संक्रमण बढ्ने चिन्ता
०७ असार २०७८
•
२ मिनेट पाठ
संक्रमण बढ्ने चिन्ता
नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन्।




धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले लकडाउन खुलेपछि संक्रमण बढ्न सक्ने सम्भावना औंल्याए। ‘तर यसअघिकै दरमा भने बढ्दैन’, उनले थपे। अहिले पनि केही जिल्लामा संक्रमणदर बढिरहेको र लकडाउनपछि ती ठाउँबाट मानिस सहरतिर प्रवेश गरेमा बढ्न सक्ने डा. कर्माचार्यको विश्लेषण छ।  

दोस्रो लहरमा एकैपरिवारका धेरै जनाको मृत्यु भएकाले मानिसहरू थप सचेत बन्दा संक्रमणदर घटेको वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरे बताउँछन्। ‘लकडाउन गरेको तीन सातादेखि संक्रमण घट्दै गएकाले लकडाउन खुलेपछि बढ्ने सम्भावना रहन्छ’, उनले भने। ठूला सहरहरूमा एक साता लकडाउन बढाउनुपर्ने डा. गैरेको सुझाव छ। ‘लकडाउन खुल्नेबित्तिकै हिँडडुल बढ्छ। हिँडडुल बढ्नेबित्तिकै संक्रमण बढ्छ’, उनले भने।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देशका १४ जिल्लामा संक्रमणदर बढ्दो क्रममा रहेको जनाएको छ। मन्त्रालयका अनुसार उदयपुर, तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, दोलखा, नुवाकोट, रसुवा, बाग्लुङ, मुस्ताङ, रोल्पा, जुम्ला, मुगु, रुकुम पश्चिम, बाजुरालगायतका जिल्लामा संक्रमणदर बढ्दो क्रममा छ।  

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल संक्रमण घट्दै जानुमा आवात–जावतमा लगाइएको रोक नै प्रमुख कारण भएको बताउँछन्। संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुल्ने हो भने गत वर्षकै जस्तो पुनः ह्वात्तै बढ्न सक्ने उनको भनाइ छ।  

दोस्रो लहरको कोरोना भेरियन्ट गत वर्षको भन्दा कडा र छिटो सर्ने भएकाले यसपटक सबैतिर ह्वात्तै निषेधाज्ञा खोल्न नमिल्ने उनले बताए। ‘हामीले संक्रमणको स्थिति हेरेर मात्र फरक–फरक ठाउँमा निषेधाज्ञा खोल्दै जान्छौं’, उनले भने। संक्रमण नियन्त्रणमा आउन अझै ४ देखि ६ हप्ता लाग्न सक्ने पौडेल बताउँछन्। अहिले नेपालमा संक्रमणदर २० प्रतिशत हाराहारी छ। पाँच प्रतिशतभन्दा कम संक्रमणदर भएमात्र नियन्त्रण भएको मानिन्छ।

नेपालमा दोस्रो लहरमा फैलिएको कोरोना भाइरस भेरियन्ट भारतमा फैलिएको डेल्टा भेरियन्ट रहेको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जेठ अन्तिम साता जिन सिक्वेन्सिङका लागि भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिगेरेटेड बायोलोजी प्रयोगशालामा ४८ नमुना पठाएको थियो। ती नमुना वैशाख २० देखि जेठ २० भित्र संकलन गरिएका थिए। ४८ नमुनामध्येमा ४७ वटामा डेल्टा भेरियन्ट भेटिएको थियो। यो भेरियन्ट भारत, नेपालसहित ८० मुलुकमा फैलिसकेको छ। एउटा नमुनामा भने अल्फा भेरियन्ट भेटिएको थियो। यो भेरियन्ट १ सय ६४ मुलुकमा फैलिएको छ। नेपालमा अहिले डेल्टा भेरियन्ट बढी मात्रामा फैलिएको छ।
अर्को समाचार
खुकुलो निषेधाज्ञाले संक्रमण बढ्ने जोखिम
१८ असार २०७८
•
४ मिनेट पाठ
खुकुलो निषेधाज्ञाले संक्रमण बढ्ने जोखिम
गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ। तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै छ। पछिल्ला दुई दिनमा त यो २६ प्रतिशतमा उक्लेको छ। पर्याप्त परीक्षण र खोप अभावसँगसँगै संक्रमण दर अपेक्षित हिसाबले नघट्दा महामारी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। यो सातादेखि राजधानीमा गरिएको आंशिक खुलापनले संक्रमण झन् बढ्न सक्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआरमार्फत ७ हजार १ सय ३० जनामा भाइरस परीक्षण भएकोमा २६ प्रतिशतमा संक्रमण देखिएको छ। बुधबार पनि संक्रमण दर २६ प्रतिशत नै थियो।




चिकित्सकका अनुसार हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुन सक्ने भएकाले समुदायले समयमै परीक्षण गर्नुपर्छ। तर त्यसो हुन सकेको छैन। टेकु अस्पतालको निर्देशकबाट हालै सेवानिवृत्त सागर राजभण्डारी घरपरिवारका सबै सदस्य संक्रमित हुँदा समेत परीक्षण नभएको देखिएको बताउँछन्। ‘संक्रमण भित्रभित्रै गुम्सिएको छ र त्यही कारणले यो घट्न नसकेको हो,’ उनी भन्छन्।  

‘हामीले परीक्षणको दायरा बढाउन सकेका छैनौं। कन्ट्याक्ट ट्रेसिङ अत्यन्त कमजोर छ। स्थानीय तहको भूमिका कन्ट्याक्ट ट्रेसिङमा अपेक्षित देखिएन,’ उनी भन्छन्। पछिल्ला दिनमा प्रदेश १, वाग्मती र गण्डकीमा संक्रमण अन्यत्रको भन्दा बढी देखिएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी संक्रमण व्यापक रूपमा फैलिएकाले घट्न समय लागेको तर्क गर्छन्। ‘हामीले वैशाखको मध्यभन्दा चैतको मध्यदेखि निषेधाज्ञा जारी गरेको भए संक्रमण धेरै तल झर्न सक्थ्यो तर ढिलो हुँदा यसले व्यापक रूपमा फैलिने मौका पायो,’ उनी तर्क गर्छन्। देशका विभिन्न स्थानमा बाढीपहिरो आएकाले प्राकृतिक कारणले मानिसको आवतजावत कम हुने हुँदा तत्काल संक्रमण ह्वात्तै नबढे पनि भदौपछि यो फेरि बढ्न सक्ने उनी बताउँछन्।  

पूर्वनिर्देशक डा. मरासिनीले निषेधाज्ञाका कारण देशले ठूलो सामाजिक तथा आर्थिक मूल्य चुकाउनुपरेको र यसको प्रभाव न्यूनीकरणका लागि सरकारसँग योजना नभएको बताए। ‘चीनले लकडाउनको बेला मानिसलाई बाहिर निस्कनैनपर्ने व्यवस्था गरेको थियो र त्यही हिसाबले त्यहाँ अत्यन्त छिटो महामारी नियन्त्रणमा आउन सकेको थियो,’ डा. मरासिनी भन्छन्, ‘हामीले लकडाउन कति समयसम्म गर्ने योजना बनाउन सकेनौं।’

विशेषगरी भाइरस संक्रमण व्यापक हिसाबले समुदायस्तरमा विस्तार भएको पृष्ठभूमिमा जोखिममा रहेका र दुर्गम क्षेत्रका बासिन्दालाई यथेष्ट परीक्षण हुन सकेको छैन। विपन्न तथा दैनिक घरायसी कामको बोझले थिचिएका जनसमुदाय रोग परीक्षणका लागि अन्यत्र जान सकेका छैनन्। परीक्षणप्रतिको आम विश्वास र समयमै गरिने परीक्षणले बिरामी र तिनका परिवारजनको जीवनरक्षा गर्न सक्ने भए पनि आम जनसमुदायको भाइरसप्रतिको समग्र बुझाइ अझै नकारात्मक छ। कोरोना भएकालाई समाजले गर्ने व्यवहार, भाइरसका विषयमा सुरुदेखि देखिएको भय, समाजिक हिसाबले अपहेलित हुनपर्ने डर यथावत् छ। ‘संक्रमण समयमै पत्ता लाग्दा कोभिड–१९ को उपचार सम्भव छ भन्ने सन्देश जाँदा मानिसहरू परीक्षण गर्न सक्छन्,’ पूर्वनिर्देशक डा. राजभण्डारी भन्छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल संक्रमण दर तत्काल घट्ने नदेखिएको र केही सातासम्म यस्तै रहन सक्ने बताउँछन्। पछिल्ला दिनमा लकडाउन आंशिक रूपमा खोलेका कारण आवागमन बढ्दा संक्रमण बढ्न सक्ने बताउँदै उनी भन्छन्, ‘यो बेला स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने आवश्यकता झन् बढेको छ।’ महामारी नियन्त्रणका लागि अत्यधिक जनसंख्यालाई खोप उपलब्ध गराउनुपर्नेमा नेपालको खोप अभियान पछिल्ला दिनमा अत्यन्त कमजोर बनेको छ। 

हाल चीनले अनुदान दिएको १० लाख डोज खोपमार्फत ज्येष्ठ नागरिकलाई खोप दिइएको छ। तर यसअघि कोभिसिल्ड खोप लगाएका साढे १३ लाख जनसंख्याले दोस्रो डोज कहिले पाउने भन्न्ने अझै निश्चित भएको छैन। उनीहरूले पहिलो डोज लगाएको १४ साता कटिसकेको छ। छिट्टै कोरोना खोप ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै प्रवक्ता पौडेलले चीन र गाभीबाट खोप ल्याउने तयारी भएको बताए। ‘यही मात्रा र मिति भनेर भन्न नमिल्ला तर खोप छिट्टै आउँछ,’ उनले भने।

स्वास्थ्य मन्त्रालयले भाइरस परीक्षणका लागि पर्याप्त रूपमा एन्टिजेन स्थानीय पालिकालाई उपलब्ध गराए पनि परीक्षण हुन नसकेको बताएको छ। ‘हामीले १६ लाख एन्टिजेन किट स्थानीय पालिकालाई उपलब्ध गरायौं तर मुस्किलले १ लाख किटको नतिजा प्राप्त भएको छ,’ प्रवक्ता पौडेलले भने।  

परीक्षणको अभावमा समुदायमा भाइरसको सहज संक्रमण भइराखेको स्वीकार गर्दै भाइरस परीक्षणको राष्ट्रिय टोलीको नेतृत्वसमेत गरिरहेका स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ भन्छन्, ‘परीक्षणका विषयमा परिवार र टोलमा जागरण आउनुपर्‍यो, यो एक्लै मन्त्रालयले मात्र गर्न सक्ने काम होइन।’ उनी थप्छन्, ‘हामी सुरुदेखि नै परीक्षणमा चुकेका छौं। संक्रमितको सम्पर्कमा आएका र शंकास्पद मानिसका परीक्षणलाई प्रभावकारी पार्न सके लकडाउन जारी राख्न आवश्यक हुँदैन,’ उनी भन्छन्। नेपालमा बिहीबारसम्म ३१ हजार ३ सय ६८ कोरोनाका सक्रिय संक्रमित छन्। महामारी सुरु भएयता भाइरसका कारण ९ हजार १ सय ४५ मानिसको मृत्यु भइसकेको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस