सदरमुकाममा झाडापखालाका बिरामी बढेपछि प्रदेश सरकारले यहाँको खानेपानी परीक्षण गरेको छ। परीक्षणमा स्थानीय कुलधारा मुहानबाहेक अन्यतिरको खानेपानी पिउन योग्य नै दैखिएको छ।
परीक्षणक्रममा बजार क्षेत्रमै रहेको इलाम नगरपालिका वडा ७, कुलधाराको पानीमा ‘इकोलाई’ देखिएको इलाम नगरले जनाएको छ। नगरको स्वास्थ्य शाखाका बालकृष्ण फुयाँलले पिउन अयोग्य देखिएको कुलधारा मुहानको पानी नपिउन सूचनासमेत गरिएको जानकारी दिए। ‘इकोलाईले मानव शरीरमा हानी गर्ने भएकाले कुलधाराको पानी नपिउन उपभोक्तालाई सूचना गरिएको छ,’ उनले भने, ‘झाडापखालाका बिरामी पनि बजार क्षेत्रमै बढी देखिएका छन्।’
करिब दुई सातायता सदरमुकाममा बढीजसो बालबालिका र अन्यमा झाडापखाला फैलिएको थियो। इलाम अस्पतालमा झाडापखालाका बिरामीको चाप बढेपछि १ नम्बर प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा ढल निकास विभाग, इलाम नगरपालिका, इलाम अस्पताल र स्वास्थ्य कार्यालयसहितको सहकार्यमा सदरमुकाममा पिउने पानी परीक्षण गरिएको थियो। पानी परीक्षणका लागि विभागको टोली इलाम आएको थियो।
सदरमुकाममा गिताङ मुहानबाट सोझै पानी आउने गुम्बाडाँडा र क्याम्पसडाँडाको ट्यांकीसहित गढीथुम्का, भ्युटावर, कर्मचारी मिलन केन्द्र, टुँडिखेललगायत क्षेत्रमा रहेका ट्यांकीको पानीको नमुना संकलन गरी परीक्षण गरिएको थियो। यीबाहेक कुलधारा, धोबिधारा र नारायणस्थानस्थित स्थानीय स्रोतको पानीसेमत परीक्षण गरिएको थियो। परीक्षणक्रममा अन्य ट्यांकी र मुहानको पानीमा समस्या नदेखिएको फुयाँलले बताए।
बजार क्षेत्रमै रहेको वडा ७ र ९ मा झापापखालाका बिरामी बढी छन्। बिरामी हुनेमध्ये बालबालिकाको संख्या धेरै छ। ‘बिराम पत्ता लगाउन ४ बिरामीको दिसा–पिसाबको नमुनासमेत परीक्षणका लागि विराटनगरको कोसी अस्पताल लगिएको छ,’ उनले मङ्गलबार दिउँसो भने, ‘लगिएका नमुनाको रिपोर्ट भोलिसम्ममा आउँछ।’
केही दिनअघिसम्म अस्पतालमा झाडापखालाका बिरामी दिनहुँ २० जनासम्म आउथे। अहिले यो संख्या केही घटेको अस्पतालले जनाएको छ। अस्पतालका चिकित्सक डालिम काफ्लेले पानीमा कुनै समस्या नदेखिए पनि भाइरल भने फैलिएको बताए। ‘पानीमा कमन ब्याक्टेरिया सहजै नदेखिन पनि सक्छ तर बिरामी पर्नुको कारण खानेकुरा नै हुने सम्भावना बढी हुन्छ,’ उनले भने।
लगातार बान्ता हुने, पेट ढुस्स हुने र झाडापखाला लाग्नेजस्ता लक्षण देखिएका बिरामी बढी संख्यामा आउन थालेपछि अस्पतालले उनीहरूको रगत, पिसाबलगायत जाँच गरेको थियो। तर, नमुनामा कुनै खराब नतिजा नआए पनि पेट दुख्ने, पखाला लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने र बान्ता हुनेजस्तो एकै किसिमको लक्षण देखिएको छ।
चिकित्सक काफ्लेले यो एक किसिमको भाइरल भएको बताए। उनले यस्तो बिरामीमा लक्षणअनुसार नै उपचार गर्नुपर्ने र कुनै जीवाणुका कारण बिरामी भएको हुन सक्ने बताए। चिकित्सक काफ्लेले यस्तो अवस्थामा प्रशस्त पानी पिउन, झोलिलो पदार्थ खान र जलवियोजनको समस्याबाट बच्न आग्रहसमेत गरे। सामान्य लक्षण भए जुस, पानी पिउने, अलि बढी भए जीवनजल पिउने र त्योभन्दा बढी भए औषधि खानुपर्ने उनको सुझाव छ।
मौसम परिवर्तनका कारण पनि यस्तो भाइरल फैलिने गरेको चिकित्सक बताउँछन्। काफ्लेका अनुसार मौसम परिवर्तनका बेला मानिसमा देखिने यो लक्षणलाई ‘एक्युट भाइरल ग्यास्ट्रो इन्टेराइसिस’ भनिन्छ।
उनले भाइरल पानीबाट सर्ने, व्यक्तिबाट व्यक्तिमा सर्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने सुझाए। एउटै लक्षण धेरै व्यक्तिमा देखिनुको कारण खानेकुरा नै हुनसक्ने काफ्लेले बताए। पानी उमालेर मात्र पिउन, हात राम्ररी धुन र सेनिटाइजरसमेत प्रयोग गर्न उनको सुझाव छ।