सरकारले स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको कोभिड–१९ (कोरोना भाइरस) जोखिम भत्ता अझै उपलब्ध गराउन सकेको छैन। राजस्व बाँडफाँटमा नहुन सरकारले स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता उपलब्ध नगराएको हो।
संघ, प्रदेश र स्थानीय सरकारहरुले पनि उनीहरुको मनोबल उच्च बनाउन विशेष जोखिम भत्ता कार्यक्रम ल्याएका थिए। होमआइसोलेसनमा कार्यरतलाई शतप्रतिशतअर्थात एक सय प्रतिशत, क्वारेन्टाइनमा कार्यरतलाई ७५ र अन्य हेल्थडेस्कलगायतका खटिएका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिम भत्ता दिने सरकारले निर्णय गरेको थियो। यो भनेको स्वास्थ्यकर्मीले पाउँदै आएको तलबलाई आधार मानेर प्रतिशत कायम गरिएको थियो।
‘मैले अहिलेसम्म भत्ताका नाममा दश हजार रुपैयाँ मात्र पाएको छुँ,’ नेपालगन्ज उपमहानगरपालिकाका सिनियर अहेब गगनसिंह साउदले भने, ‘अरु पाएको छैन।’ अर्का स्वास्थ्यकर्मीले कात्तिकदेखि जोखिम भत्ता नपाएको बताए। ‘स्वास्थ्यकर्मी जोखिम भत्ता पाउन सकेका छैनौं,’ उनले भने, ‘अहिले त आस मर्नै थाल्यो।’ यस आर्थिक वर्षमा नेपालगन्ज उपमहानगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई कोभिढ–१९ को व्यवस्थामा खटिएवापतको जोखिम भत्ता (अघिल्लो वर्षको भुक्तानी बाँकीसमेत) २५ लाख रुपैयाँ विनियोजन गरेको छ। तर उक्त रकम वितरण हुनै सकेको छैन।
जोखिम भत्ता नहुँदा स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्नै समस्या भएको नेपालगन्ज उपमहानगरपालिकाका एकजना स्वास्थ्यकर्मीले बताए। अहिले पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यकर्मी परिचालन गर्न कठिन भएको उनको भनाइ छ। ‘स्वास्थ्यकर्मीलाई खटायो जान मान्दैनन्,’ उनी भन्छन्, ‘नजाउ भन्न पनि सकिँदैन। काम गर्न समस्या भएको छ।’ पैसाका लागि मात्र नभइ जागिर नभए पनि सरकारले सुविधा दिने आश्वासन दिएकाले पनि स्वास्थ्यकर्मीहरु काम गर्न आनाकानी गरिरहेको उनी बताउँछन्।
यता नगरपालिकाले विनियोजन गरेको २५ लाख रुपैयाँ अपुग भएकाले वितरण नभएको बताइएको छ। ‘२५ लाख रुपैयाँ वितरण गर्दा एक महिनालाई मात्र पुग्छ,’ नाम नबताउने सर्तमा एक स्वास्थ्यकर्मी भन्छन्, ‘अरु कहाँबाट ल्याउने।’ केन्द्र तथा प्रदेश सरकारले पनि दिने मात्र भनेको र पैसा नपठाएको उनी बताउँछन्। हाल नेपालगन्ज उपमहानगरपालिकामा एक सय १५ जना स्वास्थ्यकर्मी परिचालित छन्।
पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका बेला आइसोलेन र कोभिड अस्पतालमा काम गरेका उनीहरूले हालसम्म जोखिम भत्ता नपाउँदा दुःख व्यक्त गरेका छन्। ‘भत्ता माग गर्दा वास्ता नै गर्दैनन्,’ ती स्वास्थ्यकर्मीले भने, ‘भत्ता उपलब्ध गराउने पटकपटक निर्णय भयो । तर कार्यान्वयन भएको छैन ।’ ‘संक्रमितको उपचारका लागि ज्यान जोखिममा राखेर खटियौं, तर निर्णय भएको भत्ता पनि पाएनौं,’ उनले भने, ‘सबै स्वास्थ्यकर्मीको मनोबल घटेको छ, अब फेरि संक्रमण फैलिएमा कुन उत्साहले काम गर्ने?’
केन्द्र र प्रदेशबाट पनि पैसा आएकाले निकासा हुन नसकेको नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी खिमानन्द अर्यालले जनाए। ‘राजस्व बाँडफाँट नहुँदा पनि समस्या भएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरुले पाउने जोखिम भत्ता अब ढिलो हुँदैन। चैतभित्रमा सबैलाई भत्ता उपलब्ध गराउँछौं।’