टेकुमा कोभिड १९ विरुद्धको खोप प्रमाणीकरणमा भीड, विदेश जानेलाई सास्ती
०८ साउन २०७८
•
४ मिनेट पाठ
टेकुमा कोभिड १९ विरुद्धको खोप प्रमाणीकरणमा भीड, विदेश जानेलाई सास्ती
सप्तरीका ४५ वर्षीय रामप्रित सदा र उनकै साथी अवस्थी सदाको शुक्रबार राति १० बजे साउदीको उडान छ। उडानअघि उनलाई जोन्सोनको खोप लगाउनु र खोप लगाएको प्रमाणपत्र तयारी गर्नुछ। यो कामका लागि उनी दुई दिनअघि नै सप्तरीबाट काठमाडौं आएका हुन्। सदा बिहीबार दिनभरि राजधानीका तीनवटा खोप केन्द्रमा पालैसँग लाइन बसे। तर सबै ठाउँमा खोप लगाउन पाएनन्। कारण उनको पालो आउनुअघि नै खोप सकियो। त्यसपछि सदा, उनको साथी अवस्थी सदासहित तीनजना शुक्रराज सरुवा अस्पतालमा पुगे। टेकु पुग्दा पनि खोप लगाउने लाइन सकिएको थियो।




उनीहरू तीनैजना यो अस्पतालमा दिउँसो भेटिएका थिए। खोप नपाएपछि उनीहरू दुवै काम स्थगित गरेर बसिरहेको गौशाला होटेलमा फर्किने तयारीमा थिए। ‘आज तीन ठाउँ पुग्यौं, खोप कतै लगाउन पाएनौं, भोलि विहान ७ बजे आउनु भनेका छन् ’ उनले भने। तर उनीहरू तीनै जना भोलि खोप लगाउन पाइने हो कि होइन ? खोप पाइहालेपनि भोलि नै हजारौैको लामो लाइन छिचालेर खोप प्रमणीकरण पत्र पाइएला किन नपाइला ? मनमा दोधार बोकेर फर्किन लागेको बताए। ‘भोलि खोप मिलेन भने हाम्रो जहाज छुट्छ,’ रामप्रितले भने।

शुक्रबार नै अफगानिस्तानका लागि उडान तयार भएका पोखराका सुनिल गुरुङ र पोल्याण्ड हिँडेका म्याग्दीका तेजबहादुर थापा पनि टेकु अस्पतालमा उस्तै चिन्तामा देखिए। उनीहरूलाई शुक्रबार दिनभरिमा पिसिआर गर्ने र खोप प्रमाणीकरण गर्नु र्ने छ। बिहिवार दिनभर लाइन बसे पनि खोप प्रमाणीकरण हुन सकेन। बिहीबार टेकु अस्पताल पुगे पनि हजारौंको लाइन देखेपछि प्रमाणीकरण पाउने स्थिति नदेखेर उनीहरू फर्किने तरखरमा थिए।

केही महिनापछि अमेरिका जाने तयारीमा रहेका विराटनगरका सरोज कटुवाल खोप लगाएर प्रमाणीकरण कागज लिन तीन दिनअघि काठमाडौं आएका हुन्। बुधवार वीर अस्पतालमा तीन घण्टा लाइन बसेपछि खोप लगाउन पाए। बिहिवार ३ बजे प्रमाणीकरण कागज लिन टेकु अस्पतालमा लाइन बसेको १२ घण्टापछि उनको पालो आयो र कोभिड खोप प्रमाणीकरण पत्र पाए। तर उनले खोप लगाउन र यो काजग लिनको लागि पाएको दुःख मनभरि बोकेर विराटनगर फर्किने सुरमा थिए। ‘लाइन पर्खिंदा अहिलेसम्म खाना खाएको छैन,’ उनले भने। प्रमाणीकरण पत्रको लागि ३ सयको बिल काट्न छुट्टै लाइन र बिल लिइसकेपछि पत्र लिनको लागि बस्नुपर्ने छुट्टै लाइनमा पाएको सास्ती उनले कहिल्यै नभुल्ने क्षण भएको बताए।

कटुवालका अनुसार एक युवा तीन दिनदेखि खोप र प्रमाणपत्रको चक्करमा भौतारिएका छन्। तर लामो लाइनको कारण पाउन सकेनन्। यीबाहेक कोभिड १९ खोप प्रमाण्ीकरण पत्रको लागि ११ देखि १३ घण्टा लाइन बसेका थुपै्रै भेटिए। कतार हिँडेका सञ्जय गुरुङसहितका तीन युवाले राति ३ बजेदेखि लाइन बसेपछि १२ घण्टामा पालो पाएका थिए। पीडित युवाको अस्पतालमा पत्रको लागि लाग्ने शुल्क तिर्ने काउन्टर र पत्र तयार गर्ने टेबुल एउटै हुनाले दिनभर लामो लाइन बस्नुपरेको गुनासो छ। अस्पतालको भने एकै दिन हजाराैँ युवा आएकोले अस्पतालले व्यवस्थापन गर्न नसकेको जवाफ छ। धेरैजनाको भीड भएपछि बुधबार र बिहीबार सेवा दिनको लागि सेवा अवधिको समय थप गरिएको अस्पतालका प्रमुख डा. अनुप बाँस्तोलाले बताए। ‘अहिले पनि मेरो वरपर १५ जना युवा हुनुहुन्छ, उहाँहरूलाई सेवा दिएर मात्र पठाउने तयारी गरेका छौं,’ बाँस्तोलाले बिहीबार साँझ भने।  

उपत्यकामा कोरोना संक्रमण बढिरहेको बेलामा अस्पतालमा सेवाग्राही दिने अस्पतालमा भीडभाड हुनु जोखिमपूर्ण अवस्था रहेको डा. बाँस्तोला बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका थुपै्र जिल्लामा पुनः संक्रमण बढ्दै गएपछि भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक पालना गर्न निर्देशन दिएको छ। तर राजधानीकै शुक्रराज सरुवा अस्पतालले सरकारको नीति नियम पालना गर्न नसकेको बिहीबारको झझल्कोले देखाएको छ। बिहीबार भीड नियन्त्रण गर्न अस्पतालले प्रहरी र रेडक्रस सोसाइटीको सहयोग समेत लिन परेको थियो। दुईदिनको लगातार भीडपछि अस्पताले शुक्रबारदेखि प्रमाणीकरण टेबुल थप गरेर सेवा दिने निर्णय गरेको अस्पतालका प्रमुख डा. बाँस्तोलाले बताए।  

नेपालमा विभिन्न सरुवा रोग तथा कोभिड १९ संक्रमणपछि खोप प्रमाणीकरण, पिसिआर प्रमाणीकरण जस्ता आधिकारिक पत्रको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई जिम्मा दिएको हो। पहिलादेखि नै अन्य रोगमा प्रमाणीकरण पत्र दिँदै आएकोमा यसपटक धेरैजना आउँदा व्यवस्थापनमा कठिनाइ भएको अस्पतालले जनाएको छ। ‘अन्य दिन दैनिक पाँच÷दस जना मात्र आउँथे, अहिले कोभिड १९ विरुद्धको खोपको प्रमाणीकरण पत्र लिन एकैपटक धेरैजना आएका हुन्,’ उनले भने। यसअघि अस्पतालले एचआइभी, क्षयरोग, हेपाटाइटिश तथा अन्य सरुवा रोगहरूको प्रमाणीकरण पत्र दिंदै आएको छ।

बिभिन्न देशहरूले कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरेपछि नेपालबाट विदेश जानेहरूलै एकैपटक पत्र माग गरिरहेको बाँस्तोला बताउँछन्। ‘ कोभिड १९ बिरुद्धको राहानी पत्रको साथमा अप्टेरो नपरोस भनेर प्रमाणीकरण पत्र पनि अंगे्रजीमा लैजानेहरू धेरै छन्’ उनले भने।
अर्को समाचार
खोप लगाएकाले पनि सार्छन् भाइरस
२० साउन २०७८
•
१ मिनेट पाठ
खोप लगाएकाले पनि सार्छन् भाइरस
अमेरिकाले खोप लगाएकालाई पनि सार्वजनिक स्थलमा मास्क लगाउन फेरि सिफारिस गरेको छ। अमेरिकाको मासाच्युट राज्य नजिककैको केप कोड नामक प्रायद्वीपमा गरिएको अध्ययनको नतिजाका आधारमा अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी) ले मास्क लगाउन नीतिगत सिफारिस गरेको हो। अध्ययनमा खोप लगाएका १२७ जनालाई समेटिएको थियो, जसमा कोरोनाको डेल्टा भेरियन्ट भाइरस भेटिएको थियो। उनीहरूले खोप नलगाएका तथा आंशिक रूपमा खोप लगाएका मानिसले सार्ने अनुुपातमै अन्यलाई भाइरस सारेको अध्ययनले देखाएको छ। केप कोडमा जुलाई ४ मा आयोजना गरिएको स्थानीय उत्सवमा सहभागी ४३० जनामा भाइरस संक्रमण भएको थियो।  ‘उच्च भाइरल लोडका कारण संक्रमणको उच्च जोखिम देखिएको छ।  




भाइरसका अन्य प्रजातिभन्दा फरक हिसाबले खोप लगाए पनि डेल्टा भेरियन्टका संक्रमितले अन्यलाई भाइरस सार्ने देखिएको छ,’ सिडिसीका निर्देशक रोसेल वालेन्स्कीले शुक्रबार भने। उनले अध्ययनको नतिजा चिन्ताजनक रहेको र यही नतिजाका कारण अमेरिकाले मास्कसम्बन्धी निर्देशिका परिमार्जन गर्नुपरेको बताए। गत साताको सुरुमा सिडिसीको एक आन्तरिक प्रस्तुतिमा डेल्टा भाइरस ठेउला (चिकनपक्स) जत्तिकै संक्रामक रहेको बताइएको थियो। डेल्टा भेरियन्ट सामान्य रुघाखोकी, मौसमी फ्लु तथा स्मलपक्सभन्दा अधिक तर दादुराभन्दा कम संक्रामक रहेको प्रस्तुतिमा उल्लेख गरिएको समाचार वासिङ्टन पोस्ट नामक दैनिक पत्रिकाले गत साता प्रकाशन गरेको थियो।

‘अब लडाइँको प्रकृति फरक भएको छ,’ सिडिसीको उक्त प्रस्तुतिमा भनिएको थियो। अस्पतालमा भर्ना हुने बिरामी तथा मृत्युलाई उल्लेख्य हिसाबले रोक्न कोभिड–१९ विरुद्धको खोप सफल रहे पनि संक्रमण रोक्न सफल छैन । यही कारण ओलम्पिकजस्ता खेलकुद आयोजना तथा दीर्घकालसम्मका लागि मानिसमा प्रतिरक्षा शक्ति विकास हुनेनहुने विषयमा प्रश्न उठेका छन्।  

–वाल स्ट्रिट जर्नल
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस