सदरमुकामकाममा विभिन्न रोगको जाँचका लागि विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। आदर्श बहुद्देश्यीय सहकारी संस्थाले बिहीबार (भोलि) सदरमुकामस्थित अस्पताल लाइनमा शिविर सञ्चालन गर्न लागेको हो।
शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नसा, क्यान्सर र स्त्री रोग विशेषज्ञ झापाको बिएन्डसी अस्पतालले उपलब्ध गराउने भएको छ। धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेडियोलोजिस्टले शिविरमा सेवा दिने सहकारीका प्रमुख कार्यकारी अधिकृत सुदीप श्रेष्ठले जानकारी दिए।
उनका अनुसार शिविरमा दर्ता शुल्क ५० रुपैयाँ लाग्नेछ। विशेषज्ञ सेवा निःशुल्क हुनेछ भने औषधि, प्रयोगशाला, भिडियो एक्स–रेमा सहकारी सदस्य र तिनमा आश्रित परिवारले १० प्रतिशत छुट पाउने छन्। सेयर सदस्य नभएका सेवाग्राहीलाई औषधिमा ५ प्रतिशत र ल्याब, इसिजी तथा भिडियो एक्स–रेमा १० प्रतिशत छुट दिइने उनले बताए। ‘शिविरमा करिब १५ सय जनाले सेवा लिने अनुमान गरिएको छ,’ उनले भने, ‘इलाम अस्पताल र नेपाल परिवार नियोजन संघले पनि शिविरका लागि सहयोग गर्नेछन्।’
सहकारीले अस्पताल लाइनमा पोलिक्लिनिकसमेत स्थापना गरेको छ। १ करोड १२ लाख हाराहारी रकम खर्चेर आधुनिक प्रविधिसहितको पोलिक्लिनिक सुरु गर्न लागेको श्रेष्ठले बताए। ‘पोलिक्लिनिकमा अत्याधुनिक प्रविधिसहित विशेषज्ञ चिकित्सकको सेवा पाइने छ,’ उनले भने, ‘संस्थाका सेयर सदस्य र सर्वसाधारणसमेतले यहाँ निश्चित छुट सुविधा पाउने छन्।’