सार्वजनिक शौचालयको गुणात्मक सुधार गर्नुपर्छ
०३ मंसिर २०७८
•
४ मिनेट पाठ
सार्वजनिक शौचालयको गुणात्मक सुधार गर्नुपर्छ
शौचालय वा चर्पीको प्रयोग मानिसका लागि आधारभूत आवश्यकतामा पर्ने गर्दछ। मानव जीवनशैली र सरसफाइका लागि शौचालयको आवश्यकता पर्दछ। 




शौचालयलाई फोहर ठाउँका रूपमा हेरिने गरिए पनि सरसफाइमा वर्तमान सभ्यता र विकासमा भएका प्रयोगहरूका कारण अब फोहर शौचालय हैन संक्रमणरहित, सफा र आकर्षक शौचालय बनाउनुपर्ने आवश्यकता देखिएको छ। यही आवश्यकतालाई  मध्यनजर गर्दै प्रत्येक वर्ष १९ नोभेम्बरका दिन विश्व शौचालय दिवस मनाउने गरिन्छ।

शौचालयको महत्व बुझ्न शौचालयको प्रयोगबारे सोच परिर्वतन गर्न आवश्यक रहेको महसुस गर्दै यस वर्ष 'शौचालयको महत्त्व बुझौं' भन्ने नारा तय गरिएको छ। 

सार्वजनिक स्थलमा निर्माण गरिएका शौचालयमात्र नभएर विभिन्न अस्पताल, विद्यालय, मठमन्दिर, सपिङ मल तथा सरकारी कार्यालयहरुमा निर्माण गरिएका शौचालयको समेत प्रयोग गर्न सकिन्छ भन्ने सन्देश यस वर्षको शौचालय दिवसमा दिन खोजिएको छ।

सार्वजनिक शौचालयको प्रयोग विशेष गरी पैदल यात्रुहरूले गर्ने गरेका छन्। बसपार्क, तरकारी तथा अन्य सामान किनमेल हुने स्थान लगायतका व्यस्त क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा मानिसहरूले जताततै दिसापिसाब गर्ने गरेको पाइन्छ। जसले गर्दा वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुर्‍याएको छ।

देश संघीय संरचनामा गएको करिब ५ वर्ष पुग्न लाग्दा समेत हालसम्म सबै स्थानीय तहले शौचालय निर्माण, व्यवस्थापन तथा सञ्चालनका लागि नीति, नियम तथा कार्यविधिको निर्माण गर्नसकेका छैनन्। अझ संघीय राजधानी काठमाडौंमा त सार्वजनिक शौचालयको आवस्था दयनीय रहेको वातावरणविद् प्रकाश अमात्य बताउँछन्। ‘राजधानीमा शौचालय त छन् तर सफा, सुरक्षित र व्यवस्थित छैनन्। अहिलेका शौचालयहरू समेत ठेक्कामा लगाई आयआर्जनको स्रोतको रूपमा प्रयोग भइरहेका छन्।’ महामारीको समयमा यस्ता सार्वजनिक शौचालयहरूको सरसफाइमा ध्यान नदिने हो भने यसबाट थप अन्य किसिमका रोग फैलने सम्भावना रहेको अमात्य बताउँछन्। 

वातावरणविद् अमात्यका अनुसार सामान्य रूपमा सार्वजनिक शौचालय सबैले देख्ने स्थानमा हुनुपर्दछ। साथै शौचालय अपाङ्गमैत्री, बालमैत्री, प्रयोगकर्तामैत्री र ज्येष्ठ नागरिकहरूलाई सहज हुने किसिमको हुनुपर्ने उनको भनाइ छ। शौचालयमा हात धुनका लागि सावुनपानीका साथै महिलाका लागि आवश्यक पर्ने स्यानिटरी प्याड र प्याड विर्सजन गर्ने स्थान र लुगा वा ब्याग झुन्ड्याउने स्थानको समेत व्यवस्था हुनुपर्दछ। 

कुनै पनि स्थानमा शौचालय निर्माण गर्दा त्यसले वातावरणलाई पुर्‍याउन सक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै शौचालय निर्माण गर्नुपर्नेमा वातावरणविद् अमात्यले जोड दिए। शौचालयबाट निस्किएको फोहोर पानी र ढलको व्यवस्थापनका साथै मानव मलमुत्रबाट उत्पादन हुने बायो ग्याँसलाई सही रूपमा प्रयोग गर्न सके वातावरणमा पर्ने असर कम हुने अमात्य बताउँछन्।

काठमाडौं उपत्यकामा दैनिक ४० लाख मानिसको दिसाबाट प्रतिदिन ३३६ घनमिटर बायो ग्याँस उत्पादन हुन्छ। अर्थात् दैनिक १५० एलपिजी बराबरको बायो ग्याँस खेर गइरहेको अमात्यको अध्ययन छ। जसबाट वर्षभरिमा ४८०० गोटा सिलिण्डर ग्याँस उत्पादन गर्न सकिन्छ। जसको वर्तमान बजार मूल्य करीब ७५ लाख हुन आउँछ। यसैगरी भान्साबाट निस्कने कुहिने फोहर, तरकारी तथा फलफूल बजारमा निस्कने खाने कुराको पनि हिसाब गर्ने हो भने वार्षिक करोडौं रकम हुन जान्छ।

आवश्यक नीतिनियम नभएकाले नेपालमा सार्वजनिक शौचालयको उचित व्यवस्थापन हुन नसकेको वातावरणविदहरूको भनाइ छ। स्थानीय तहहरूसँग क्षमता नहुनु र शौचालय व्यवस्थापनसम्बन्धी तालिम प्राप्त नभएकाले पनि शौचालय व्यवस्थापन सधै चुनौतीपूर्ण बन्दै गएको छ।विश्वव्यापी दीगो विकासको लक्ष्यअन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ। विश्वमा अझै दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ। हरेक १० मध्ये एक जनाले खुला ठाउँमा शौच गर्ने गरेको सर्वेक्षणमा उल्लेख छ।

नेपाललाई २०७६ साल असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिए पनि कतिपय जिल्लामा अझै व्यवस्थित शौचालयको अभाव छ। फोहोरपानी र दिसाजन्य फोहोरको प्रशोधन सहितको शौचालय सबैको पहुँचमा पुर्‍याउन सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने देखिएको छ। 

तीव्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ। विषेश गरी सार्वजनिक स्थानको कमी रहेको राजधानी काठमाडौंमा त सार्वजनिक शौचालयको बढी आवश्यकता पर्दछ। यही आवश्यकतालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा महानगरपालिका भित्रका कुनै पनि व्यवसायीले आफ्नो निजी शौचालय सार्वजनिक प्रयोगका लागि उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। यस्तै भक्तपुर नगरपालिकाले प्रत्येक होटेलमा पर्यटकहरूलाई निःशुल्क शौचालयको प्रयोग गर्न दिन अनिवार्य गरेको छ। 

सरकारले शौचालय व्यवस्थापन सम्बन्धी नीतिनियम निर्माण गर्ने हो भने नेपालमा सार्वजनिक शौचालयको व्यवस्थापनमा देखिएको समस्या हल हुँदै जाने र निजी लगानीकर्ताहरू पनि  आकर्षित हुने वातावरणविद् अमात्यको बुझाइ छ। यसका साथै सार्वजनिक शौचालय प्रयोगकर्ताहरूले पनि जथाभावी रूपमा शौचालयको प्रयोग नगर्ने र आफूले पाएको सेवासुविधाको उचित प्रयोग गर्ने हो भने पनि सार्वजनिक व्यवस्थित हुनसक्ने छ। 
अर्को समाचार
धनगढीमा शौचालय नबनाउँदै खुला दिसामुक्त घोषणा
२० मंसिर २०७७
•
३ मिनेट पाठ
धनगढीमा शौचालय नबनाउँदै खुला दिसामुक्त घोषणा
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढी बजार । तस्बिरः पुष्पराज/नागरिक
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र तथा राजधानी रहेको धनगढीमा सार्वजनिक शौचालय छैन। धनगढीका मुख्य व्यापारिक केन्द्र, सार्वजनिक सरोकारका कार्यालय, चौराह, चौक तथा मुख्य बजार लाइनमै सार्वजनिक शौचालय नहुँदा आगन्तुक तथा यात्रुले सास्ती खेप्नु परेको छ।  




२०७५ वैशाख ३० गतेका दिन कैलालीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि धनगढी बजारमा सार्वजनिक शौचालय नहुँदा सडक किनार, झाडी तथा नालामा यात्रुहरुले दिसा पिसाब गर्नुपर्ने बाध्यता छ। सार्वजनिक स्थलमा शौचालय नहुँदा बजार निस्कनु अघि घरमै शौच गर्नुपर्ने बाध्यता रहेको स्थानीय सरोज थारू बताउँछन्। उनले भने,‘बजारमा पिसाव लाग्दा च्यापेर बस्नु पर्ने बाध्यता छ।’ खुला दिसामुक्त घोषणा गर्नुअघि कमसेकम धनगढी बजारका ठाउँ–ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिदिनुपर्ने उनी सुझाउँछन्। 

यात्रुको भिडभाड हुने स्थलमा सार्वजनिक शौचालय नै नबनाई धनगढीलाई खुला दिसामुक्त घोषणा गरिएको भन्दै स्थानीय सरकारको आलोचना बढ्दै गएको छ ।
‘खुला दिसामुक्त घोषणा गर्नुअघि कमसेकम सार्वजनिक शौचालय निर्माण गरिदिएको भए धनगढीको शोभा बढ्थ्यो,’ उनले भने,‘सार्वजनिक शौचालय नहुँदा बजार पुगेका यात्रु तथा उपभोक्तालाई समस्या थपिँदै गएको छ।’ सार्वजनिक शौचालय नहुँदा कहिलेकाहीँ बजारमै दिसा पिसाव लाग्दा चिने जानेको होटल तथा नास्ता पसलमा पस्नु पर्ने बाध्यता रहेको उनी बताउँछन्। उनले भने,‘तर, बाहिरबाट आएकाहरुलाई भने दिसा पिसाव पचाएर बस्नुपर्ने बाध्यता छ।’ प्रदेशकै मुख्य व्यापारिक केन्द्र तथा राजधानी भएकै सहर धनगढीमा कमसेकम चौकचौकमा सार्वजनिक शौचालय अनिवार्य रुपमा बनाइनु पर्ने अर्का स्थानीय रविन्द्र जोशी बताउँछन्।  

धनगढी चौराहदेखि अस्पताल लाइनसम्म कुनै पनि ठाउँमा सार्वजनिक शौचालय छैन। सार्वजनिक शौचालय नहुँदा काम विशेषले बजार आउनेहरुलाई बढी समस्या पर्ने गरेको हो।’ खुला दिसामुक्त अभियानकै लागि सरकारले करोडौँ खर्चे पनि सार्वजनिक स्थलमा शौचालय नहुँदा धनगढी खुला दिसामुक्त घोषणा अर्थहीन भएको राकेश चन्द बताउँछन्। ‘सार्वजनिक शौचालय नहुँदा बजारमा पिसावै लाग्दा पनि पचाउनुपर्ने बाध्यता छ,’ उनले भने। बजारमा पिसाव लाग्दा धेरैजसो यात्रुहरु संघीय प्रहरी कार्यालयको अगाडि मुख्य सडक किनारमै रहेको झाडीमा जाने गरेको उनले बताए। ‘धेरैजसो यात्रुहरु सवारी साधन रोकेर झाडीमै जान्छन्,’ उनले भने।

यात्रुको आवतजावत बढी हुने ट्राफिक चौराह, रातोपुल, एलएनचौक, अस्पताल लाइन नजिक सार्वजनिक शौचालय अनिवार्य हुनुपर्ने बताउँदै उनले भने,‘यात्रुको चाप भएकै स्थान वरपर उपमहानगरपालिकाले अहिलेसम्म शौचालय बनाउन सकेको छैन।’ सार्वजनिक शौचालय अनिवार्य भएका स्थानमा पनि नबनाएरै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको बताउँदै उनले भने,‘यो नियमसंगत भएन, ठूला सहरमा कमसेकम एक/दुई ठाउँमा त सार्वजनिक शौचालय बनाइनु पथ्र्यो।’

सार्वजनिक जमिनको अभावमा धनगढी बजारमा सार्वजनिक शौचालय बनाउन नसकिएको बताउँदै उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले भने,‘पाँच वटा स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने उपमहानगरपालिकाको योजना हो, तर जमिन नै पाइरहेका छैनौ।’ सार्वजनिक शौचालयका लागि धनगढी बजार क्षेत्रमा निजी क्षेत्रको जमिन भाडामा लिएर होस् या निजी क्षेत्रसँग सहकार्य गरेर भए पनि बनाउने योजना रहेको उनले बताए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस