स्वास्थ्य सामाग्री बोकेर मजदुर किसान पार्टीका सचिव जुम्लामा
०३ असार २०७८
•
३ मिनेट पाठ
स्वास्थ्य सामाग्री बोकेर मजदुर किसान पार्टीका सचिव जुम्लामा
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल स्वास्थ्य सामाग्री बोकेर जुम्ला पुगेका छन्। उनी चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामाग्री बोकेर उनी जुम्ला आइपुगेका हुन्। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान गरेको नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले जानकारी दिए।  




नेता सुवालले एन नाइन्टीफाइभ मास्क र हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन ल्याएका थिए। उनले भने,‘जसमध्ये २ हजार ८ सय ८० थान एन ९५ मास्क र १ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदान गरिएको छ। दुई हजार मास्क जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई उपलब्ध गरिएको छ। ’

चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामाग्री कर्णालीमै पुगेर दिन पाउँदा खुसि लागेको नेता सिवालले बताए। उनले भने,‘अहिले देशमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ। रोकथाम र नियन्त्रणको खाँचो छ। यही बीचमा चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामाग्रीले निकै राहत दिने छ।’  

हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन अक्सिजन कन्सेनट्रेटर भन्दा बढी भरपर्दो छ। अत्याधुनिक र बहुउपयोगी छ। ती सामाग्रीको बजार मूल्य १ करोड रुपैयाँ बढी रहेकोे छ, नेता सुवालले भने,‘  छिमेकी देश चीनले कोभिड माथि विजय प्राप्त गरेको र विश्वका अन्य देशहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरिरहेको प्रति खुशी छौँ। ’

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा कोभिड रोकथाममा सहकार्य गर्न नेमाकिपालाई स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्राप्त भएको हो।  जनताको स्वास्थ्य सेवामा अधिकतम प्रयोगका लागि खटिएका अस्पताल तथा प्रतिष्ठानहरुलाई सो स्वास्थ्य सामाग्री प्रदान गरिएको उनले बताए।  

उनका अनुसार भक्तपुरका ६ वटा अस्पताल र काभ्रे अस्पतालमा प्रदान गरिससकेको छ।  जुम्ला देखि विराटनगर सम्मका अस्पतालमा  स्वास्थ्य सामाग्री पुगिसकेको छ। स्वास्थ्य सामाग्री बुझ्दै प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए। उनले भने,‘कोरोना महामारीको समयमा गरिएको यो सहयोग निकै प्रसंसनीय छ। आगामी दिनमा पनि कर्णालीको स्वास्थ्य क्षेत्रलाई अगाडी बढाउनको लागि साथ र सहयोग रहने अपेक्षा गरिएको छ। ’

संविधानसभा सदस्य  डिल्लीप्रसाद काफ्लेले चिनियाँ कम्युनिष्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामाग्रीले राहत मिल्ने बताए । उनले भने,‘चीनले नेपाली जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिदै गरिएको यो सहयोगले कोरोना महामारी विरुद्ध लड्ने हौसला प्रदान गरेको छ। चीनले नेपाल प्रति देखाएको सद्भाव र सहयोगको लागि हामी आभारी छौँ। ’

नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि  प्रतिष्ठान र अस्पतालमा स्वास्थ्य सामाग्री सहित मेसिन भएको बताए । उनले भने,‘यो सामाग्रीको सही रुपमा सदुपयोग होस  भन्ने अपेक्षा राखेका छौँ। ’ उपाध्यक्ष राजेश्वर देवकोटाले मित्र पार्टी तथा छिमेकी देशका जनताको सहयोगी भावना समेटिएको उपहार निकै अर्थपूर्ण भएको प्रतिक्रिया दिए। यो सहयोगले महामारीको विरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल थप बलियो हुनुका साथै हौसला प्राप्त हुने आशा व्यक्त गरे।  

नेपाल क्रान्तिकारी शिक्षक संघ जुम्लाका अध्यक्ष  नर घर्तीले विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन हाइड्रोजन अक्सिजन मेसिन उपलब्ध गरिएको बताए। नेपाल क्रान्तिकारी युवा संघका जिल्ला अध्यक्ष लालबहादुर बुढाले छिमेकी मितेरी देश चीनबाट सहयोग स्वरुप प्राप्त भएको स्वास्थ्य सामग्रीले संक्रमण नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्ने बताए। प्रतिष्ठानमा हाइड्रोजन मेसिन जडान गर्न प्राविधिक सहितको टोली जुम्ला पुगेको थियो। स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख कार्मा बुढा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायत नेमकिपाका नेता कार्यकर्ता पत्रकार सहभागी थिए।  
अर्को समाचार
सत्तारुढ गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा होः प्रेम सुवाल
०७ चैत्र २०८०
•
१ मिनेट पाठ
सत्तारुढ गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा होः प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामक न्युनतम साझा कार्यक्रम कागजको खोस्टा जस्तै भएको टिप्पणी गरेका छन्।




मंगलवार(हिजो)सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार संचालनका लागि सार्वजनिक गरेको सो कार्यक्रममा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको जिकिर गर्दै त्यसको कुनै अर्थ नभएको बताए।  

सांसद सुवालले भने, ‘सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महकाली,माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएका हुँदा यो साझा कार्यक्रम कागजको खोस्टा जस्तै हो। प्र्र्राङ्गारिक खेतीबारे क्युवाबाट सिक्न सकिन्छ। गरिवी हटाउन मित्र देश चीनको नमूना उपयुक्त हुने सुझाव यहाँ दिन चाहन्छु । सभामुखले सांसदहरुको अभिभावकीय भुमिका निर्वाह गर्न जरुरी छ।’

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले गरिवी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि सरकारलाई सुझाव दिए। उनले प्राङगारिक खेतीबारे क्युवाबाट जानकारी लिन पनि सरकारलाई सचेत गराए। 
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस