एक करोड डोज खोप ल्याउने कुरा भाषणमै सीमित
०४ असार २०७८
•
३ मिनेट पाठ
एक करोड डोज खोप ल्याउने कुरा भाषणमै सीमित
सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने एक साताभित्र तयारी भइरहेको बताए।  




दुई साताअघि चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेलको १० लाख खोपबाहेक अन्य देशले खोप दिइहाल्ने स्थिति छैन। कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समिति तथा स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कुनै पनि देशले खोप दिने जानकारी नदिएको बताएका छन्। ‘अहिलेसम्म कुनै देशबाट खोप आइहाल्ने हामीलाई जानकारी छैन,’ कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समितिका संयोजक डा. श्यामराज उपे्रतीले नागरिकसित भने।  

दुई साताअघि पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनबाट थप ५० लाख भेरोसेलको खोप र अमेरिकाबाट थप ५० लाख खोप अष्ट्राजेनिका या भेरोसेलको खोप दिने बताएका थिए। उनले जेठ १४ गते स्वास्थ्य पत्रकार मञ्चको बैठकमा दशदिन भित्र सम्बन्धित देशहरूले खोप दिने बारेमा केही न केही जानकारी दिने बताएका थिए। मन्त्री ज्ञवालीले भनेका थिए, ‘हप्ता, दस दिनभित्रमा बे्रक थु्र हुन्छ।’ 

ज्ञवालीले अमेरिका र चीनकाहेक अन्य देशहरूसंग खोप ल्याउनको लागि कूटनीतिक पहल भइरहेको बताएका थिए। अमेरिकामा कानुनी प्रक्रिया पारेपछि भण्डारणमा रहेको अष्ट्रजेनिकाको खोप दिने बढी सम्भावना रहेको पनि बताएका थिए। पाँच दिनअघि परिवार कल्याण महाशाखाले अर्को साताभित्र कोभाक्सले खोप दिने जानकारी गराएको जनाएको थियो। तर कति संख्यामा दिने भन्ने कुरा भने यकिन थिएन।  

प्रधानमन्त्री कार्यालय केही अन्य मन्त्रालयका अधिकारीहरूबाट पनि बेलाबखत विभिन्न देशबाट यति खोप आउने भनी सामाजिक सञ्जालमा पोष्ट भइरहेको देखिन्छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले भने खोप लिनको लागि खोप उत्पादन गरिरहेका देशहरूसँग दैनिकजसो नै छलफल गरी प्रयास भइरहेको बताए। ‘सबै सकारात्मक छन् तर कहिले कति खोप दिने भन्नेबारेमा निश्चित भएको छैन,’ मन्त्री तामाङले नागरिकसँग भने। मन्त्री तामाङले भने, ‘आज पश्चिमा देशहरूसँग खोपकै बारेमा छलफल भएको हो।’

सरकारी मन्त्रालयले भने अनुसार अहिल्यै कतैबाट खोप आउने संकेत नभएको कोभिड १९ विरुद्धको खोप व्यवस्थापन समितिका संयोजक डा. श्यामराज उपे्रतीले बताए। कोभाक्सले नेपालको लागि निःशुल्क दिने भनेको थप ३ लाख ४८ हजार डोज पनि जुलाइमा मात्र आउने सम्भावना रहेको बताए। कोभाक्सले दिने त्यो खोपले नेपालको बाँकी रहेको जनसंख्याको लागि अत्यन्त कम डोज हो।  

डा. उपे्रतीका अनुसार गत माघदेखि यता नेपालमा १८ लाख भारतबाट कोभिडसिल्डको खोप आइपुगेको छ। त्योमध्येमा ८ लाख भारत सरकारको अनुदानमा र १० लाख नेपालले खरिद गरेको खोप हो। त्यसैगरी माघमै कोभ्याक्सले ३ लाख ४८ हजार डोज खोप उपलब्ध गराएको थियो। चीनले चैतमा ८ लाख र जेठमा १० लाख गरी ४१ लाख ४८ हजार डोज खोप नेपालमा आइपुगेको छ। बाँकी खोप दिनेबारेमा अहिलेसम्म कुनै पनि देशले सम्झौता नगरिसकेकोले खोप कहिले आइपुग्छ भन्ने विषयमा यकिन नभएको  डा. उप्रेतीले बताए। 
अर्को समाचार
अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने
१५ जेष्ठ २०७८
•
३ मिनेट पाठ
अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने
विभिन्न मित्रराष्ट्रसँग कोभिड–१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत परराष्ट्र तथा विदेश मामिलामन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्। 




मन्त्री ज्ञवालीले नेपालमा खोप निर्यात गर्ने देशहरूले १० दिनभित्रै औपचारिक जानकारीसमेत दिने बताए। ‘हप्ता/दस दिनभित्रै ब्रेक थ्रु आउनेछ,’ उनले भने, ‘मन्त्रालयबाट खोप उत्पादन गर्ने देश र उत्पादन गर्ने कम्पनीसँग कूटनीतिक पहल नियमित रूपमा भइरहेको तथा अमेरिका र चीन छिट्टै खोप उपलब्ध गराउने तयारीमा देखिएको छ।’

खोप उपलब्ध गराउने देश चीनले बुधबार चाँडै नै १० लाख खोप अनुदानमा दिने र अन्य समन्वय गर्ने घोषणा गरिसकेको छ भने अमेरिका कूटनीतिक स्तरमा सहमत भए पनि अमेरिकी कानुनी प्रक्रियामा अघि बढिरहेको मन्त्री ज्ञवालीले बताए। अमेरिकाले खोप निर्यात गर्नुअघि अमेरिकी औषधि नियन्त्रण विभाग, सुरक्षा निकाय र फुड एन्ड ड्रग्स कम्पनीले अनुगमन गरी अनुमति दिनुपर्छ। ‘अमेरिका अहिले यी प्रक्रिया पूरा गर्ने क्रममा छन्,’ उनले भने। 

मन्त्री ज्ञवालीका अनुसार आफ्ना नागरिकका लागि भनी आयात गरिएको अस्ट्राजेनिका खोप नलगाई अरू खोप दिइएकाले अमेरिकामा ६ करोड डोज भण्डारण गरिएको छ। नेपालले अमेरिकासँग त्यही खोप माग गरेको हो। अस्ट्राजेनिकाबाहेक अमेरिकी कम्पनी जोनसोन एन्ड जोनसनको खोप लिने पहल भएको छ। मन्त्री ज्ञवालीका अनुसार अमेरिकाबाट ५० लाख डोज जोनसोन एन्ड जोनसोनको खरिद गरी ल्याउने समन्वय भइरहेको छ।  

छिटो खोप उपलब्ध गराउने चीनले पनि अनुदानको १० लाखबाहेक ५० लाख भेरोसेलमको खोप उपलब्ध गराउने भएको छ। तर दुवै देशले थप डोजबारे औपचारिक घोषणा गरेका छैनन्। जोनसोन एन्ड जोनसनको खोप एक डोज मात्र लगाइने भएकाले खोप अभियानको लागत कम लाग्ने र खरिद मूल्य पनि सुपथ हुन सक्ने देखिएकाले नेपाल उक्त खोप खरिद गर्ने तयारीमा रहेको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए।

भारतबाट ‘कोभिसिल्ड’ रोकिएपछि मन्त्रालयले नेपालमा पहिलो डोज खोप लिएर बसेका ६५ वर्षमाथिका नागरिकलाई विकल्पमा अस्ट्राजेनिकाकै खोप दिन लागिएको र त्यो खोप उत्पादन गर्ने देश बेलायत, अमेरिका, रुसलगायतसित १७ लाख डोजका लागि पहल गरेको हो। अहिलेको स्थितिमा अस्ट्राजेनिकाको खोप छिटो उपलब्ध गराउन सक्नेमा अमेरिका देखिएको मन्त्री ज्ञवालीले संकेत गरे। ‘अरू देशहरूबाट पनि खोप लिने कुरामा सकारात्मक संवाद भइरहेको छ,’ उनले भने। खोपका लागि नेपाल सरकारले ३६ अर्ब बजेट सुनिश्चित गरिसकेकाले विश्व बजारमा खोप उपलब्ध भएसम्म सन् २०२१ भित्रै ७२ प्रतिशतलाई खोप लगाइसक्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

सबै देशसँग नियमित रूपमा कूटनीतिक पहल भए पनि विश्व बजारमा खोप उत्पादन र मागको असन्तुलन, खोप उत्पादन र वितरणको असमानताले विकासशील देशहरूलाई खोपको संकट परिरहेको स्थिति रहेको मन्त्री ज्ञवालीले बताए। तथ्यांकअनुसार विश्वका १५ देशले ९५ प्रतिशत खोप ओगेटेका छन् भने विश्वका १ सय ६० देशले ५ प्रतिशत खोपको भरमा अभियान सुरु गरेका छन्। चीन र अमेरिकाबाहेक रुस र बेलायत पनि खोप खरिदका लागि प्राथमिकतामा रहेको मन्त्रालयले जनाएको छ।  

यसअघि कोभिड–१९ विरुद्धको खोप सिधै खरिद गर्न नेपालको ऐनले बाधा पारेकोमा गत साता ल्याइएको कोभिड १९ विरुद्धको खोप अध्यादेशले नियममा भएका अवरोध हटाएको छ। सो अध्यादेशले कोभिड–१९ विरुद्धको खोप उत्पादक कम्पनीसित सिधै खरिद व्यवस्था गरेको छ र खोप समन्वय समिति गठन गरिसकेको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस