एप्रोनधारी डाक्टर जन्माउँदै कर्णाली
२३ मंसिर २०७८
•
७ मिनेट पाठ
एप्रोनधारी डाक्टर जन्माउँदै कर्णाली
दशक अघिसम्म कर्णाली बिरामीको उपचार नहुँदा मृत्यु पर्खिरहेको हुन्थ्यो। न स्वास्थ्य सेवा प्रभावकारी थियो, न त दक्ष चिकित्सक र स्वास्थ्यकर्मी। अधिकांश स्वास्थ्य संस्थामा कार्यालय सहयोगीहरु नै औषधि उपचार गरिरहेका हुन्थ्ये। उनीहरु नै गाउँका डाक्टर कहलिन्थे। कर्णालीवासीले डाक्टर भेट्न त परै जावस् देख्नसम्म पाउँदैनथ्ये।




जिल्ला अस्पतालमा दरबन्दी भएका डाक्टर जिल्लामै बस्दैनथ्ये। हेल्थ असिस्टेन्ट र स्टाफनर्सले कार्यालय चलाउँथे। सामान्य चोटपटक लागेको बिरामी लाखौँ खर्च गरेर सुर्खेत नेपालगंज पुर्याउनु पर्ने बाध्यता थियो। पोष्टमार्टम गर्न नेपालगंजदेखि महंगोमा डाक्टर झिकाउनु पर्ने अवस्था थियो। समग्रमा कर्णालीको स्वास्थ्य क्षेत्र निकै कहलीलाग्दो थियो। त्यो कहालीलाग्दो युगले कर्णालीमा स्वास्थ्य क्षेत्रको कहालीलाग्दो इतिहास बोकेको छ।

चिकित्सक नपाएर धेरैले ज्यान गुमाए। सामान्य ज्वरो आएपनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो। तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले सेवा दिइरहेका छन्। अहिले कर्णाली डाक्टर उत्पादन गरेर सुगम भनिएका स्वास्थ्य संस्थामा पठाउने सामार्थ्य राख्छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेकोमा गर्वानुभूति हुने गरेको बताउँछन्।

कर्णाली अहिले बिरामी पठाउन नपाएर पश्चाताप गर्दैन। सुगमका बिरामीको उपचार गर्न प्रतिक्षारत छ। कर्णालीमा उपचार गर्न आउने सुगमका बिरामीको लाम नै लाग्छ। मन्त्री भण्डारीले भने,‘स्वास्थ्य क्षेत्रको हब हो कर्णाली। स्वास्थ्य पर्यटनका आकर्षक गन्तव्य पनि।’

कर्णाली प्रदेशका प्रदेश सांसद नरेश भण्डारीले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा स्वास्थ्य युगको सुरुआत भएको बताए। उनले भने,‘स्वास्थ्य प्रतिष्ठान कर्णालीको विकास मोडल हो। पिछडिएको क्षेत्रको लागि युगान्तकारी परिवर्तन हो। यो कर्णालीवासीको लागि गर्व गर्न लायक काम हो।’

‘पहिले नेपालगञ्ज र सुर्खेतमा बिरामी पठाउने कर्णालीले अहिले आएर त्यहाँ चिकित्सक पठाउने भएको छ’, उनले भने, ‘कर्णालीका जनताले स्वास्थ्य सेवा मात्र पाएका छैनन्। कर्णालीले चिकित्सक पनि उत्पादन गर्न थालेको छ। पिछडिएको क्षेत्रको जीवनमा प्रारम्भ भएको नयाँ स्वास्थ्य युगलाई सलाम!’

उडानका क्रममा भेटिने डरलाग्दा चट्टानहरु छिचोल्दै, आँधीबेहेरी सामना गर्दै सेतै हिँउमा सेतै अप्रोनधारी डाक्टर उत्पादन गर्ने सपना बोकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानरुपी जहाज अवतरण भएको उनी बताउँछन्। उनले अझै कैयन उडानहरु भर्ने अभिभारा प्रतिष्ठानको काँधमा रहेको बताए।

पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगञ्ज पठाउने गरेको कर्णालीले अहिले आफैं दक्ष चिकित्सक उत्पादन गरेर देशका विभिन्न ठाउँमा पठाउने तयारीमा छ। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ। अब कर्णाली माग्ने हुने छैन। सहजै रुपमा डाक्टर दिने अवस्थामा पुगिसकेको छ।

विसं २०६९ मा साविकको अञ्चल अस्पताललाई प्रतिष्ठानकै ३०० शैयाको अस्पतालमा रुपान्तरण गरिएको थियो। यो संगै कर्णालीका जनताले सुर्खेत र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको हो। विसं २०६८ मा ऐनमार्फत प्रतिष्ठान स्थापना गरेर सरकारले कर्णालीका जनतालाई स्वास्थ्य सेवा पुर्‍याइरहेको छ। प्रतिष्ठानले कर्णालीमा यसै वर्षदेखि चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस)को पढाइ सुरु गरेको छ। यही मङ्सिर १९ गतेबाट चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) पढाइ सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए।

एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमको उद्घाटन र चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलान्यास गर्न राष्ट्रपति विद्यादेवी भण्डारी यही मंसिर २६ गते जुम्ला आउँदैछिन्। झण्डै ६८ करोड रुपैयाँको लागतमा शैक्षिक भवन दुईवटा पाँच तले बन्नेछ प्रतिष्ठानले जनाएको छ।

मङ्सिर १९ गतेदेखि एमबिबीएस २०, स्नातक तहमा नर्सिङ (विएन) २० र ब्याचलर अफ फार्मेसी (विफार्मेसी)मा २० जना विद्यार्थीको पढाइ सुरु भएको छ। विगत केही वर्षदेखि नै प्रबिणता प्रमाणपत्र तह नर्सिङ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ (बिपीएच) सुरु भइसकेको छ। प्रतिष्ठानमा नै चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको पढाइ पनि सुरु भएको छ।

बालरोग, एनेस्थेसिया र एमडीको जनरल प्याट्रिक्समा (जिपी) गरी तीन विषयमा स्नातकोत्तर तहको पढाइ गत वर्षबाट सञ्चालन भएको छ। अब प्रतिष्ठानमा चिकित्सा शिक्षामा विद्यावारिधि, नर्सिङमा स्नातकोत्तर तह र पब्लिक हेल्थमा स्नातकोत्तर तहको पढाइ सञ्चालनको तयारी भइरहेको छ।

प्रतिष्ठानले छाती रोग, हाडजोर्नी, न्यूरो, बालरोग, स्त्री तथा प्रसूति, नाक, कान र घाँटी, आँखा, छालारोग, दन्त, मेडिसिन, जनरल सर्जरी, क्रिटिकल केयर, मानसिक रोग, फिजियोथेरापीजस्ता विशिष्ट र विशिष्टकृत सेवा प्रदान गर्दै आइरहेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा काम गरेका विशेषज्ञ चिकित्सक, प्राध्यापक अहिले प्रतिष्ठानमा रहेर काम गरिरहेका छन्।

मन्त्री भण्डारीले भने,‘पहिले सामान्य कर्मचारी आउन नमान्ने कर्णालीमा अहिले विशेषज्ञ चिकित्सक, प्रध्यापकको लाम लाग्न थालेको छ। विशेषज्ञ सहितको सबै स्वास्थ्य सेवा दिने थलोका रुपमा स्थापित हुन थालेको छ। मन्त्री भण्डारीले भने,‘अब कर्णालीले जस्तोसुकै बिरामीलाई उपचार गर्न अनेत्र अस्पतालमा सिफारीस गर्नुपर्ने छैन। सबै सेवा यही उपलब्ध हुनेछ। कर्णाली स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धान संगै स्वास्थ्य पर्यटनको एक आकर्षक गन्तव्यका रुपमा स्थापित हुनेमा दुईमत छैन।’ कर्णाली प्रतिष्ठान कर्णालीका लागि एक गर्व गर्न लायक क्षेत्रका रुपमा चिनाउने नमुना उदाहरण समेत हो।’

अहिले प्रतिष्ठानले दैनिक ४ सयभन्दा बढी कर्णालीका जनतालाई स्वास्थ्य सेवा दिइरहेको छ।प्रतिष्ठालले कर्णालीका बिरामीले प्रतिष्ठानकै अस्पतालमा उपचार गराइरहेका छन् भने समय–समयमा घुम्ती शिविर राखेर ग्रामीण क्षेत्रमा समेत स्वास्थ्य सेवा प्रदान गरिरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए।

कर्णाली अस्पतालमा १२ स्थायी चिकित्सक र करारमा ७० चिकित्सक कार्यरत रहेका छन्। ४ सय स्वास्थ्यकर्मीसहितका कर्मचारी छन्।

कोरोना महामारीमा कर्णालीका चिकित्सकले नेपालगञ्जसम्म पुगेर बिरामीको उपचार गरेका थिए। 'पहिले कर्णालीले बिरामी दिन्थ्यो, अहिले डाक्टर दिइरहेको छ। सुगम क्षेत्रका बिरामीको औषधि उपचार गराइरहेको छ। शिक्षाध्यक्ष थापाले भने,‘हरेक संकटमा कर्णाली नै चाहिदोरहेछ भन्ने सन्देश फैलाउन सकेको छ।’ कोरोनाको बेला कर्णालीका सबै जिल्लामा प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मी खटिएर काम गरेका थिए।

शिक्षाध्यक्ष थापाले भने,‘कर्णाली बदलिसकेको छ। कर्णाली सधैं माग्नेको उपमाबाट हटेर कर्णाली दिन्छ भन्ने मान्यता बसाल्न थालिसकेको छ।’ अहिले बिरामीले आफूले चाहेको चिकित्सकसंग उपचार सेवा लिन्छन्। सहजै रुपमा डाक्टर पाउँछन्। निर्धक्कका साथ आफ्ना समस्या राख्छन्। परामर्श लिएर रोगको निदानका लागि घचघच्याउँछन्।

चिकित्सकहरुले भने राम्रो बस्ने व्यवस्था नहुँदा समस्या भइरहेको बताएका छन्। अहिले उनीहरुले डेरामा बसेर कर्णालीका जनतालाई सेवा दिइरहनु परेको छ। इन्टरनेट सेवा र विद्युत् सेवाको समस्या पनि यथावत नै छ।

विद्युत् नहुँदा जेनेरेटरको भरमा अस्पताल सञ्चालन गर्नुपरेको प्रतिष्ठानका उपकुलपति डा रावल बताउँछन्। चिकित्सकलाई पर्याप्त सुविधा नहुँदा उनीहरुलाई कर्णालीमै टिकाउन भने समस्या रहेको छ। चिकित्सकका बालबालिकलाई पढाउन राम्रो स्कुल, कलेज छैन। जसका कारण चिकित्सकलाई कर्णालीमा टिकाउन गाह्रो छ। शैक्षिक कार्यक्रम सञ्चालनका लागि घरभाडामा लिएर कक्षा सञ्चालन, प्रयोगशाला र चिकित्सकको आवासीय कक्ष बनाइएको छ।

स्थानीय जीवनबहादु खत्रीले भने,‘कर्णाली पहिलेको जस्तो सिटामोल र जीवनजल नपाउँदा छटपटाउने अवस्थामा छैन। आफैमा स्वास्थ्य क्षेत्रमा अब्बल बनेर देशभर स्वास्थ्य सेवा दिन आतुर छ। सुगम मानिएका जिल्लादेखि डाक्टरी पढ्न आउने थलो बनेको छ।’

कर्णाली भन्ने वित्तिकै रोग, भोक, अशिक्षा, गरिबी, पछौटेपनको पर्यायको रुपमा रहन्थ्यो। अहिले स्वास्थ्य जनशक्ति उत्पादन गर्ने कारखानाका रुपमा विकसित भइसकेको छ। उनले भने,‘कर्णाली शैक्षिक जनशक्ति उत्पादन गर्ने उद्योग हो। यो उद्योगले गुणस्तरीय जनशक्ति उत्पादन गरेर सिंगो देशको सेवा गर्ने हैसियत राख्नेछ।’

सुरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जन्म हुँदा जुम्लामा सम्भव होला भनेर कसैले सोचेका थिएनन्। अहिले कर्णावासीलाई सेवा पनि दिइरहेको छ। रोजगारी पनि सिर्जना गरेको छ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
३ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस