धादिङमा अक्सिजन मिनिप्लान्ट जडान
२० जेष्ठ २०७८
•
१ मिनेट पाठ
धादिङमा अक्सिजन मिनिप्लान्ट जडान
धादिङमा जडान गरिएको अक्सिजन प्लान्ट ।
धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ । नीलकण्ठ नगरपालिकाले ३३ लाख लगानीमा २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको हो । यो अक्सिजन प्लान्ट जिल्लाकै पहिलो हो । नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङगाना, उप प्रमुख मनराज भण्डारी र प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बिहिबार अक्सिजन प्लान्टको औपचारिक उद्घाटन गरेका छन् ।




प्लान्टबाट प्रतिमिनेट २०/२० लिटरका दरले अक्सिजन उत्पादन हुने नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य निरिक्षक शिव रानाले जानकारी दिए । उत्पादित अक्सिजन सिधै बिरामीलाई प्रयोग हुने हुँदा अक्सिजन सिलिन्डरमा भरेर संचित गर्न भने नमिल्ने प्राविधिकहरुले बताएका छन् ।

देशभरका अस्पतालमा कोरोना संक्रमणका विरामीको उपचारका लागि अक्सिजन अभाव भइरहँदा धादिङमा यसको व्यवस्थापन सुरु गरिएको हो ।
अर्को समाचार
धमाधम बन्न थाले अस्थायी कोभिड अस्पताल
०८ जेष्ठ २०७८
•
३ मिनेट पाठ
धमाधम बन्न थाले अस्थायी कोभिड अस्पताल
मनाङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहले अस्पतालको निर्माण गर्न थालेका छन्। मनाङको चामे गाउँपालिकाका ११ जनामा सङ्क्रमण देखिएपछि गाउँपालिकाले रु १५ लाखको लगानीमा १० शय्याको अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ।  




विसं २०७२ को भूकम्पले जीर्ण भएको जिल्ला अस्पतालको पुरानो भवनमा पर्याप्त ठाउँ नहुँदा उपचारमा कठिनाइ झेल्दै आएका यहाँका सर्वसाधारणले अब भने सहजरुपमा  उपचार पाउने भएका छन्। प्रदेश सरकारको रु १९ करोड लगानीमा जिल्ला अस्पतालको नयाँ भवनको निर्माण कार्य भइरहेको हुँदा गाउँपालिकाले जिल्ला खेलकुदको कवर्ड हललाई अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गरेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए।

उनका अनुसार यस अस्पतालमा १० वटा आइसोलेसन कक्ष निर्माण गरिएको छ। सङ्क्रमितहरुको थप उपचारमा सहयोग गर्न रेडक्रससँग सहकार्य गरेर निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको उनले बताए।

जिल्ला अस्पतालमा बिरामीको चाप हुनसक्ने भन्दै गाउँपालिकाले आफ्नै लगानीमा १० शय्याको अस्थायी अस्पताल बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए। गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन । हाल सञ्चालनमा नआएको भेन्टिलेटर गाउँपालिकाले सञ्चालन गर्ने तयारीसमेत थालेको छ।

यस अस्पतालले एमडिजिडिपी गरेका डाक्टरको अभावमा थन्किएको सो भेन्टिलेटर र अक्सिजन सञ्चालनका लागि करारमा चिकित्सक नियुक्ति गर्ने प्रक्रिया पनि अघि बढाएको छ। चार स्थानीय तह रहेको यस जिल्लामा तीन पालिकामा केभिड अस्थायी  अस्पताल निर्माण भएपनि कर्मचारी अभावका कारण सञ्चालनमा आउन सकेका छैनन्।  

नासो गाउँपलिकाले वडा नं। ५ मा रहेको स्वस्थ्य चौकीलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्दै आएको छ भने अन्य पालिकाले पनि स्वास्थ्य चौकीलाई कोभिड अस्पतालको रुपमा प्रयोग गरेका छन्।  

मनाङमा २० वटा अक्सिजन कन्सन्टे«टर मेसिन, ठूलो सानो गरी २९ अक्सिजन सिलिण्डर रहेको छ भने हालसम्म ११ वटा खपत भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला अस्पतालमा हाल आठ वटा कन्सन्ट्रेटर र आठ ठूला सिलिण्डर रहेको छ भने पाँच वटा साना रहेका छन्। अस्पतालमा दुई वटा खपत हुने गरेको थियो भने बिरामी बढ्दै गएमा सबै उपयोग गर्न सकिने अवस्था रहेको छ।  

चामे गाउँपालिकामा दुई अक्सिजन कन्सन्टे«टर र दुई वटा सानो अक्सिजन सिलिण्डर रहेको छ। मनाङ ङिस्याङ गाउँपालिकामा तीन वटा अक्सिजन कन्सन्टे«टर र १३ वटा सानो सिलिण्डर रहेको छ भने नौ वटा खपत भएको छ। नार्फु गाउँपालिकामा पाँच वटा अक्सिजन कन्सन्टे«टर रहेको छ। यस गाउँपालिकामा अक्सिजन सिलिण्डर भने छैन। नासों गाउँपालिकामा दुई अक्सिजन कन्सन्टे«टर र एउटा सानो अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।  

मनाङ हिमाली क्षेत्र भएकाले यहाँका प्रत्येक होटल तथा आधार शिविरमा अक्सिजन राख्ने गरिएको छ। यहाँ निकै उचाइ हुने भएकाले अक्सिजन कम भएको अवस्थामा उपयोग गर्न प्रायःजसो धेरैले अक्सिजनको व्यवस्थापन गरेका हुन्छन्। जिल्ला अस्पतालमा सात, चामेमा १०, मनाङ ङिस्याङमा १३, नार्फु गाउँपालिकामा पाँच र नासों गाउँपालिकामा १२ गरी कुल ४७ शय्याको आइसोलेशन रहेको छ।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस