विराटनगर स्थित नोवेल मेडिकल कलेजले नियम विपरित मनोमानी ढंगले शुल्क असुलेको भन्दै अभिभावकहरूले मनोमानी असुली रोक्न माग गरेका छन्। सोमबार मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अभिभावक र विद्यार्थीले मेडिकल कलेजको मनोमानी असुली रोक्न माग गरेका हुन्।
नोवेल मेडिकल कलेजले सरकार र चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क असुल्न थालेपछि मनोमानी असुली रोक्न आफूहरूले माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको अभिभाव देवचन्द्र पौडेलले बताए। उनले नियम अनुसार चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्ने तर, कलेजले तोकेको शुल्क नतिर्ने स्पष्ट पारे।
पौडेलले भने, ‘नियम विपरित असुल्न खोजिएको शुल्क कुनै पनि हालतमा हामी तिर्दैनौ।’ पौडेलका अनुसार चिकित्सा शिक्षा आयोगले तोकेको पहिलो वर्षको १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ अभिभाकहरूले तिरिसकेका छन्। तर, विद्यार्थीलाई कलेजमा भर्ना गर्न जाँदा कलेजले थप शुल्क मागेर शुल्क नदिए पठनपाठन नगराउने बताएको छ। उनले कलेजले सरकार र चिकित्सा शिक्षा आयोगले तोकेको पहिलो वर्षको शुल्कभन्दा थप अतिरिक्त शुल्क केही अभिभावकसँग असुलीसकेको छ भने अरुलाई तिर्न दबाब दिइरहेको छ। केही अभिभावकले अतिरिक्त सुल्क पनि तिरेको तर, आफूहरूले गैरकानुनी शुल्क रोक्न माग गर्दै प्रशासन गुहारेको पौडेलले बताए।
अर्का अभिभावक सन्तोष धितालले मेडिकल कलेजकै छेउमा आफ्नो घर रहेको र नोवेल मेडिकल कलेजले होस्टलको शुल्क लिन खोजेको गुनासो गरे। उनका अनुसार घरछेउमै कलेल भएर पनि होस्टल शुल्क बुझाउन बाध्य पार्नु न्यायसंगत नभएको बताए। ‘घरकै छेउमा कलेज छ’, उनले भने, ‘होस्टलको शुल्क जबर्जस्ती लिन खोजिंदैछ।’ यतिमात्रै हैन कलेजले एमविविएस उतिर्ण गरेपछिको इन्टर्नसिपको शुल्क पनि भर्ना हुँदै बुझाउन अभिभावकलाई दबाब दिइरहेको छ।
चिकित्सा शिक्षा आयोगले तोकेको पहिलो वर्षको शुल्क १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ बाहेक नोवेल मेडिकल कलेजले इन्टर्नशिपको शुल्क २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क ९८ हजार, होस्टेल शुल्क प्रतिमहिना १२ हजार रुपैयाँका दरले एक वर्षको एकमुष्ट १ लाख ४४ हजार रुपैयाँ माग गरेको छ। यस्तै होस्टल शुल्क प्रत्येक वर्ष ५ प्रतिशतका दरले बढ्ने र होस्टल अनिवार्य गर्ने कलेजले जनाएको धितालले बताए।
अभिभावहरूले चिकित्सा शिक्षा आयोगले तोकेको ५ वर्षको कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ किस्ताबन्दी रुपमा तोकिए अनुसार तिर्ने तर, त्यो भन्दा बढी शुल्क नतिर्ने स्पष्ट पारेका छन्। नोवेल मेडिकल कलेजले नियम विपरित शुल्क असुलेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विद्यार्थी, अभिभावक र कलेज प्रशासनलाई मंगलबार छलफलका लागि बोलाएको जनाएको छ।
विगतका वर्षहरूमा निजी मेडीकल कलेजहरूले मनोमानी चर्को शुल्क असुली गरेको गुनासो बढेपछि यो वर्षदेखि चिकित्सा शिक्षा आयोगले नै शुल्क तोक्ने र विद्यार्थीको इन्ट्रान्स पनि लिने व्यवस्था गरिए पनि मनोमानी असुली अझै नरोकिएको अभिभावकहरूले गुनासो गरेका छन्।