छ। संकलन गरिएको रगतलाई जम्न नदिन केमिकलहरूको प्रयोग गरिएको हुन्छ। त्यस्ता पोकामा चार सय ५० मिलिलिटर रगत जम्मा गर्न सकिन्छ। यसरी जम्मा गरिएको रगतलाई सीपीडीए एन्टिकोएगुलेनट सलुसनमा राखी न्यूनतम २–४ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गरिने हो भने ३५ दिनसम्मका लागि काम लाग्छ।

ब्लड बैंकले समय समयमा रक्तदान कार्यक्रम आयोजना गर्छ। नेपाल रेडक्रस सोसाइटी धादिङसँग समन्वय गरेर जिल्लामा विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेका छन्। जिल्लामा २०६८ साल भदौ २७ गतेदेखि ब्लडबैंकको स्थापना भएको हो। हालसम्म १३ हजार पाँच सय युनिट रगत जम्मा गरिएको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायण तिमिल्सीनाले जानकारी दिए। उनले भने, ‘गतवर्ष कोरोनाको समयमा २८ सय यूनिट रगत जम्मा भएको थियो, यो वर्ष ४ हजार जम्मा गर्ने लक्ष्य राखेका छौँ, एकपटकको कार्यक्रममा झन्डै पचासदेखि दुई सय युनिटसम्म ब्लड उठ्ने अपेक्षा राखेका हुन्छौं।

धादिङ घर भएका व्यक्तिहरुलाई डाक्टरको सिफारिसका आधारमा केन्द्रिय रक्तसंचार केन्द्र काठमाडौँ र धादिङको रक्तसंचार केन्द्रबाट पूर्ण रुपमा नि:शुल्क रगत प्रदान गर्दै आइरहेको छ। यो कार्यका लागि जिल्लाका स्थानीय तहहरुले समेत सघाएको छ। रक्तदानप्रति मानिसहरूको सोचाइमा परिवर्तन हुँदै आएको तिमिल्सीनाले बताए। उनले भने, ‘रक्तदान गर्नेहरू पहिलेभन्दा बढ्दै गएका छन्, पहिले डराएर विभिन्न बाहाना बनाउनेहरु अहिले हासीखुसी रगत दिन्छन्।’ रक्तदानसम्बन्धी जानकारी नहुँदा कतिपयले चाहेर पनि रक्तदान गर्न पाएका छैनन्। यसको बारेमा सचेतिकरणको आवश्यक रहेको उनले बताए।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस