मधुमेहः परीक्षण मै हिचकिचाहट
१४ चैत्र २०७८
•
५ मिनेट पाठ
मधुमेहः परीक्षण मै हिचकिचाहट
पोखराको लेखनाथ क्षेत्रमा मधुमेह परीक्षण गरिँदै। तस्बिरः नागरिक
पोखरा महानगरपालिका–२६, बिजयपुरकी विष्णुकुमारी श्रेष्ठ, ५९, ले मधुमेहको औषधि खान थालेको झन्डै दशक हुन थाल्यो। मधुमेहको लक्षणसँग मिल्दोजुल्दो समस्या देखिएपछि परीक्षण गराउँदा उनमा मधुमेह पुष्टि भएको थियो। त्यसपछि उनले औषधि खान थालेकी हुन्।  




‘मधुमेहको औषधि खान थालेको झन्डै एकदशक हुन थाल्यो। अब त बाचुन्जेल खानुपर्ने होला,’ श्रेष्ठले भनिन। श्रेष्ठ जस्ता ग्रामिण क्षेत्रमा धेरै पाको उमेरका सर्वसाधारण मधुमेहका बिरामी छन। कतिपयले परीक्षण गराएर औषधि सेवन गर्छन भने कतिपयले परीक्षण गराउन समेत झन्झट मान्छन। स्वास्थ्य स्वयंसेविकाका अनुसार नियमित औषधि खानुपर्ने झन्झटले कतिपयले मधुमेह परीक्षण गराउन चाहन्नन्।

स्वास्थ्यकर्मीका अनुसार पछिल्लो समय मधुमेह रोग भित्रभित्रै फैलिरहेको छ। तर, धेरैले परीक्षण गराउँदैनन। रोग पुष्टि भएमा नियमित औषधि खानुपर्ने भन्ने डर उनीहरुमा हुने गरेको छ। पोखरा–२६ विजयपुरकी सुलोचना रानाभाट भन्छिन, ‘केही समय अघि हामी गाउँका एउटा समुह मधुमेह परीक्षण गराउन गयौ। हामी झन्डै २० जना थियौ। ती मध्ये केही महिलामा मधुमेह पुष्टि भयो।’  

रानाभाटका अनुभवमा गाउँका बासिन्दा हत्तपत्ति परीक्षण गराउन चाहन्नन। शारिरिक समस्या नथपिएसम्म रक्तचाप, मधुमेहलाई सामान्य रुपमा लिने गरेको उनले बताईन। ‘केहीगरि मधुमेह भएको पुष्टि भएमा बाचुन्जेल औषधि खानुपर्ने भन्ने त्रासमा गाउँले छन्। त्यही भएर परीक्षणमा पनि रुची राख्दैनन,’ उनले भनिन।  

स्वास्थ्य स्वयंसेविका पनि मधुमेहबारे समाजमा अझै भ्रम रहेको बताउँछन्।  पोखरा महानगरपालिका–३२ की स्वास्थ्य स्वयंसेविका समुन्द्रा अधिकारी मधुमेह परीक्षणमा गाउँलेहरु हत्तपत्ति रुची राख्दैनन। अधिकारी भन्छिन, ‘लक्षण देखिएपछि केहीले मधुमेह भएको हो की भनेर आशंका गर्न थाल्छन, कतिपयले वेवास्ता नै गर्छन। जब समस्या बल्झिँदै जान्छ, त्यसपछि मात्र परीक्षण गराउन पुग्छन। ढिलागरि परीक्षण गराउँदा जोखिम निम्तिन सक्छ।’
उनको बुझाईमा ग्रामिण क्षेत्रका बासिन्दाले मधुमेहबारे सुरुवाती चरणमा हत्तपत्ति थाहै पाउँदैनन। ‘मधुमेहले उनीहरुलाई सिकिस्त बनाइसकेको हुन्छ। तर, पत्तै पाउँदैनन,’ उनले भनिन, ‘थाहा भएपनि केही हेलचेक्रयाँइ गर्छन। तर धेरैले त मेसो नै पाउँदैनन।’ पछिल्लो समय मधुमेहबारे प्रचारप्रसार सुरु भएको छ। त्यसले गर्दा सर्वसाधारण जनता केही सचेत बनेपनि हत्तिपत्ति उनीहरुलाई लामो समयदेखिको बानि बदल्न गाह्रो हुने गरेको उनले बताईन। ‘अरुजस्तो तत्कालै ज्यानै नजाने रोग भएकोले होला, मधुमेहलाई धेरैले वेवास्ता गर्छन। तर, वेवास्ता गर्नु आफ्नै लागि घातक हो,’ अधिकारीले भनिन्।  

स्वास्थ्यकर्मीका अनुसार मान्छेको जीवनशैलीमा आएको परिवर्तन र फेरिएको खानपिनका कारण मधुमेहको जोखिम बढ्दो छ। गुलियो र नुनिलो धेरै खानु, चिल्लो र बोेसोयुक्त खानपिन तथा अत्याधिक कार्बाेहाइड्रेटयुक्त खानेकुराका कारण मोटोपन बढिरहेकोले मधुमेह महामारीको रुपमा फैलिदै गएको उनीहरु बताउँछन्।  

उनीहरुका अनुसार पेटमा रहेको प्यानक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुने इन्सुलिन हार्मोनको अनियमितता हुँदा मधुमेह रोग लाग्छ। इन्सुलिनले चिनी अर्थात कार्बाेहाइड्रेटलाई पचाउने काम गर्छ। रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्नेगर्छ। तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ वा कम हुन्छ तब रगतमा चिनीको मात्रा बढ्न थाल्छ। प्यानक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनीको मात्रा बढ्छ र मधुमेह रोग लाग्छ।  

पोखरा महानगरपालिका–३२ की अर्की स्वास्थ्य स्वयंसेविका देवका तिवारी पनि गाउँमा मधुमेहका बिरामी धेरै भेटिन थालेको बताउँछिन। ‘कतिपयले औषधि खाएका छन। एकपटक औषधि खाएपछि दैनिक खानुपर्छ भनेर डराउने धेरै छन,’ तिवारी भन्छिन, ‘सधैं औषधि खानुपर्ने भनेर झन्झट मान्छन। त्यसैले हत्तपत्ति खान चाहँदैनन्।’ तिवारी आफै मधुमेहकी बिरामी हुन्। उनले विगत एकवर्षदेखि औषधि खाईरहेकी छिन।  

स्वास्थ्यकर्मीका अनुसार मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु, पटकपटक पिसाब लाग्नु, पिसाबको मात्रा धेरै हुनु, बढी थकान महसुस गर्नु, शरीर कमजोर हुँदै जानु, खाना खाएपनि दुब्लाउदै जानु, भोक बढि लाग्नु, बारम्बार घाउखटिरा आउनु र समयमा निको नहुनु लगायतका समस्या मधुमेहका बिरामीमा हुन्छन।  
स्वास्थ्यकर्मीका अनुसार मधुमेह(टाइप १) प्राय ८ देखि १४ वर्षका व्यक्तिमा देखा पर्दछ। यस्ता बिरामीहरुलाई बाँच्नको लागि इन्सुलिन नै चाहिने भएकोले यिनीहरु जीवनभर इन्सुलिनमा आश्रित हुन्छन्। दोश्रो प्रकारको मधुमेह(टाइप २) मधुमेह सामान्यतया ४० बर्षको उमेर कटेका व्यक्तिमा देखिन्छ। नेपालमा टाइप २ मधुमेहको भार उच्च भेटिएको छ।  

मधुमेहको क्षेत्रमा पोखराका २६ देखि ३३ वडासम्म नेपाल विकास समाजले सचेतनाका काम गरिहहेको छ। समाजकी कार्यकारी निर्देशक डा. श्वेता कोइरालाका अनुसार समाजले केही वर्ष अघि गरेको अध्ययनले लेखनाथ क्षेत्रका २५ देखि ६४ वर्ष उमेर समुहमा ११.७ प्रतिशत व्यक्तिमा मधुमेहको समस्या देखाएको थियो। ‘मधुमेहको समस्या सहरी क्षेत्रमा मात्र नभई हिमाली भेगमा पनि बढिरहेको छ। केहीवर्ष अघिसम्म हिमाली भेगमा परीक्षण गराउँदा प्रत्येक एकसय जनामध्ये एकजनामा मधुमेहको समस्या थियो। त्यो संख्या बढेर अहिले ८ प्रतिशतसम्म पुगेको छ,’ उनले भनिन।  

‘हिमाली भेगमा समेत सहरी गतिविधि बढ्दा मधुमेहको जोखिम बढिरहेको छ। अरुतिरको त झनै डरलाग्दो अवस्था हो,’ डा. कोइरालाले भनिन, ‘सहरमा जानकार भएर पनि हेलचेक्रयाँइ बढिरहेको छ।’ सहरका बासिन्दा नसर्ने रोगबारे जानकार भएपनि वेवास्ता गर्ने उनले बताईन। ‘नियमित काममा रहेको, तत्काल कुनै शारिरिक समस्या नभएको भन्दै गाउँका बासिन्दाले बेवास्ता गरिरहेका छन,’ उनले भनिन, ‘जब असर बढ्दै गएर अरु अंगमा हानी गर्छ, त्यसपछि बल्ल थाहा पाउँछन। त्यो बेलासम्म ढिला भईसक्छ।’ नेपालमा मृत्यु भएका एकसय जनामध्ये ६० जना नसर्ने रोगबाट पीडित हुने गरेको विश्व स्वास्थ्य संगठनले केहीवर्ष अघि सार्वजनिक गरेको तथ्यांकमा उल्लेख रहेको कोइरालाले बताईन।  
अर्को समाचार
लेखनाथमा मधुमेहबारे सचेतना जगाउँदै नेपाल विकास समाज
१२ चैत्र २०७८
•
३ मिनेट पाठ
लेखनाथमा मधुमेहबारे सचेतना जगाउँदै नेपाल विकास समाज
नेपाल विकास समाजले साविक लेखनाथ नगरपालिकाको क्षेत्रमा मधुमेह रोगबारे सचेतना जगाउँदै आएको छ। गैरराजनीतिक र गैरनाफामूलक संस्था नेपाल विकास समाजले साविक लेखनाथ नगरपालिका र हालको पोखरा महानगरपालिका–२६ देखि ३३ सम्मका वडाहरुमा मधुमेह रोगबारे सचेतना जगाउने काम गरिरहेको हो।




समाजले मधुमेह के हो र यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा स्थानीयको घरगाउँमै पुगेर सचेतना जगाउने गरेको समाजका कार्यक्रम संयोजक पवित्रबाबु सोतीले जानकारी दिए। उनका अनुसार मधुमेह तीन फरक उमेर समूहलाई हुने गर्छ। वंशाणुगत मधुमेह ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई हुने गर्छ। त्यस्तै उमेर बढ्दै गएपछि हुने मधुमेह प्रायः ४० वर्षपछि र गर्भवती महिलालाई पहिलो तीनदेखि ६ महिनाको बीचमा हुनेगर्छ।

 सोतीका अनुसार मधुमेह व्यक्तिको आनीबानी र व्यवहारका कारण हुने गर्छ। मधुमेह बुढ्यौलीपन, खानपिनमा लापरवाही, विलाशी जीवनशैली, मानसिक तनाव आदिका कारण हुने गर्छ। गुलियो, नुनिलो खानेकुरा खानु, चिल्लो, बोसोयुक्त खानपिन र अत्यधिक कार्बोहाइड्रेडयुक्त खानेकुरा खाँदा मोटोपन हुने र सोहिकारण मधुमेहका रोगी बढिरहेको उनले बताए।
मधुमेह लागेका व्यक्तिहरुलाई बारम्बार पिसाब लाग्ने, मुख सुख्खा हुने, बढी तिर्खा लाग्ने, थकान बढी लाग्नु, शरीर कमजोर हुने, जति खाएपनि शरीर दुब्लाउँदै जानु, भोक लागिरहनु, बारम्बार घाउखटिरा आउनु र समयमा निको नहुनु, गुप्ताङ्ग चिलाउनु, दृष्टि धमिलो हुनु, हातगोडा झमझमाउनुलगायतका लक्षण देखिने सोतीले जानकारी दिए।

लेखनाथ क्षेत्रलाई आधार बनाएर मधुमेह लगायतका नसर्ने रोगहरुबाट बच्न पूर्व प्राथमिक सावधानी अन्तर्गत विद्यार्थी जीवनकालमै शिक्षा दिने, प्राथमिक सावधानी अन्तर्गत सम्भावित जोखिमबारे स्वास्थ्य प्रवर्द्धन गर्ने, तेश्रो चरणमा सम्भावित जोखिमयुक्त वर्गलाई स्वास्थ्य जाँच गराउनेदेखि शारीरिक अभ्यासलगायतका क्रियाकलापमा सहभागि गराउने लगायतका काम गरेको उनले बताए ।

त्यस्तै रोग लागिसकेकालाई पक्षघात, मस्तिष्कघात लगायतका सम्भावित जोखिमबाट जोगाउन नियमित औषधि सेवनका लागि अभिप्रेरित गर्नका लागि सचेतना जगाउने काम गरिरहेको उनले बताए। सचेतना जगाउनका लागि विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र स्वयम्सेविकालाई तालिम दिनेदेखि मधुमेह जाँच्ने उपकरणसम्म दिइएको सोतीले जानकारी दिए।

विश्वमा मधुमेहबाट ५३ करोड ७० लाख मानिस प्रभावित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ  उसले सन २०३० सम्ममा यो संख्या बढेर ६४ करोड ३० लाख पुग्ने प्रक्षेपण गरेको सोतीले जानकारी दिए। नेपालमा ९ लाख बढी मधुमेहका रोगी रहेको अनुमान गरिएको उनको भनाई छ। समाजले गरेको सर्भेक्षणमा लेखनाथमा २५ देखि ६४ वर्षको उमेर समूहमा ११ं७ प्रतिशतमा मधुमेहको समस्या पाइएको सोतीले बताए।
नेपाल विकास समाजले मधुमेहसँगै उच्च रक्तचाप, दीर्घदम, पाठेघरको मुखको क्यान्सर, फोहोर व्यवस्थापन लगायतको क्षेत्रमापनि काम गर्दै आएको सोतीले जानकारी दिए। त्यस्तै, कोभिडको समयमा रुपा गाउँपालिकामा हेल्मेट डाक्टर कार्यक्रम सञ्चालन गरिएको उनले बताए। जस अन्तर्गत चिकित्सकसहितको स्वास्थ्य सेवा घरघरमै पुगेर दिइएको थियो भने विरामीलाई आवश्यक औषधिसमेत घरमै पुर्‍याएर निःशुल्क सेवा दिइएको उनको भनाई छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस