उपत्यकामा ७३ प्रतिशतले पाए पूर्ण खोप
१५ असोज २०७८
•
२ मिनेट पाठ
उपत्यकामा ७३ प्रतिशतले पाए पूर्ण खोप
काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले पूर्ण मात्रा र ७६ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी हालसम्म १५ लाख ६२ हजार ७ सय ३९ जनाले पूर्ण मात्रा खोप लिइसकेका छन् भने १६ लाख २२ हजार ४ सय ४१ जनाले पहिलो मात्रा खोप लिएका छन्। उपत्यकाका तीन जिल्ला गरी २२ लाख ९ हजार ७ सय ७४ जनालाई खोप लाउने लक्ष्य सरकारले लिएको छ।  




तथ्यांकअनुसार काठमाडौं जिल्लामा ७८, भक्तपुरमा ७५ र ललितपुरमा ७६ प्रतिशतले पहिलो मात्रा खोप लिइसकेका छन्। त्यसैगरी काठमाडौंमा ७४, भक्तपुरमा ६३ र ललितपुरमा ६९ प्रतिशतले पूर्ण मात्रा खोप लिएका छन्। उपत्यकामा बाँकी जनसंख्यालाई सन् २०२१ भित्रै सबैलाई खोप लगाउने तयारी भइरहेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताए। उनका अनुसार उपत्यकाबाहिरका अन्य सहरहरूमा पनि सकेसम्म छिटो गरी सबै जनसंख्यालाई खोप लगाउने तयारी भइरहेको छ।  

१२ वर्षमाथिका जनसंख्यालाई समेट्ने गरी खोप लगाउने तयारी भएकाले फाइजर र मोर्डनाको खोप लिने प्रक्रिया अघि बढिरहेको र सो खोप यही वर्षको डिसेम्बरभित्र आइपुग्ने सम्भावना रहेको दाहालको भनाइ छ।  

काठमाडौं उपत्यकामा जनघनत्व बढी रहेको र यस्तो ठाउँमा छिटो कोरोना संक्रमण हुने सम्भावना हुने भएकाले कतिपय खोप मिति सकिनेगरी सीमित संख्यामा आउँदा अन्य प्रदेशमा वितरण गर्न नसकिने अवस्थाले गर्दा अन्य सहरको तुलनामा काठमाडौं उपत्यकामा बढी जनसंख्याले खोप लाउने अवसर पाएको दाहालले बताए। उपत्यकाबाहिर कम जनसंख्या भएका १० वटा जिल्लाका नागरिकले पूर्ण खोप लगाइसकेको उनले जानकारी दिए।  

संक्रमणदर १० प्रतिशत  

बिहीबार नेपालमा कोरोना संक्रमणदर १०.४ प्रतिशत रह्यो। २४ घण्टाभित्रमा परीक्षण भएका ८ हजार ५ सय ५५ वटा पिसिआर नमुनामध्ये ८ सय ९८ जनामा कोरोना पुष्टि भएको हो। एन्टिजेन र पिसिआर दुवै गरी ११ हजार ७ सय ६५ वटा नमुना परीक्षण भएकोमा १ हजार ७८ जनामा कोरोना पुष्टि भएको हो। यो हिसाबले संक्रमणदर ११ प्रतिशत देखिन्छ। थप संक्रमितसहित नेपालमा कुल संख्या ८ लाख ८६ हजार ६ सय १४ जना पुगेका छन्।  

हाल देशभरिमा १८ हजार १ सय ६८ जना सक्रिय संक्रमित छन्। तीमध्ये १६ हजार ८ सय २ जना होम आइसोलेसनमा छन् भने १३ सय ६६ जनाको संस्थागत आइसोलेसनमा उपचाररत छन्। तीमध्ये पनि ३ सय ५३ जनाको आइसियुमा उपचार भइरहेको छ।  

काठमाडाैं उपत्यकामा बिहीबार ३ सय ६९ जनामा कोराना संक्रमण पुष्टि भएको छ। बिहीबारसम्म २४ घण्टाको अन्तरालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। थपिएका सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ३५ पुगेको छ।
अर्को समाचार
पूर्वखोला पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
१४ असार २०७९
•
१ मिनेट पाठ
पूर्वखोला पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
पाल्पाको पूर्वखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल र उपप्रमुख काशिका गैरेले सोमबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन्।  




पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल बताए।  

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ। सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो। गाउँपालिकामा १२ वर्षभन्दा माथि उमेरका कोभिड विरुद्वको खोप १२ हजार १०२ जनाले पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ।  

सोही तथ्याङ्कका आधारमा पालिकाका करिब ९९.८० प्रतिशत कोभिड विरुद्वको खोप पालिका घोषणाका लागि जिल्ला समन्वय समितिसमक्ष पेस गरिएको र  स्वीकृत भई घोषणा गरिएको हो।  

जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताए।  पालिकाभित्र छवटा स्वास्थ्य चौकी र पाँचवटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन्। साबिकका सिलुवा, जल्पा, रिङ्नेरह, देवीनगर, वीरकोट र हेक्लाङ्ग गरी छवटा गाविसहरू समेटेर पूर्वखोला गाउँपालिका बनेको हो। यस पालिकाभित्र हाल छवटा वडा छन्।

रासस
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस