केही समय अघिसम्म कोभिडविरुद्धको खोप पाउन मारामार हुने गरेकोमा अहिले कसैलाई चाहिन छाडेको छ। सेवाग्राहीले खोप नपाउँदा अस्पतालका डा. स्वास्थ्यकर्मी र जनप्रतिनिधिप्रति आक्रमणसम्म भएको घट्ना खाटा बसिसकेको छैन तर, अहिले भने कसैलाई खोप चाहिएको छैन।
खोप वितरणमा झमेला भएको, आफन्त र नातागोतालाई प्राथमिक्ता दिएको भन्ने मात्र आरोप नलागेर सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरुले बेचेकोसम्म लान्छना त्यतिबेला लाग्यो। तर, अहिले कोही खोप लाउनै आउन छाडेका छन्। उदयपुरमा पछिल्लो एक महिनायता खोप लगाउने मान्छे आउन छाडेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।
अहिले जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, हरेक स्वास्थ्य चौकी र स्थानीय अस्पतालमा सबै दिन खोप लिन पाउने व्यस्था गरिएको छ। स्वास्थ्यले ६ महिनाअघि सातामा ५ दिन जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था मिलाएकोमा ३ महिनायता सबै दिन र समय खोप पाउने खुल्ला गरेको छ। तर, पछिल्लो कोभिड ओमिक्रोन भेरिएन्ट स्वाट्टै घटेपछि अहिले खोप लगाउन आउन छाडेको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरन्जिवी निरौला बताउँछन्।
निरौलाका अनुसार फागुन तेस्रो सातादेखि संक्रमितको दर घट्दै जिल्लाभर बिरामीको संख्या १ सयभन्दा कम भएकोमा अन्तिम सातादेखि शून्यमा झरिसकेको छ। जाडो याम सकिएसँगै रुघाखोकी र ज्वरोका बिरामी पनि घटेको तथा लगभग लक्षित संख्याले बुस्टरसहितको डोज लगाईसकेकाले पनि खोप लगाउन आउन छाडेको उनले बताए।
‘सुरुसुरुमा खोपको विषयलाई लिएर झण्डै झण्डै जागीर गुमाउनु पर्यो,’ सुपरभाईजर निरौलाले विगत सम्झे, ‘नेता, हाकिम, पत्रकार र ठूला भनाउँदाको धेरै खप्की खानु पर्दा झण्डै जागीर छाडेको थिएँ।’ उनले सुरुवाती चरणमा खोप वितरण गर्दा धेरैजसो खप्की नेता, हाकिम र पत्रकारको खेप्नु परेको ताजा स्मरण उनको छ। मापदण्ड मिचेर भए पनि आफूले सिफारिस गरेको व्यक्तिलाई खोप दिन धम्कीपूर्ण आदेश र आग्रह खेपेको अनुभव उनले सुनाए।
त्यतिबेला मारामार भएको खोप अहिले फालाफाल भएको छ। अहिले स्वास्थ्यमा १० हजार खोप थन्किएर रहेको भए पनि खोप हान्न आउनै छाडेको उनले बताए। त्यसैगरी अस्पताल, गाउँगाउँका स्वास्थ्य चौकीहरुमा पनि खोप त्यसै थन्किएर बसेको अवस्था उनले सुनाए। जिल्लामा लक्ष्यको ९३ प्रतिशतले खोप पाईसकेको पनि निरौलाले बताएका छन्। अन्य जिल्लाको तुलनामा उदयपुरमा लक्ष्य अनुरुप खोप वितरण भएको र अव छिटफुट मात्रले खोप पाउन बाँकी रहेको उनको अनुमान छ।
स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले पुस दोस्रो सातादेखि फैलिएको ओमिक्रोन नियन्त्रणमा आईसकेकाले पनि खोप हान्न आउन छाडेको बताए। उनका अनुसार १ हजार ४ सय ७० जनाको परीक्षण गरेकोमा ७ सय ५८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको र सबै निको भईसकेका छन्। उनले लक्षित बर्गदेखि १२–१७ वर्ष उमेरका बालबालिकालाई पनि पहिलो र दोस्रो चराण्को खोप लगाईकिएकाले हिजोआज खोप हान्न आउनेहरु नभएको बताए। कतिपयले त बुस्टर डोजसमेत हानिसकेका छन्।
उदयपुरमा कोभिडविरुद्ध कोभिसिल्ड, भेरोसिल, एस्ट्राजेनिका, जोन्सन एण्ड जोन्सन र बालबालिकालाई मोडर्ना खोप दिइएको छ।