प्रदेश १ मा साढे आठ सय संक्रमित थप
०२ भदौ २०७८
•
१ मिनेट पाठ
प्रदेश १ मा साढे आठ सय संक्रमित थप
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ४ सय १० जनाको पिसिआर परीक्षण गर्दा ४ सय ७० र १ हजार ४ सय ४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार झापामा १ सय ८४, मोरङमा १ सय ४५, सुनसरीमा १ सय ४, इलाममा १५, धनकुटामा ७, तेह्रथुम र उदयपुरमा ४/४, पाँचथर, संखुवासभा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।




झापाको शिवसताक्षी र विर्तामोडमा ३०/३०, भद्रपुरमा २८, दमकमा २४, मेतीनगरमा १९, कनकाईमा १८, अर्जुनधारामा ९, कमल गाउँपालिकामा ८, हल्दिबारीमा ६, बुद्धशान्तिमा ४, बाह्रदशीमा ३, गौरादहमा २, गौरीगञ्ज, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १/१, मोरङको विराटनगरमा ५४, बेलबारीमा ३०, लेटाङमा २२, सुन्दरहरैँचामा १५, उर्लाबारीमा ९, केराबारीमा ७, कानेपोखरी र बुढीगंगामा २/२, पथरीशनिश्चरेमा १ र स्थानीय तह नखुलेका ३, सुनसरीको इटहरीमा ५६, धरानमा ३८, रामधुनीमा ४, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा २/२, इलामको इलाम नगरपालिकामा ७, माई, रोङ र चुलाचुलीमा २/२, फाकफोकथुम र स्थानीय तह नखुलेका १/१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौबिसे र पाख्रिवासमा १/१, तेह्रथुमको फेदापमा ३, म्याङ्लुङमा १, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १/१, पाँचथरको फिदिम, संखुवासभा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा मंगलबार ४ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

संक्रमणमुक्त हुनेमा १ सय ९६ महिला र २ सय १७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
अर्को समाचार
प्रदेश १ मा क्षयरोगबाट साढे ३ हजार संक्रमित
१० चैत्र २०७८
•
३ मिनेट पाठ
प्रदेश १ मा क्षयरोगबाट साढे ३ हजार संक्रमित
विश्वक्षयरोग दिवसका अवसरमा विराटनगरमा आयोजित र्‍याली र सभामा सहभागीहरू। तस्बिरः विनोद /नागरिक
प्रदेश १ मा ३ हजार ५ सय ५९ जना क्षयरोगका संक्रमित रहेको पाइएको छ। प्रदेश १ मा ३ हजार ५ सय ५९ जना क्षयरोग संक्रमित रहेको प्रदेश स्वास्थ्य  निर्देशनालयले जनाएको छ। विश्व क्षयरोग दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानेन्द्रबहादुर बस्नेतले प्रदेश १ मा ३ हजार ५ सय ५९ जना क्षयरोग संक्रमित रहेको बताए। उनका अनुसार प्रत्येक वर्ष प्रदेशमा १२ हजार नयाँ क्षयरोगको विरामी थपिने गरेको राष्ट्रिय क्षयरोगको सर्वेक्षणबाट देखिएको छ। ‘७० प्रतिशत क्षयरोगको विरामी प्रदेशमा पत्ता लगाउन नसकिएको उनले बताए। प्रदेश १ मा कुल संक्रमित मध्ये ७० प्रतिशत संक्रमित पत्ता नै लगाउन नसकिएको अनुमान छ,’ उनले भने।




बस्नेतका अनुसार  प्रदेश १ मा सबैभन्दा बढी झापामा क्षयरोग संक्रमित भेटिएको बस्नेतले जानकारी दिए। झापामा ९ सय ९२, मोरङमा ९ सय ६८ र सुनसरीमा ८ सय ८९ जना क्षयरोगका संक्रमित छन्। तेह्रथुम जिल्लामा सबैभन्दा कम क्षयरोगको विरामी भेटिएको छ। तेह्रथुममा २१ जनामात्रै  विरामी भेटिएको छ। प्रदेश १ मा ९ सय २५ वटा प्यारोग उपचार केन्द्र ३ वटा डिआर उपचार केन्द्र, १ वटा डिआर होस्टेल १३ वटा जिन एक्स्पर्ट साइट रहेको छ। ८३ वटा माइक्रोस्पकोपिक सेन्टहरु रहेका छन्।  

देशभरीमा २८ हजार ६ सय ७७ क्षयरोगका विरामीहरू रहेका छन्। क्षयरोगका विरामी वृद्धि भइरदा पनि सामुदायमा अझै पनि सचेतनाको कमी रहेको निर्देशक बस्नेतले बताए। १४ जिल्ला रहेको प्रदेश १ का सबै जिल्लामा  जिन एक्स्पर्ट मेशिन  नहुनु मुख्य चुनौतीको विषय भएको उनले बताए।  भएका मेसिनहरू पनि पूर्ण क्षमतामा संचालनमा नआएको बस्नेतको भनाई छ। क्षयरोगका संक्रमितहरूलाई परीक्षणको दायरामा ल्याउन चुनौतीपूर्ण रहेको उनले बताए।  

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले समुदाय नागकिर समाज, सार्वजनिक तथा निजी सेवा प्रदायहरुको ऐक्यवद्धता तथा सहभागितामा जोड दिएर क्षयरोग नियन्त्रण गरिनुपर्ने बताए। सन २०५० सम्ममा क्षयरोग मुक्त नेपाल घोषणा अभियानको लागि आर्थिक वर्षमा संघिय सरकार बाट प्रदेश १ का ४ वटा पालिकाहरुमा बजेट तथा कार्यक्रम प्राप्त भएर कामहरू पनि सुरु भएको उनले बताए। क्षयरोगका विरामीहरुको स्यहार तथा रोकथामका लागि उपयुक्त श्रोत साधन सहितको राजनैतिक प्रतिवद्धा पनि आवश्यक रहेको उनको भनाई छ। ‘समयमै औषधि सेवन गरे क्षयरोग निको हुने भए पनि हेलचक्राई गर्ने र परीक्षण नै नगर्ने प्रबृत्तीले समस्या निम्त्याइरहेको छ,’ यादवले भने।  

यसैवीच विश्व क्षयरोग दिवसको अवसर पारेर विराटनगरमा र्‍याली पनि निकालिएको  छ। ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔंः जीवन बचाऔं’ भन्ने मुल नाराको साथ विराटनगरमा बिहीबार र्‍याली निकालिएको हो। प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा भेला भएर विभिन्न ६ वटा संघसंस्थाले संयुक्त रुपमा र्‍याली निकालेका थिए। र्‍यालीले विराटनगर महानगरपालिका परिक्रमा गरि गुद्री स्थित बी प्लटमा आएर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवको पनि सहभागिता रहेको थियो। र्‍यालीमा स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ, प्रदेश स्वास्थ्य  आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य, विराटनगर महानगरपालिका, नेपाल क्षयरोग निवारण संस्था, बागमती सेवा समाज नेपाल, विराटनगर नर्सिङ क्याम्पसले ब्यानर लिएर र्‍यालीमा सहभागी जनाएका थिए।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस