उदयपुरमा कोभिडको पछिल्लो भेरिएन्ट ओमिक्रोन तिब्रगतिमा बढिरहेको छ । गएको दुईसाताभित्र ६ सय हाराहारीको संख्यामा संक्रमित भएको स्वास्थ्य कार्यालय उदयपुरको तथ्यांकले पुष्टि गरेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार पुस २७ गतेदेखि परीक्षण सुरु गरिएको उदयपुरमा हालसम्म १ हजार ८ जनाको एन्टीजेन विधिको परीक्षण गरिएको छ। महिला ४ सय ८८ र पुरुष ५ सय ६० जनाको स्वास्थ्य परीक्षण गर्दा २ सय ५८ महिला र ३ सय २७ पुरुष गरी ५ सय ८५ जनामा ओमिक्रोन पोजिटिभ पाइएको छ। पछिल्लो २४ घण्टामा ८९ महिलासहित १ सय ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ महिलासहित ८१ जना संक्रमित पाइएको स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताए।
शुक्रबार त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिका तथा जिल्ला अस्पतालमा परीक्षण गरिएको थियो। अहिलेसम्म जिल्ला अस्पतालमा परीक्षण गरिएकामध्ये ८२ मसिहलासहित २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ भने ७ महिलासहित २४ जना निको भएका छन्। त्यस्तै त्रियुगा नगरपालिकामा ५८ महिलासहित १ सय ७ जनामा संक्रमण देखिएको छ।
कटारी नगरपालिकामा हालसम्म १८ महिलासहित ७३ जना संक्रमित हुँदा चौदण्डीगढी नगरपालिकामा ३० महिलासहित ६० जना संक्रमित फेला परेका छन्। जसमध्ये ५ महिलासहित १९ जना निको भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। अर्को नगरपालिका बेलकामा ४३ महिलासहित ८९ जनामा संक्रमण देखिएको छ।
उदयपुरगढी गाउँपालिकामा १० महिलासहित २३ जना संक्रमित पुष्टि हुँदा लिमचुङब्ङ गाउँपालिकामा ७ महिलासहित १४ जना संक्रमित पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । रौतमाई र ताप्ली गाउँपालिकामा हालसम्म संक्रमण नदेखिएको स्वास्थ्यले जनाएको छ।
शुक्रबारसम्म सक्रीय संक्रमितको संख्या ५ सय ४२ रहेको छ। जसमध्ये २ सय ४४ महिलासहित ५ सय ३९ जना होमआईसोलेसनमा रहेर उपचाररत छन् भने १ महिलासहित ३ जनाको चौदण्डीगढी नगरपालिका ६ सातधारे बेलटारस्थित उदयपुर कोविड अस्पतालमा उपचार भईरहेको छ।
यसपटकको कोविड भेरिएन्टले अक्सर युवा पुस्तालाई गाँजेको पाइएको छ। जसमा १९ देखि ४० वर्षसम्मको उमेर समूहका युवा बढी प्रभावित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यका अनुसार सो उमेर समूहका १ सय ७६ महिलासहित ३ सय ५३ जना संक्रमित पाइएको छ। ४१ देखि ६० वर्षसम्मका संक्रमितको संख्या ५२ महिलासहित १ सय ६७ पुगेको छ भने ६१ देखि ८० वर्षभित्रका ११ महिलासहित ३० जना संक्रमित छन्।
१८ वर्षमुनिका उमेर समूहका १० महिलासहित २८ जना र ८० वर्षमाथिका संक्रमितको संख्या १ महिलासहित ७ जना रहेको स्वास्थ्यले जनाएको छ। यसरी २ सय ५० महिलासहित ५ सय ८५ जनामा कोविड ओमिक्रोन देखिएको प्रमुख दासले बताएका छन्।