पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संचालन गरेको कोभिड–१९ ओपिडीमा अहिले दैनिक ५० जना हाराहारीमा परीक्षण गराउन आउँछन् । ती मध्ये अधिकांशमा कोरोना संक्रमणको पुष्टि हुने गरेको छ । असार अन्तिमसम्म कोभिड–१९ ओपिडीमा आउनेको संख्या दैनिक २० जनाको हाराहारीमा थियो । ती मध्येमा थोरैमा मात्र संक्रमण देखिन्थ्यो ।
अस्पतालका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालका अनुसार पछिल्लो समय गण्डकी प्रदेशमा संक्रमण डर डरलाग्दो गतिमा बढेको छ । परिवारै संक्रमण हुने संख्या बढेको उनले बताए । ‘पहिला व्यक्तिगत रुपमा संक्रमणको केस थिए । अहिले त परिवारै संक्रमित भएका छन । ओपिडीमा परीक्षणमा आउनेमा परिवारकै सदस्य छन,’ उनले भने, ‘हेलचेक्रयाँइले गर्दा अहिले परिवार नै संक्रमित हुन थालेका छन ।’
एकै परिवारका ४–५ जना सदस्य नै संक्रमित हुन थालेको बरालले बताए । ‘अहिले बाहिरको अवस्था डरलाग्दो छ । बिरामीको चाप हरेक दिन बढिरहेको छ । परिवारका सबै सदस्य संक्रमित हुँदा अवस्था जटिल बन्दै गएको छ,’ उनले भने ।
बरालका अनुसार कोरोनाका बिरामी अक्सिजन लगाउनुपर्ने अवस्थाका छन । तर, अहिलेसम्म अक्सिजनको अभाव भने छैन । बीचमा संक्रमण केही घट्दा दैनिक १६० सिलिन्डर अक्सिजनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको माग धानेकोमा अहिले भने दोब्बर संख्यामा सिलिन्डर प्रयोमा आउन थालेको उनले बताए । दोब्बर संख्यामा अक्सिजन सिलिन्डर खपत हुन थालेको धेरैदिन भईसकेको उनले बताए । ‘सबैतिर भीडभाड छ । नगरबसमा खुट्टा राख्ने ठाउँ छैन । खोप लगाउने केन्द्रमा उस्तै चापाचाप छ । त्यसले पनि संक्रमण बढाएको हो,’ बरालले भने ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार निकालेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका १२५६ नमूना परीक्षण गरिएको थियो । ती मध्ये ६८० जनामा संक्रमण पुष्टि भएको छ । यो भनेको करिब ५४ प्रतिशत नमूनामा संक्रमण रहेको पुष्टि हुने स्वास्थ्यकर्मीको भनाई छ । संक्रमणको यो दर साउन पहिलो साता २५ प्रतिशत हाराहारीमा थियो । साउन ३ गते प्रदेशका सबैगरि १०४५ नमूना परीक्षण गर्दा २६८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो भनेको करिब २५ प्रतिशत हो । त्यही संक्रमण साउन ९ गते ३३ प्रतिशतमा उक्लेको थियो । साउन ९ गते १००९ जनाको नमूना परीक्षण गर्दा ३३३ जनामा संक्रमण पुष्टि भएको थियो ।
‘कुनैदिन ५०–५२ प्रतिशतमा संक्रमण उक्लेको देखिएपनि परीक्षणको गतिले गर्दा फरक पर्न सक्छ । नत्र गण्डकीको संक्रमण दर ३५ प्रतिशत हाराहारीमा छ,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदी भन्छिन, ‘कहिलेकाँही नमूना परीक्षण गर्न नपाउँदाको अवस्थामा तलमाथि पर्छ । तरपनि गण्डकीको संक्रमण दर ३५ प्रतिशत हाराहारीमा छ ।’ उनले पनि अहिलेको संक्रमण दर हेर्दा अवस्था डरलाग्दो हँुदै गएको बताईन ।
‘परीक्षणको आधारमा संक्रमण दर ५५ प्रतिशत पुगेको देखिएको छ । यो दर सधैं एकैखालको त छैन । तर, गण्डकीमा हेलचेक्रयाइँ गर्ने बेला भएको छैन,’ शर्माले भने, ‘अब पनि पूर्ण रुपमा लकडाउन नगरि अहिलेको संक्रमण दर घट्न सक्दैन ।’

उनका अनुसार क्षेत्रीय अस्पतालमा अहिले कोरोनाका बिरामीका लागि उपचार गर्न भनेको बेला बेड पाउन मुस्किल छ । पहिलेजस्तो बेन्चमै राखेर वा अन्यत्रका अस्पतालमा पठाउनुपर्ने अवस्था नआएपनि इमर्जेन्सीमा पालो कुनुपर्ने अवस्था आईसकेको उनले बताए । ‘इमर्जेन्सीमा बेड कुनुपर्ने बेला भएको छ । ओपिडिमा पनि दिनमा ५० जनासम्म आएका छन । परिवारका सम्पूर्ण सदस्य संक्रमित भएका छन,’ बरालले भने, ‘संक्रमितको संख्या बढिरहेको छ । अब सरकारले कठोर एक्सन लिएन भने धान्न सकिन्न ।’पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ४८ जना कोरोना विशेषमा र मेडिकल वार्डमा ४० जना बिरामी उपचाररत छन । कोभिडको लागि छुट्याइएको शैया सतप्रतिशत भरिएको उनले बताए । ‘अब त बेड नै पाउन पनि मुस्किल छ । भएको क्षमतामा बिरामी भरिएका छन । अरु वार्डमा सार्न पनि समस्या छ । किनकी अरुखाले बिरामी पनि आएका छन,’ उनले भने । त्यस्तै लेखनाथस्थित संक्रामक अस्पतालमा पनि पूर्ण क्षमतामा कोरोनाका बिरामीको उपचार भईरहेको बरालले जानकारी दिए । लेखनाथको संक्रामक अस्पतालमा पनि ५४ जना बिरामी छन ।
बरालका अनुसार कोरोनाका बिरामी अक्सिजन लगाउनुपर्ने अवस्थाका छन । तर, अहिलेसम्म अक्सिजनको अभाव भने छैन । बीचमा संक्रमण केही घट्दा दैनिक १६० सिलिन्डर अक्सिजनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको माग धानेकोमा अहिले भने दोब्बर संख्यामा सिलिन्डर प्रयोमा आउन थालेको उनले बताए । दोब्बर संख्यामा अक्सिजन सिलिन्डर खपत हुन थालेको धेरैदिन भईसकेको उनले बताए । ‘सबैतिर भीडभाड छ । नगरबसमा खुट्टा राख्ने ठाउँ छैन । खोप लगाउने केन्द्रमा उस्तै चापाचाप छ । त्यसले पनि संक्रमण बढाएको हो,’ बरालले भने ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार निकालेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका १२५६ नमूना परीक्षण गरिएको थियो । ती मध्ये ६८० जनामा संक्रमण पुष्टि भएको छ । यो भनेको करिब ५४ प्रतिशत नमूनामा संक्रमण रहेको पुष्टि हुने स्वास्थ्यकर्मीको भनाई छ । संक्रमणको यो दर साउन पहिलो साता २५ प्रतिशत हाराहारीमा थियो । साउन ३ गते प्रदेशका सबैगरि १०४५ नमूना परीक्षण गर्दा २६८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो भनेको करिब २५ प्रतिशत हो । त्यही संक्रमण साउन ९ गते ३३ प्रतिशतमा उक्लेको थियो । साउन ९ गते १००९ जनाको नमूना परीक्षण गर्दा ३३३ जनामा संक्रमण पुष्टि भएको थियो ।
‘कुनैदिन ५०–५२ प्रतिशतमा संक्रमण उक्लेको देखिएपनि परीक्षणको गतिले गर्दा फरक पर्न सक्छ । नत्र गण्डकीको संक्रमण दर ३५ प्रतिशत हाराहारीमा छ,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदी भन्छिन, ‘कहिलेकाँही नमूना परीक्षण गर्न नपाउँदाको अवस्थामा तलमाथि पर्छ । तरपनि गण्डकीको संक्रमण दर ३५ प्रतिशत हाराहारीमा छ ।’ उनले पनि अहिलेको संक्रमण दर हेर्दा अवस्था डरलाग्दो हँुदै गएको बताईन ।
‘हामी २० प्रतिशत भन्दा तलको संक्रमण दरमा कहिल्यै झर्न सकेनौ । कोरोनाको दोश्रो लहर हाम्रा लागि २० प्रतिशतबाट ओरालो लाग्नै सकेन,’ सुवेदीले भनिन, ‘अहिले त उकालो लाग्ने क्रममा मात्र छ । अब पनि बेवास्ता गर्ने हो भने संक्रमण ५० प्रतिशत हाराहारीमा नपुग्दा भन्न सकिन्न ।’ निषेधाज्ञाको अवस्थामा ओर्लेको संक्रमण दर अहिले खुला भएसँगै बढेको उनले बताईन । ‘जताततै वेवास्ता छ । यो बेवास्ताले कहाँ पु¥याउने हो भन्न सकिन्न,’ सुवेदीले भनिन ।स्वास्थ्य निर्देशनालयको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्मा पनि गण्डकीको संक्रमण दर कुनैदिन ५० प्रतिशत हाराहारीमा पुग्न थालेको बताउँछन । ‘आधा संख्यामा संक्रमित फेला पर्नु भनेको डरलाग्दो अवस्था हो । कडाई नगर्ने हो भने गण्डकीको अवस्था डरलाग्दो हुनेछ,’ उनले भने । उनका अनुसार अहिले मृत्युको दर पनि बढ्न थालेको छ । दोश्रो लहर कमजोर भएको बेला कुनैदिन कास्कीमा कोरोना संक्रमितको मृत्युदर शुन्यमा झर्ने गरेको भएपनि अहिले त्यो संख्या बढिरहेको शर्माले बताए ।