सुत्केरी गराउन आएकी एक गर्भवती महिलाको उपचारको क्रममा मृत्युको ‘साईड इफेक्ट’ स्वरुप ४ दिनसम्म बन्द रहेको उदयपुर जिल्ला अस्पताल सुचारु भएको छ। महिलाको मृत्युपछि उत्तेजित भिडले स्वास्थकर्मीमाथि हातपात गर्नुका साथै भौतिक सामग्रीमा तोडफोड गरेपछि बन्द रहेको अस्तपाल सेवा सोमबारदेखि सुचारु भएको हो।
सुत्केरी गराउन आएकी उदयपुरगढी गाउँपालिका ७ नेपालटारकी ३२ वर्षीया सीता राउत कार्कीको गत शुक्रबार उपचारको क्रममा मृत्यु भएको थियो। उनको मृत्यु हुनुमा स्वास्थ्यकर्मीको लापरबाही भएको भन्दै उत्तेजित भिडले तीन जना स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालको फर्निचरमा तोडेफोड गरेको थियो। हातपात र तोडफोडपछि अस्पताल प्रशासनले सेवा बन्द गरेको थियो।
सोमबार अस्पताल प्रशासने एक विज्ञप्ती जारी गरी अवरुद्व सेवा सुचारु भएको जनाएको छ। अस्पताल परिषरमै कार्यरत स्वास्थकर्मीमाथि कुटपिट गर्नुका साथै भौतिक सामग्री तोडफोड गरेको विरोधमा शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालले सेवा सञ्चालन गर्न नसक्ने भन्दै आकस्मिकवाहेक सबै सेवा ठप्प पारेको थियो। हातपात र तोडफोडबारो अस्पतालले आईतबार छानविन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो। उसको आग्रह अनुसार प्रशासनले छानविन गरी कारबाही गर्ने आश्वासन दिएपछि सेवा सुचारु गर्न स्वास्थ्यकर्मी राजी भएको विज्ञप्तीमा उल्लेख छ।
सोमबार अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.मुकेशकुमार झाले जारी गरेको विज्ञप्तीमा घट्नाप्रति आफूहरुको विरोध रहेको तर, सेवा पनि सुचारु गर्नुपर्ने भएकाले अस्पताल सुचारु भएको उल्लेख छ। दोषीमाथि कारवाही नभएसम्म स्वास्थ्कर्मीको आन्दोलन जारी रहने तर, जनस्वास्थ्य जस्तो संवेदनसिल विषयमा आफुहरु गम्भीर रहेको हुनाले सबै कर्मचारी काममा फर्केर सेवा सुचारु गरिएको विज्ञप्तीमा उल्लेख छ।
आक्रोशित समूहले स्वास्थ्यकर्मीमाथि अनावश्यक लान्छना लगाउँदै हातपात गर्नुका साथै भौतिक सामग्रीको तोडफोडजस्ता घट्नाले चिकित्सक स्वास्थ्यकर्मीको मनोबल गिरेको उनको भनाई छ। उनले उत्तेजित भिडले लगाएको आरोपमा कुनै सत्यता नभएको स्पष्ट पार्दै विज्ञप्तीमा त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
उपचार गराउन आएकी गर्भवती महिलाले स्थानीय स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराएको र बच्चा पाउने मिति सातादिन कटेपछि पनि व्यथा नलागेपछि अस्पताल ल्याएर फागुन १८ गते भर्ना गरेकोमा १९ गतेबाट नर्मल डेलिभरीको प्रकृया सुरु भएको विज्ञप्तीमा उल्लेख छ। त्यस्तै सुत्केरी व्यथा बढ्दै गएपछि सुत्केरी गराउने क्रममा अचानक स्वासप्रस्वासमा कठिनाई हुँदै मुटुको चाल बन्द भएपछि सिपिआर (कृतिम स्वासप्रस्वास) दिएर विरामी वचाउने कोसिस गर्दागर्दै ज्यान गएको विज्ञप्तीमा जनाइएको छ।
महिलाको पाठेघरको मुख पुरै खुलिसकेकाले सामान्य प्रक्रियाबाटै सुत्केरी गराउन सकिने ठहरका साथ उपचार गराउँदैगर्दा एक्कासी श्वासप्रस्वास समस्या आएर ज्यान गएको डा.झाको भनाई छ। डा.को मेहनत र प्रयासको वास्तै नगरी विभिन्नि सामाजिक सञ्जालमार्फत अस्पताल र स्वास्थ्यकर्मीको विश्वसनीयतामाथि आँच आउने गरी प्रतिक्रिया दिनु तथा बिभिन्न संघसंस्था र मिडीयामार्फत भ्रमपूर्ण समाचार प्रशारण प्रकाशन हुनुलाई डा.झाले दुःखद बताएका छन्।
दुखद घटना भएको विषयलाई गम्भीरतापूर्वक ध्यानमा राखेर पीडित र प्रशासनबीच वार्ता चलिरहँदा उत्तेजित समुहले हातपात र तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीको ज्यान लिने धम्की दिएको प्रति पनि गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ। विज्ञप्तीमा विरामीको अत्याधिक चाप भए पनि अस्पतालको सीमित स्रोतसाधन, कम जनशक्ति र भौतिक पूर्वाधार अभावमा मौजुदा जनशक्तिले निरन्तर अस्पतालबाट सेवा प्रवाह गरिरहेको दावी गरिएको छ। इमेरजेन्सी, ओपिडी, प्रसुति, साधारण उपचारलगायत बिभिन्न रोगको शल्यकृया, आईसियुजस्ता धेरै किसिमको सेवा प्रवाह गरिरहेको अस्पतालबारे अनर्गल प्रचारवाजी हुनुले स्वास्थ्यकर्मीको मनोवल कमजोर बनाउन खोजिएकोमा विज्ञप्तीमा दुःख व्यक्त गरिएको छ।
सदरमुकामजस्तो ठाउँमा रहेको सरकारी अस्पताललाई एउटा असल स्वास्थ्य संस्थाको रुपमा विकास गराउने गरी अस्पतालको चिकित्सकीय टोली अहोरात्र खटिरहेको भन्दै डा. झाले सकेसम्म सबै खाले उपचार सेवा प्रभावकारी र गुणस्तरीय बनाउने कोसिस भईरहेको बताएका छन्। अस्पतालमा आवश्यक थप जनशक्ति, यन्त्र उपकरण र भौतिक संरचनाको व्यवस्था गर्न सके सेवा विस्तार गरेर धरान, बिराटनगर र काठमाडाैंसम्म जानु नपर्ने वातावरण बनाउन आफूहरु लागिरहेको पनि डा.झाले बताएका छन्।