तत्काल तीन सय बेड सञ्चालन हुने
१७ माघ २०७८
•
१ मिनेट पाठ
तत्काल तीन सय बेड सञ्चालन हुने
होल्डिङ सेन्टरको अनुगमन गर्दै नेपाली सेना जंगी अड्डा निरीक्षण महानिर्देशनालयका निरीक्षाधिकृत उपरथी निरञ्जनकुमार श्रेष्ठसहितको टोली। तस्बिर सौजन्यः भैरव प्रसाद गण बाँके
नेपालगन्ज उपमहानगरपालिका–१४, भवानियापुरमा निर्माणाधीन होल्डिङ सेन्टर आंशिकरुपमा खुला हुने भएको छ। निर्माण अन्तिम चरणमा पुगेको उक्त होल्डिङ सेन्टर तत्कालका लागि तीन सय बेड सञ्चालनमा आउने भएको हो।




नेपाली सेना जंगी अड्डा निरीक्षण महानिर्देशनालयका निरीक्षाधिकृत उपरथी निरञ्जनकुमार श्रेष्ठसहित १४ जनाको टोलीले होल्डिङ सेन्टरको अनुगमन तथा निरीक्षण गरेको थियो। उक्त अनुगमन तथा निरीक्षणपछि उनले तत्काल तीन सय बेड सञ्चालन गर्न निर्देशन दिएका छन्। 

सोहीअनुसार तीन सय बेट सञ्चालनको तयारी भइरहेको बताइएको छ। होल्डिङ सेन्टर साउनदेखि निर्माण कार्य सुरु गरिएको थियो। एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर अधिकारीले जनाए। 

उनका अनुसार होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। होल्डिङ सेन्टरको अनुगमन तथा निरीक्षण गर्दै नेपाली सेना जंगी अड्डा निरीक्षण महानिर्देशनालयका निरीक्षाधिकृत उपरथी श्रेष्ठले तत्काल तीन सय क्षमतासम्मको होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्देशन दिएका छन्। ‘कोरोना भाइरसको जोखिम बढ्दै गएकाले पूरै नभए पनि तीन सय क्षमतालाई सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘१०÷१५ दिनभित्र उक्त प्रयोगमा ल्याउनू।’

होल्डिङ सेन्टरमा बेटमा मात्रै भएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी (कर्णेल) जनमत कार्कीले बताए। ‘होल्डिङ सेन्टरमा बेट मात्र छन्,’ उनले भने, ‘औषधि उपचारका लागि आवश्यक मेडिकल सामग्री, भान्सा कोठा र शौचालयको आवश्यकता छ।’ अहिले कोरोना भाइरस संक्रमितलाई बाल मन्दिरमा राख्ने गरिएको छ। बाँकेमा पछिल्लो समय दैनिकरुपमा कोरोना संक्रमित बढ्दै गएका छन्।
अर्को समाचार
आइसियू बेड र भेन्टिलेटर जडानमा ढिलाइ
१५ मंसिर २०७७
•
१ मिनेट पाठ
आइसियू बेड र भेन्टिलेटर जडानमा ढिलाइ
जिल्ला अस्पताल बैतडीमा आइसियू बेड र भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। केही दिनअघि आइसियू बेड पुगेको भए पनि जडानमा ढिलाइ भएको हो। भेन्टिलेटर भने अझै आएको छैन। आइसियू बेड र भेन्टिलेटर सेवा सञ्चालनका लागि जनशक्ति पनि नभएकाले केही ढिलाइ भएको जिल्ला अस्पताल प्रमुख डा.बशन्तराज जोशीले बताए।




सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा आइसियू र भेन्टिलेटर सञ्चालनमा नआउँदा कोरोनाका जटिल बिरामीलाई समस्या हुने गरेको छ। आइसियू तथा भेन्टिलेटर नहुँदा यहाँका बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको छ।

चिसो मौसमसँगै कोरोना र अन्य बिरामीको चाप बढ्न थालेको छ। केही दिनयतादेखि दिनहुँ लक्षणसहितका कोरोनाका बिरामी फेला पर्न थालेपछि आइसियू र भेन्टिलेटरको आवश्यक भएको जिल्ला अस्पताल प्रमुख डा.जोशीले बताए। बैतडीमा हालसम्म ५ सय ५१ जना संक्रमित भेटिएका छन्। तिमध्ये ५२ जना सक्रिय संक्रमित छन् भने १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस